प्राकृतिक प्रकोपसँगै मानव निर्मित प्रकोपले किन महाशक्ति अमेरिकामा देखा पर्ने गर्छ?
2021-02-23 20:07:41cri
Share with:

प्राकृतिक प्रकोपसँगै मानव निर्मित प्रकोपले किन महाशक्ति अमेरिकामा देखा पर्ने गर्छ?_fororder_TIM图片20210223195311

पाँच लाख - यो अमेरिकी अलेक्ज्याण्डिया शहरको जनसंख्या हो। जुन पहिलो विश्व युद्ध, दोस्रो विश्व युद्ध र भियतनाम युद्धमा अमेरकी सैनिकका मृतकहरुको कूल संख्याभन्दा बढी छ। अहिले यो अंक फेब्रअरी २२ तारिखसम्म अमेरिकामा कोरोना महामारीबाट मृत्यु भएको संख्या बनेको छ। अमेरिकाको सरुवा रोगका वरिष्ठ विशेषज्ञ आन्टोनी फाउसीले यस अंकलाई “इतिहासको डर लाग्दो कोसे ढुंगा” भनेर दाबी गर्नुभएको छ।

७६ - यो चालु वर्षको हिउँद ऋतुमा चलेको आँधी बेहरीमा अमेरिकामा मृत्यु भएको संख्या हो। टेक्सास राज्यमा विजुलीको सञ्जाल लोडशेडिङको कारण कोरोना महामारीबाट बचेकाहरु चिसोको कारण आफ्नो घरमा अथवा मोटर-गाडीमा मरेका छन्।

प्राकृतिक प्रकोपसँगै मानव निर्मित प्रकोपले किन महाशक्ति अमेरिकामा देखा पर्ने गर्छ?_fororder_TIM图片20210223195319

प्राकृतिक प्रकोपबाट मानव निर्मित प्रकोपमा परिणत दु:खपूर्ण घटना किन सधैं विश्वको एउटा मात्र महाशक्ति मुलुकमा देखा परेको छ?

सर्वप्रथम “राजनीतिक स्वार्थलाई प्राथमिकता दिइनु” उक्त दुई प्रकोपको महत्वपूर्ण कारण हुन्। दोस्रो, राजनीतिक ध्रुवीकरण जस्तो राजनीतिक त्रुटीले अमेरिकामा यस्तो दु:खपूर्ण घटना सधैं देखा पर्ने अर्को कारण हो। अहिले राजनीतिक ध्रुवीकरण अमेरिकामा सम्पूर्ण नीति तर्जुमा गर्ने एउटा अवरोध बनेको छ। तथाकथित “विधायिका, प्रशासन र ऐन-कानुनको पृथकीकरण” व्यवस्था अहिले विभिन्न अधिकार बीचको अस्वीकार बनेको छ। तथाकथित अमेरिकी शैलीको प्रजातन्त्र, स्वतन्त्रता र मानव अधिकारबाहिर रहेको भेषलाई पनि न्युनतम् जीवनस्तरमा रहेका अमेरिकीहरुको दु:खबाट चुहिएको छ।