दुई अधिवेशनबाट चिनियाँ शैलीको प्रजातन्त्रको जोडदार जीवन्त शक्ति प्रदर्शन
2021-03-10 20:13:55CRI
Share with:

दुई अधिवेशनबाट चिनियाँ शैलीको प्रजातन्त्रको जोडदार जीवन्त शक्ति प्रदर्शन_fororder_0310ruiping (2).JPG

चीनका वार्षिक दुई अधिवेशनलाई अन्तर्राष्ट्रिय समाजले चिनियाँ नीतिमाथि ध्यान दिने अवसर हो र विश्वले चीनको प्रजातान्त्रिक अभ्यासको विश्लेषण गर्ने महत्वपूर्ण झ्याल पनि हो।

चालु वर्षका दुई अधिवेशनमा चिनियाँ राष्ट्रिय जन काँग्रेसका करीब तीन हजार प्रतिनिधि र चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका दुई हजार सदस्यले पैचिङमा भेला भएर चीनको आगामी पाँच वर्षदेखि पन्ध्र वर्षसम्म आर्थिक तथा सामाजिक विकास परियोजनाआदि मस्यौदाहरूबारे छलफल गरेका छन्। चीनको यस कार्यले चिनियाँ शैलीको प्रजातन्त्रको जोरदार जिवन्त शक्ति फेरि एक पटक देखाइएको छ।

दुई अधिवेशनबाट चिनियाँ शैलीको प्रजातन्त्रको जोडदार जीवन्त शक्ति प्रदर्शन_fororder_0310ruiping (3).JPG

ती प्रतिनिधिहरुमा विभिन्न क्षेत्रका अधिकारी, उद्योग-व्यवसायी, विज्ञान र शिक्षा क्षेत्रका व्यक्ति, मजदूर, किसान समावेश छन्। यसले चीनको विभिन्न क्षेत्रले ध्यान दिने विषयहरू सबैभन्दा महत्वपूर्ण राजनीतिक छलफलको चौतारोमा लैजान प्रत्याभूति गर्न सक्छन्। 

दुई अधिवेशनबाट चिनियाँ शैलीको प्रजातन्त्रको जोडदार जीवन्त शक्ति प्रदर्शन_fororder_0310ruiping (1).JPG

चीनको विशेषतायुक्त समाजवादी प्रजातन्त्र चीनको सत्तारुढ पार्टीको नेतृत्वमा जनताको हितका लागि सेवा दिने मलभूत लक्ष्य साकार तुल्याउनु हो।

विश्वको प्रजातन्त्र बहुपक्षीय छ। विभिन्न मुलुकले राष्ट्रिय अवस्थाबमोजिम आफूसँग सुहाउने प्रजातान्त्रिक विकास बाटो छनौट गर्ने अधिकार छ। प्रजातन्त्र नारा होइन र जनताको समस्याको समाधान गर्न साधन हो।

अर्थतन्त्रको तीब्र विकास र समाजको दीर्घकालीन स्थिरता दुबै चमत्कार कसरी सिर्जना भयो भन्ने बारेमा विश्वलाई आश्चर्य लागेको बेला चीनको विशेषतायुक्त समाजवादी प्रजातान्त्रिक राजनीतिले एक महत्वपूर्ण उत्तर दिएको छ। जनताको इच्छा देखाउने, जनताको हितको प्रत्याभूति गर्ने, जनता समर्थन दिइने समाजवादी प्रजातान्त्रिक व्यवस्था चीनको विकासको आत्मविश्वास हो र यसले मानवले प्रजातान्त्रिक सपना खोज्नका लागि बाटोलाई विस्तार गरेको र मानवको राजनीति, सभ्यता र प्रगतिका लागि चिनियाँ बुद्धि उपलब्ध गराएको छ।