झूट र प्रदर्शनले सिनच्याङको मानव अधिकार संरक्षणको उपलब्धिहरू लुकाउन नसक्ने
2021-03-07 20:59:38CRI
Share with:

झूट र प्रदर्शनले सिनच्याङको मानव अधिकार संरक्षणको उपलब्धिहरू लुकाउन नसक्ने_fororder_11

हालसालै, अमेरिका र पश्चिमी मुलुकले चीनको सिनच्याङविरूद्ध अफवाहहरू फैलाउँदै "मानव अधिकारको आडमा चीनमाथि दबाब दिने प्रयास गरेका छन्।

७ तारिख आयोजित पत्रकार सम्मेलनमा चीनका परराष्ट्र मन्त्री वाङ यीले स्पष्ट जवाफ दिनुभयो - "सिनच्याङमा तथाकथित 'नरसंहार'को दावी एक पूर्ण अफवाह र पूर्ण झूट हो।

झूट र प्रदर्शनले सिनच्याङको मानव अधिकार संरक्षणको उपलब्धिहरू लुकाउन नसक्ने_fororder_22

सिनच्याङमा मानवअधिकारको स्थिति राम्रो छ कि छैन, जनताको जीवन एक ऐना हो। उदाहरणको रूपमा आयलाई लिएर सन् २०१४ देखि सन् २०१९ सम्म, सिनच्याङका शहरी बासिन्दाहरूको प्रतिव्यक्ति आम्दानी २३ हजार २ सय युआनबाट बढेर ३४ हजार ७ सय युआनसम्म पुगेको छ। "सबैसँग रोजगारी छ र प्रत्येक महिना आयआर्जन हुन्छ।" यो वाक्य सिनच्याङका जनताको ओठमा झुण्डिएको छ जसले स्थानीय श्रम र रोजगारी सुरक्षा नीतिको प्रभावकारिता र मानवअधिकार संरक्षणको विकास र प्रगति प्रतिबिम्बित गर्दछ।