कृपया हेडफोन लगाउनुहोला।

  उचुङ, चीनको च्याङसु प्रान्तमा अवस्थित थाइ हु सरोवरको किनारमा पर्दछ। पहिले माछा र चामलको अत्याधिक उत्पादनका कारण प्रसिद्ध यो क्षेत्र आज आएर चीनमा द्रुत आर्थिक विकासको एक सानो प्रारूप बनेको छ।

  आर्थिक प्राविधिक विकास क्षेत्र, ज्ञान तथा प्रविधि गहन उद्योगको मुख्य विशेष क्षेत्र हो। विशेष सुविधाजनक नीति तथा कदम चालिएको हुनाले क्षेत्रीय आर्थिक विकासको मुख्य स्थान बनेको छ।

  सन् २०१२ मा उचुङ चीनको राष्ट्रिय आर्थिक प्राविधिक विकास क्षेत्र बनेको थियो।

  हामी उचुङलाई नमूना मानेर फोटोमार्फत उचुङबासीहरूको दैनिक जीवनबारे सरल जानकारी लिन जाऔं।

  उचुङ याङसी नदीको तल्लो भागमा पर्दछ र थाइ हु सरोवरको जल सञ्जाल तराई क्षेत्रको एक भाग हो। यो क्षेत्र जल सञ्जालले भरिपूर्ण भएकोले खोलानाला, तालतलाउ प्रशस्त पाइन्छन्।

  उचुङ कोस्याङ आबास क्षेत्रको वृद्धवृद्धा क्रिया केन्द्र। पहिले खेतीपातीमा व्यस्त वृद्धवृद्धाहरू आवास क्षेत्रमा सारिएपछि यहीं भेला भएर कार्ड, चेस खेल्ने, कथा सुन्ने गर्छन्।

  प्राचीन पुस्तकको मजा लिने वृद्ध नै उचुङमा भइरहेको आर्थिक तथा सामाजिक विकासको साक्षी हुन्।

  उचुङ, पहिले माछा र चामलका लागि प्रसिद्ध ठाँउ थियो र आज आएर ठूलो परिधिमा द्रुत विकास भइरहेको निर्यात तथा उत्पादन क्षेत्रको औद्योगिक पार्क भएकोले नामी भएको छ। यसै पार्कमा मुख्यतया राखिएका ऊर्जाश्रोत, गाडीका पुर्जाहरू, इलेक्ट्रोनिक उद्यमहरूको कूल संख्या ६ हजार भन्दा बढी भइसकेका छन्।

  उचुङ इन्स्पर कम्पनी। उचुङका युवा पुस्ता, आफ्नो बुद्धि तथा मेहनतले उज्ज्वल भविष्यको सिर्जना गर्दै छन्।

  उचुङका बाल-बालिकाहरू प्रतिभाशाली र बुद्धिमानी छन्। उनीहरूका आँखामा क्रियाशील र सकारात्मक निहित शक्ति भेटिन्छ।

  उचुङ कोस्याङ आबास क्षेत्रको किशोर किशोरी क्रिया केन्द्र। किशोर किशोरीहरू यहाँ भेला भएर किताब पढ्नुका साथै यहाँ आयोजना गर्ने कार्यक्रममा भाग लिने गर्छन्। शिक्षक शिक्षिकाको निर्देशनमा खेलौना बनाउने गर्छन्।

  उचुङ क्षेत्रको विकास चीनको आर्थिक सामाजिक विकासको एक सानो रूप हो। तीन पुस्ताको दैनिक जीवनका विविध भागबाट यस युगको पृष्ठभूमिले यस क्षेत्रको जीवन तथा परिवर्तनलाई प्रतिबिम्बित गरेको छ।

प्रोजेक्टमा संलग्नः

फोटोग्राफर र लेखकः ह्वाङ वनह्वा, काउ यु

अतिथि फोटोग्राफरः च्याङ छ्वानकुआन

श्रव्य सम्पादनः छाउ यीयुआन

डिजाइनः हु सिनयु, स्यु कोह्वा

प्राविधिज्ञः मा वनलुन

अनुवादकः चाङ चीङ (हिमा)

प्रोजेक्ट योजनाकारः ली थाउ, सुन चिङली

प्रोजेक्ट कार्यकारी व्यक्तिः ह्वा वनह्वा

चिनियाँ मिडिया ग्रूप (सी.आर.आई.) नेपाली सेवा