चीन सम्मिलित अन्तर्राष्ट्रिय वातावरण सन्धि

CRI


       चीनले अन्तर्राष्ट्रिय वातावरण र स्रोत-साधनको संरक्षण कार्यप्रति सकारात्मक र जिम्मावार नीति अपनाएर वातावरण र स्रोत-साधनको संरक्षण सम्बन्धी 30 वटाभन्दा बढी अन्तर्राष्ट्रिय सन्धि र सम्झौतामा सहभागी हुनुका साथै तीनमा सही पनि गरेको छ। ती अन्तर्राष्ट्रिय सन्धिहरु यसप्रकार छन:

《समुद्रलाई पेट्रोलका कारण दूषित हुनबाट जोगाउने अन्तर्राष्ट्रिय सन्धि》(सन् 1954,लण्डन)
《माछा मार्ने र साझा समुद्रमा रहने जीव-जन्तुजस्ता स्रोत साधनको संरक्षण सम्बन्धी सन्धि》(सन्1958,जेनेभा)
《व्हेल माछाको शिकारमा नियन्त्रण सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि》(सन्1946,व्हाशिंटन)
《दक्षिण-पूर्वी एशिया र प्रशान्त महासागरको वनस्पतिको संरक्षण सम्बन्धी सन्धि》(सन्1956 , रोम)
《महाद्बीपको शेल्फ सन्धि》(सन् 1958,जेनेभा)
《दक्षिणी ध्रुव सन्धि》(सन् 1959,वाशिंटन)
《विश्व मौसम संगठन सन्धि》(सन् 1947,वाशिंटन)
《पेट्रोल-प्रदूषणबाट उत्पन्न क्षतिका लागि नागरिक जिम्मेवारी सम्बन्धी सन्धि》(सन् 1969,ब्रुसेल्स)
《विश्वको साँस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण सम्बन्धी सन्धि》(सन्1972,पेरिस)
《चन्द्रमा र आकाशका अन्य तारा लगायतको बाह्य अन्तरिक्षको सर्भेक्षण र उपयोग गर्ने कार्यमा विभिन्न मुलुकहरुले पालना गर्नुपर्ने निएम सम्बन्धी सन्धि》(सन्1972,मास्को)
《परित्यक्त वस्तु र अन्य वस्तु फ्याँकेबाट उत्पन्न हुने समुद्री प्रदूषण रोक्ने सम्बन्धी सन्धि》(सन् 1972,लण्डन)
《जैविक हतियारको विकास, उत्पादन र भण्डारण गर्न निषेध तथा त्यस्ता हतियारलाई ध्वस्त पार्ने सम्बन्धी सन्धि》(सन् 1972,लण्डन)
《तेलबाहेकका वस्तुबाट दूषित हुँदा साझा समुद्रमा हस्तक्षेप गर्ने सम्बन्धी सन्धि》(सन्1973,लण्डन)
《जहाजबाट दूषित हुन नदिने अन्तर्राष्ट्रिय सन्धि》(सन् 1978,लण्डन)
《आणविक सामग्रीको संरक्षण सन्धि》(सन् 1979,भियना)
《ओजोनोस्फेयरको संरक्षण सम्बन्धी भियना सन्धि》(सन् 1985,भियना)
《आणविक दुर्घटना वा रेडिएशन दुर्घटना जस्ता जरुरी अवस्था सम्बन्धी सहायता सन्धि》(सन् 1985,भियना)
《आणविक दुर्घटना सम्बन्धी सूचना यथाशीघ्र दिने सम्बन्धी सन्धि》(सन्1986, भियना)
《ओजोनोस्फेयरको सामग्रीको खपत हुने सम्बन्धी मोन्ट्रियाल प्रोटोकल》(सन् 1987,मोन्ट्रिल)
《एशिया तथा प्रशान्त क्षेत्रीय जलजन्तु पालन केन्द्र नेटवर्क》(सन् 1988,बैंकक्)
《खतरनाक परित्यक्त वस्तुको स्थानान्तरण र व्यवहारमा नियन्त्रण सम्बन्धी बासेर सन्धि》(सन् 1989,बासेर)
《राष्ट्र संघीय मौसम परिवर्तन प्रारुप सन्धि》(सन्1992,रिओ द-जेनेरो)《जीव-जन्तुको विविधता सन्धि》(सन्1992,रिओ द-जनेरो)
《जन-गणतन्त्र चीन सरकार र सोभियत समाजवादी गणतन्त्र संघका बीच संयुक्त रुपमा वन-जंगलको संरक्षण र आगलागीको प्रतिरोध सम्बन्धी सम्झौता》(सन् 1980मा)
《जन-गणतन्त्र चीन सरकार र जापान सरकारका बीच मौसमी चरा तथा तीनको बासस्थानको वातावरणको संरक्षण सम्बन्धी सम्झौता》(सन् 1981 मा सम्पन्न)
《जन-गणतन्त्र चीन सरकार र अष्ट्रेलिया सरकारका बीच मौसमी चरा तथा तीनको बासस्थानको वातावरणको संरक्षण सम्बन्धी सम्झौता》(सन् 1996मा सम्पन्न )
《जन-गणतन्त्र चीन तथा पाकिस्तान इस्लामिक गणतन्त्रका बीच आणविक ऊर्जाको शान्तिपूर्ण उपयोग सम्बन्धी सहयोग सम्झौता》(सन् 1986 मा सम्पन्न)

