#समाचार सन्दर्भ#सीपीसीको विकासलाई नेतृत्व गर्ने सबैभन्दा भरपर्दो नेतृत्व बल जनता
2021-02-25 17:17:23CRI
Share with:

चीनको गरिबी निवारणको समीक्षा तथा पुरस्कार वितरण समारोह फेब्रुअरी २५ तारिख पैचिङमा आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले समारोहमा सम्बोधन गर्दै घोषणा गर्नुभयो- चिनियाँ कम्युनिष्ट पार्टी र सबै जातीय समूहका जनताको संयुक्त प्रयासबाट चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको १००औं वार्षिकोत्सवको महत्त्वपूर्ण क्षणमा चीनको गरिबी उन्मूलनले एक व्यापक जीत हासिल गरेको छ। चीनले गरिबी निवारण कार्य संयुक्त राष्ट्र संघको सन् २०३० दिगो विकास कार्यक्रमको निश्चित लक्ष्यभन्दा १० वर्षअगाडि नै पूरा गरेको छ।

#समाचार सन्दर्भ#सीपीसीको विकासलाई नेतृत्व गर्ने सबैभन्दा भरपर्दो नेतृत्व बल जनता_fororder_111

पहिले चीन विश्वमा सबैभन्दा धेरै गरिब जनसंख्या भएको मुलुक थियो।

सन् १९७८ मा ग्रामीण क्षेत्रमा प्रत्येक व्यक्तिको वार्षिक आम्दानी एक सय युआनको गरिब मापदण्डअनुसार, २५ करोड चिनियाँहरूको आम्दानी उक्त मापदण्डभन्दा कम थियो। सन् २००८ चिनियाँ गरिबीको मापदण्ड प्रत्येक व्यक्त वार्षिक आम्दानी  १ हजार १ सय ९६ युआनसम्म बढेको थियो। यो मापदण्ड सन् १९७८ को तुलनामा ११ गुणाको वृद्धि भएको थियो। साथै गरिबको संख्या ४ करोड ७० हजारले घटेको थियो। सन् २०२० मा चिनियाँ ग्रामीण क्षेत्रमा सबै गरिबहरू गरिबीबाट मुक्त भएका छन्।

विश्वमा कुनै पनि देशले यति छोटो समयमा यति धेरै जनसङ्ख्यालाई गरिबीबाट मुक्त गराउन सकेको छैन। चीनले यस्तो ठूलो उपलब्धि हासिल गर्नुका केही कारणहरु छन्।

मुख्य कुरा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व हो। चिनियाँ कम्युनिष्ट पार्टी जनताको विकासलाई नेतृत्व गर्ने सबैभन्दा भरपर्दो नेतृत्व बल हो भन्ने कुरा राष्ट्राध्यक्ष सीले बताउनुभएको छ। नयाँ चीन स्थापनापछि, चिनियाँ कम्युनिष्ट पार्टीले सधैं नै गरिबी निवारणलाई देशको शासनको महत्वपूर्ण ठाउँमा राखेको छ। पार्टीको नेतृत्वमा चिनियाँ जनताले गरिबीबिरुद्धको लडाईं गर्न थालेको हो। चिनियाँ कम्युनिष्ट पार्टीका पुस्तापुस्तै सदस्यहरूले एकपछि अर्को गरी जनताको नेतृत्व गर्दै चीनमा सबभन्दा नयाँ र सुन्दर चित्र कोरिरहेका छन्। गरिबी निवारणको समीक्षा तथा पुरस्कार वितरण समारोहमा राष्ट्राध्यक्ष सीले भन्नुभयो-चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ महाधिवेशनपछि चीनले मानव जातिको इतिहासमा सबैभन्दा ठूलो परिधि तथा सशक्त रूपमा गरिबी निवारण कार्यक्रम चलाएको छ। ८ वर्षमा ८३२ वटा गरिब जिल्लाहरू र १ लाख २८ हजार गरिब गाउँ लगायत लगभग १० करोड गरिब जनता गरिबीमुक्त भएका छन्। यस्तो उपलब्धि मानव जातिको गरिबी निवारण इतिहासमा चमत्कारिक छ।

#समाचार सन्दर्भ#सीपीसीको विकासलाई नेतृत्व गर्ने सबैभन्दा भरपर्दो नेतृत्व बल जनता_fororder_222

 यति ठूलो उपलब्धिको पछाडि ठूलो प्रयास र बलिदान रहेको छ। तथ्याङ्कका अनुसार, १ हजार ८ सयभन्दा बढीले गरिबी निवारण युद्धको अग्रस्थानमा ज्यान गुमाएका छन्। त्यसमध्ये २८ वर्षीय उ यिङफु र २३ वर्षीय फान चेनचको जोडा एउटा उदाहरण हो। श्रीमान उले गाउँमा काम गर्ने एक वर्षमा पूरै गाउँको हरेक छेउमा पुग्नुभयो। श्रीमती फानले धनी जीवन त्यागेर गाउँमा बस्नुभयो। तीन वर्षअघि गरिबी परिवारको भ्रमण गरेर फर्कंदा नदीमा गाडी दुर्घटना हुँदा उहाँहरूको मृत्यु भयो। त्यसबेला श्रीमती फान दुई महिनाकी गर्भवती हुनुहुन्थ्यो। यस्तो मन छुने कथा नमूना होइन, गरिबी निवारणको प्रयास गर्ने हजारौं जनाहरूको प्रतीक पनि हो।  

सन् २०२० को अन्त्यमा चीन ऐतिहासिक रुपमा गरिबीबाट सम्पूर्ण रुपमा मुक्त भयो। चीन राष्ट्रको हजारौं वर्षको सपना साकार भयो र चिनियाँ जनताका लागि चिनियाँ कम्युनिष्ट पार्टीले दिएको प्रतिवद्धता व्यवहारमा उतारिएको छ। चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो स्थापनाको एक सयौँ वार्षिकोत्सवका अवसरमा जनतालाई दिएको यो ठूलो उपहारपनि हो।

#समाचार सन्दर्भ#सीपीसीको विकासलाई नेतृत्व गर्ने सबैभन्दा भरपर्दो नेतृत्व बल जनता_fororder_333

राष्ट्राध्यक्ष सीले भन्नुभए जस्तै, विपन्नता समाजवाद होइन। गरिबी मुक्ति चीनको अन्तिम लक्ष्य पनि होइन, साझा समृद्धि चिनियाँ जनताको उदेश्य हो। चिनियाँ कम्युनिष्ट पार्टीको उचित नेतृत्वमा चिनियाँ जनताले अझ बढी चमत्कार सिर्जना गर्नेछन्।