चीनले विकास लक्ष्यहरू निर्धारण गरी विश्वलाई बढी चिनियाँ लाभांश शेयर गर्ने
2021-03-05 19:32:58CRI
Share with:

चीनले विकास लक्ष्यहरू निर्धारण गरी विश्वलाई बढी चिनियाँ लाभांश शेयर गर्ने_fororder_11

तेह्रौँ चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको चौथो अधिवेशन शुक्रबारबाट शुरू भयो। अधिवेशनमा छलफलका लागि पेश गरिएको सरकारी कार्य प्रतिवेदनले गत वर्ष र विगत ५ वर्षको विकास उपलब्धिहरूको सारांश प्रस्तुत गरेको छ, र सन् २०२१मा प्रमुख कार्यहरू र "१४औं पञ्चवर्षीय योजना" अवधिमा मुख्य लक्ष्य र कार्यहरूको प्रबन्ध मिलाएको छ। प्रतिवेदन केवल वर्तमान स्थितिमा आधारित छैन, तर यसले दीर्घकालीन परिप्रेक्ष्य पनि समेटेको छ। यसले पूर्ण रूपमा देखाउँदछ कि चीनको आर्थिक विकास केवल मात्रामा उचित वृद्धि मात्रै होइन, तर गुणस्तरीय स्थिर सुधारमा पनि ध्यान दिन्छ।

चीनले विकास लक्ष्यहरू निर्धारण गरी विश्वलाई बढी चिनियाँ लाभांश शेयर गर्ने_fororder_22

चीनले २०२१ को अनुमानित जीडीपी लक्ष्य ६ प्रतिशत भन्दा बढी हुने लक्ष्य राखेको छ। यो अपेक्षित लक्ष्यले पूर्ण रूपमा चीनको आर्थिक विकासको सामना गर्ने आन्तरिक र बाह्य परिस्थितिहरूलाई ध्यानमा राख्छ, आर्थिक सञ्चालनको वास्तविक अवस्थाको अनुरूप राख्छ।  

स्थिर वृद्धिको अतिरिक्त, उच्च गुणस्तरको विकासको चीनको प्रवर्द्धन पनि यस वर्ष सरकारी कार्यका धेरै प्रमुख क्षेत्रहरूमा झल्किन्छ। यी मुख्य क्षेत्रहरूमा कार्य व्यवस्थाले देखाउँदछ कि चिनियाँ अर्थव्यवस्थाले स्थिरताका आधारमा सक्रियताका साथ प्रगति गरिरहेको छ, ताकि उच्च-गुणस्तरको विकासले जनताले अपेक्षा गरेको उच्च-गुणस्तरको जीवनको सेवा गर्न सक्दछ।

चीनले विकास लक्ष्यहरू निर्धारण गरी विश्वलाई बढी चिनियाँ लाभांश शेयर गर्ने_fororder_33

चीन अझ ठूलो, व्यापक र गहिराइका साथ खुला छ, र अन्तर्राष्ट्रिय आर्थिक सहयोगमा राम्रोसँग भाग लिन विश्वव्यापी रूपमा चीनको लाभांश अधिक साझा गर्न प्रतिवद्ध छ।