       यसका अतिरिक्त चीनले अन्तर्राष्ट्रिय वातावरण र स्रोत-साधनको संरक्षण सम्बन्धी धेरै महत्वपूर्ण दस्तावेजको सक्रियता साथ समर्थन गर्नेगरेको छ। साथै चीनले ती दस्तावेजहरुको भावनालाई चिनियाँ ऐन-कानून र नीतिमा भित्र्याएको छ। ती दस्तावेजमा सन् 1972मा स्विडेनको स्टकहोममा प्रकाशित 《राष्ट्र संघीय मानवीय वातावरण घोषणा-पत्र, सन् 1980 मा विश्वका धेरै मुलुकहरुमा एकै साथ प्रकाशित विश्वको प्राकृतिक स्रोत-साधनको संरक्षण महा-कार्यक्रम, सन्
1982मा केन्याको नैरोबीमा प्रकाशित《नैरोबी घोषणा-पत्र》र सन्1992मा ब्राजिलको रिओ द-जेनेरोमा प्रकाशित《वातावरण र विकास सम्बन्धी रिओ द-जेनेरो घोषणा-पत्र》आदि समावेश छन।

       अन्तर्राष्ट्रिय वातावरण सन्धिको कार्यान्वयन चीनले सक्रियताका साथ गर्नेगरेको छ।
चीनले सकारात्मक र जिम्मावार भएर हस्ताक्षर गरिएका अन्तर्राष्ट्रिय सन्धिमा वहन गर्नुपर्ने कर्तव्यको सक्रियताका साथ कार्यान्वयन गर्नेगरेको छ। धेरै महत्वपूर्ण अन्तर्राष्ट्रिय वातावरण सन्धिप्रति चीनले सकारात्मक कार्य-योजनाको तर्जुमा गरेको छ। जस्तो भनौं, चीनले अघि-पछि गरी 《चीनले ओजोनोस्फेयरका वस्तुको खपत हुने कार्य क्रमशः रद्द हुने राष्ट्रिय योजना》र《चीनले जीव-जन्तुको विविधता सन्धिको कार्यान्वयन गर्ने राष्ट्रिय प्रतिवेदन》 आदि दस्तावेज तयार गरेको छ साथै अन्तर्राष्ट्रिय सन्धिको कार्यान्वयन गर्नका लागि ठोस र वास्तविक कदमहरु चालेको छ।