चीन र 《मोन्ट्रियाल प्रोटोकल》
CRI

 

 

       वितेका दश वर्षमा चीनले ओजोनोस्फियरको संरक्षण सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय गतिविधिमा सक्रियताका साथ भाग लिइरहेको छ। सन् 1986 र 1987मा ओजोनोस्फियरको संरक्षण सम्बन्धी कार्य-दलको सम्मेलन र《मोन्ट्रियाल प्रोटोकल》मा सही गर्ने समारोहमा भाग लिनका लागि चीनले बेग्ला-बेग्लै प्रतिनिधि पठाएको थियो। सन् 1989 मा चीन यस《सन्धि》मा औ‌पचारिक रुपमा सहभागी भएको हो। सो 《सन्धि》मा भाग लिने मुलुकहरुको पहिलो सम्मेलनमा चीनले सर्वप्रथम “ओजोनोस्फियरको संरक्षण सम्बन्धी बहुपक्षीय कोषको स्थापना हुने”प्रस्ताव-मसौदा प्रस्तुत गर्‍यो। सन् 1990मा चीनले संसारका विभिन्न मुलुकहरुसँग मिलेर 《मोन्ट्रियाल प्रोटोकल》को संशोधन कार्यमा सक्रियतासाथ भाग लिएको थियो। सन् 1991 मा चीनले《मोन्ट्रियाल प्रोटोकल》सम्बन्धी लण्डन संशोधित मसौदामा औपचारिक रुपमा भाग लिई समयमै पन्ध्रवटा मन्त्रालय, आयोग, ब्यूरो तथा कम्पनी र संघद्बारा गठित ओजोनोस्फियरको संरक्षण सम्बन्धी चिनियाँ नेतृत्व दलको स्थापना गरेको थियो।
हालसम्म विश्व बैंक, राष्ट्र संघीय विकास योजना, राष्ट्र संघीय उद्योग तथा विकास संगठन, राष्ट्र संघीय वातावरण योजना, अमेरिका, क्यानाडा, जर्मनी र डेन्मार्क आदि मुलुकमार्फत चीनले बहुपक्षीय कोषको कार्यकारी समितिबाट एक सय छपन्नवटा परियोजना पाएको छ र दश करोड पचास लाख अमेरिकी डलर बराबरको बहुपक्षीय कोषको रकम पाएको छ। यदि उक्त परियोजना पूरा भएको खण्डमा एकतिस हजार आठ सय टन नियन्त्रणमा राख्नसकिने वस्तुको परिमाणलाई घटाउन सकिनेछ।