“सिन्च्याङ कार्ड” “अधिकारको खेल” कहिले बन्द?
2021-02-25 14:17:21cri
Share with:

“सिन्च्याङ कार्ड” “अधिकारको खेल” कहिले बन्द?_fororder_IMG_9353(20210225-113017).JPG

“सिन्च्याङ कार्ड” को प्रयोग गरी चीनलाई दमन गर्नु नै केही पश्चिमा मुलुकका राजनीतिज्ञहरुको सामान्य तरिका हो। अमेरिकी पूर्व र वर्तमान परराष्ट्र मन्त्रीले एकपछि अर्को गरी सिन्च्याङमा “जाति हत्या” को धारणा व्यक्त गरेपछि हाल क्यानाडाका केही राजनीतिज्ञले निर्वाचन वर्षमा “सिन्च्याङ कार्ड” को प्रयोग गर्दै सिन्च्याङमा जाति हत्या गरिएको भन्दै अतिरञ्जित बनाएका छन्। जसले पश्चिमा राजनीतिज्ञहरुबीच “अधिकार खेल” को सबैभन्दा खराब गतिविधि सिर्जना गरेको छ। ती राजनीतिज्ञहरुमध्ये सिन्च्याङ जनताप्रति वास्तविक चासो गर्नेहरु छन् कि?किनभने सिन्च्याङ सम्बन्धी अलिकति छानबीन वा अनुसन्धान गर्नेले सिन्च्याङको वास्तविक अवस्थाको जानकारी पाउनसक्छन्।

“सिन्च्याङ कार्ड” “अधिकारको खेल” कहिले बन्द?_fororder_IMG_9360(20210225-123920).JPG

      ६० वर्षयता सिन्च्याङको कूल आर्थिक मात्रा २०० गुणाले बढेको छ। प्रतिव्यक्तिको जीडीपी ४० गुणाले बढेको छ। औसत पूर्वानुमान आयु ३० बाट ७२ बर्ष पुगेको छ। सन् २०१० देखि सन् २०१८ सम्म युगुर जातिको जनसंख्या १ करोड १ लाख ७० हजारबाट १ करोड २७ लाख २० हजार पुगेको छ। हान जातिको भन्दा २ प्रतिशतले बढेको छ। धेरैजसो डाटा र फोटो भिडियोले सिन्च्याङको वास्तविक विकासको जानकारी दिएको छ। किन पश्चिमा राजनीतिज्ञहरुले यी वास्तविक तथ्यलाई ध्यान दिएको छैन?अमेरिकाको 《कूटनीति》पत्रिकाले लेखेको छ:जाति हत्यासँग विशाल राजनीतिक प्रभाव रहेको छ। यदि कुनै मुलुकमा जाति हत्या निश्चित भएमा अमेरिका र अन्य मुलुकले सो मुलुकलाई सजाय दिने छ।

पश्चिमा राजनीतिज्ञ र सञ्चार माध्यमको भनाईमा देखिएको जाति हत्याको सबै स्रोत एक भगवानको निर्देशनमा चीन विरुद्ध भएको जर्मन नागरिक एड्रियन जेन्जद्वारा सार्वजनिक एक प्रतिवेदनबाट आएको हो। उक्त प्रतिवेदनमा केही वर्षयता सिन्च्याङका केही क्षेत्रका अल्पसंख्यक जातिको जनसंख्याको वृद्धि दर घटेको भन्दै सिन्च्याङमा जाति हत्या भएको धारणा उल्लेख गरेको छ। तापनि यस प्रतिवेदनद्वारा उद्धरण गरिएको तथ्याङ्कका अनुसार सिन्च्याङको युगुर जातीय जनसंख्या सन् २०१० देखि २०१८ सम्म ठूलो परिमाण वृद्धि भएको छ। सन् २००५ देखि २०१५ सम्म युगुर जातीय जनसंख्याको वृद्धि दर हान जातिभन्दा स्पष्ट रूपमा बढेको छ। धेरै विरोधाभाससहित यस्तो प्रतिवेदन पश्चिमा राजनीतिज्ञ र सञ्चार माध्यमको गेम कार्ड बनेको छ। वास्तवमा सन् २०१७ मा चीनको राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन व्युरोले सार्वजनिक गरेअनुसार केही वर्षयता सिन्च्याङले सिन्च्याङको चिकित्सा तथा स्वास्थ्य कार्यका लागि केही अर्ब चिनियाँ युआनको लगानी लगाएको छ। सन् २०१८ सम्म सिन्च्याङको गर्भवती महिला र बच्चाको मृत्य दर ५० प्रतिशतले घटेको छ। मेडिकल पत्रिका "द लान्सेट"ले चीनको उक्त उपलब्धिलाई “एक महान सफल कथा” को रुपमा व्याख्या गरेको छ।

“सिन्च्याङ कार्ड” “अधिकारको खेल” कहिले बन्द?_fororder_IMG_9358(20210225-114231).JPG

      सन् २०१९ मा सिन्च्याङले २० करोड चिनियाँ तथा विदेशी पर्यटकलाई स्वागत गरेको थियो। १०० भन्दा बढी मुलुक र १२०० भन्दा बढी कूटनीतिज्ञ,पत्रकार,धार्मिक समूहले सिन्च्याङको भ्रमण गर्दै प्रत्यक्ष रुपमा सिन्च्याङको वास्तविक अनुहारको अनुभव गरेका छन्। शिक्षा र प्रशिक्षण केन्द्रबाट स्नातक भएका समस्त जनताले समाजमा फर्केर सुखमय जीवन बिताउँदैआएका छन् भने "जातिहत्या" कहाँबाट आयो? मन्दिरमा मुस्लिम जनताले शान्त र भक्तिपूर्वक पूजाआजा गर्दछन् भने "जातिहत्या" कहाँबाट आयो? खेतमा कपास टिप्ने किसानहरुले आफ्नो हातले दुई महिनामा बीस हजारभन्दा बढी युआनको आम्दानी सिर्जना गर्दछन् भने "जातिहत्या" कहाँबाट आयो? सिन्च्याङका विभिन्न जाति एकताबद्ध भएर आफ्नो हातले सुन्दर जीवन सिर्जना गरिरहेका छन्। सिन्च्याङ गएका हरेकले उक्त समृद्धि द्दश्यको अवलोकन गर्दछ भने "जातिहत्या" कहाँबाट आयो?

“सिन्च्याङ कार्ड” “अधिकारको खेल” कहिले बन्द?_fororder_IMG_9355(20210225-114213).JPG

सिन्च्याङको विकास उपलब्धिबाट चीनको सत्तारुढ पार्टीको सहि नीति निर्देशन प्रमाणित भएको छ। विभिन्न जातिले एकताबद्ध भएर संयुक्त प्रयास गर्ने विशाल शक्ति प्रतिबिम्बित भएको छ। हामीले गर्वका साथ र जिम्मेवारीपूर्वक रुपमा विश्वसमक्ष बताउन सक्छौं:सिन्च्याङ ऐतिहासिक रूपमा सबैभन्दा राम्रो विकास अवधिमा छ। सिन्च्याङका विभिन्न जातीयहरुसँग यसप्रति आधिकारिक मूल्याङ्कन गर्ने सबैभन्दा ठूलो अधिकार रहेको छ। कुनै पनि कुचेष्ठा र झूठा कुराले उक्त वास्तविकतालाई परिवर्तन गरेको छैन। सुन्दर तथा समृद्धि सुन्दर सिन्च्याङ विश्वका जनतालाई सिन्च्याङको अवलोकन गर्न स्वागत गर्दछ।