किन ७० देशहरूले संयुक्त रूपमा हङकङको अडानलाई समर्थन गरे?
2021-03-06 20:05:42CRI
Share with:

किन ७० देशहरूले संयुक्त रूपमा हङकङको अडानलाई समर्थन गरे?_fororder_01

मार्च ५ तारिख ७० देशको प्रतिनिधित्व गर्ने बेलारूसले संयुक्त राष्ट्र संघीय मानवअधिकार समितिको ४६औं बैठकमा एक सम्बोधन दिए। उनले हङकङ सम्बन्धी मुद्दाहरूको बारेमा चीनको अडानको समर्थन गर्दै हङकङ सम्बन्धित मुद्दाहरूको माध्यमबाट चीनको आन्तरिक मामिलामा पश्चिमा देशहरूको हस्तक्षेपको विरोध गरे। यसका साथै २० भन्दा बढी देशहरूले मानवअधिकार परिषद्को बैठकमा व्यक्तिगत भाषणको क्रममा हङकङ मामिलाबारे चीनको स्थिति र उपायको समर्थन गरेका छन्।

अधिक देशहरूले न्यायको आवाज उठाएका छन, जसले चीनको हङकङ सम्बन्धी नीतिहरूलाई अन्तर्राष्ट्रिय समुदायले व्यापक मान्यता दिएको भन्ने कुराको पूर्ण प्रदर्शन गर्दछ। ती चीन-विरोधी पश्चिमा शक्तिहरू जसले "हङकङ कार्ड" प्रयोग गरेर चीनको विकासलाई रोक्न खोज्छन्, त्यहाँ दुष्टताका लागि ठाउँ कमै रहनेछ।

किन ७० देशहरूले संयुक्त रूपमा हङकङको अडानलाई समर्थन गरे?_fororder_02

हङकङ चीनको केन्द्रिय सरकारको कार्यक्षेत्र अन्तर्गत एक विशेष प्रशासनिक क्षेत्र हो। हङकङको आन्तरिक मामिलामा बाह्य शक्तिको हस्तक्षेप भनेको चीनको आन्तरिक मामिलामा हस्तक्षेप हो, जसले संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय आधारभूत मान्यतालाई गम्भीर रूपमा उल्लंघन गर्दछ। संयुक्त राष्ट्र संघीय मानवअधिकार समितिको बैठकमा चीनको हङकङ सम्बन्धी स्थिति र उपायहरूको ७० देशको संयुक्त समर्थन संयुक्त राष्ट्र संघीय सन्धि तथा अन्तर्राष्ट्रिय सम्बन्धको मापदण्डको सम्मान र सुरक्षा हो।