चिंग कांग शानको गरिबी निवारण पाइला नरोकिने
2020-04-17 14:58:29CRI
Share with:

चिंग कांग शानको गरिबी निवारण पाइला नरोकिने

सन् २०२० चीनले सम्पन्न समाज लक्ष्य पूरा गर्ने वर्ष हो। गरिबी मुक्ति लडाइँलाई जित्नु सम्पन्न समाज लक्ष्य पूरा हुने महत्वपूर्ण कार्य हो। चाइना पोस्टले "सटिक लक्ष्यसहित गरिबी निवारण" सम्बन्धी छ वटा हुलाक टिकट प्रकाशित गरेको थियो। च्याङ सी प्रान्तीय चिंग कांग शान गरिबीबाट मुक्त भएपछिको नयाँ जीवनसम्बन्धी तस्वीर ती छ वटा हुलाक टिकटहरूमध्येको एक हो।

 

"सटिक लक्ष्यसहित गरिबी निवारण" सम्बन्धी छ वटा हुलाक टिकटमध्ये "च्याङ सीको चिंग कांग शान शहर"नामक एक हुलाक टिकट छ। उक्त हुलाक टिकटमा चिंग कांग शानले "हनी पोमेलो"मा निर्भर भएर विशेष कृषिको विकास गरेको, गरिबीबाट मुक्त भएको र नयाँ विकासको नयाँ युग चित्रकला चित्रण गरिएको छ।

चिंग कांग शान च्याङ सी प्रान्तको पश्चिम-दक्षिणी भागमा पर्दछ। सन् २०१७ मा चिंग कांग शान गरिबीबाट मुक्त भएको थियो। गरिबीबाट मुक्त भएतापनि चिंग कांग शानले पाइला रोकेको छैन। स्थानीय लान तुङ मैले प्रतिदेन गाउँको सागसब्जी आधार क्षेत्रमा काम गर्न जान्छिन्। उनले भनेअनुसार, उनको श्रीमानको शारिरीक अवस्था नराम्रो भएको छ। उनको परिवमारमा उनले मात्रै पैसा कमाएकी छिन्। गत वर्षमा उनले लिएको तलब र न्युनतम जीवन सुनिश्चितताको भत्ताबाट लिएको पैसा जोडिएर गत वर्षमा उनको परिवारको आम्दानी पचास हजार चिनियाँ युआनभन्दा बढी भएको थियो। हाल सरकारले आबासको निर्माणका लागि तीस हजार चिनियाँ युआनको भत्ता दिएको छ। उनको परिवार छिटो रुपमा नयाँ आबास सार्नसकिने छ। उनी भन्छिन् "पहिला मैले स्ट्रबेरी आधार क्षेत्रमा काम गरेको थिएँ। स्ट्रबेरी आधार क्षेत्रको काम सिध्याएर विदा अवधिमा मैले सागसब्जी आधार क्षेत्रमा काम पाएको थिएँ। यहाँ काम गर्न मेहनती हुनुपर्छ। हाल राष्ट्रिय नीति राम्रो छ। हाल खेतीपातीबाट पैसा कमाउनसकिन्छ।"