निर्वाचन व्यवस्थाको सुधारबाट हङकङ अझै राम्रो बन्ने
2021-03-12 21:50:22CRI
Share with:

किन चिनियाँ नागरिक सरकारसँग सन्तुष्ट छन्?

चीन सरकारले मार्च १२ तारिख पत्रकार सम्मेलन आयोजना गरेर चिनियाँ सर्वोच्च आधिकारिक संस्थाले मतदानबाट हङकङ विशेष प्रशासन क्षेत्रको निर्वाचन व्यवस्थाको सुधारसम्बन्धी निर्णय पारित गरेको जानकारी दिएको छ। पत्रकार सम्मेलन जनाइए अनुसार निर्वाचन व्यवस्थाको सुधार विभिन्न पक्षका लागि फाइदाजनक हुनेछ।

निर्वाचनको सुरक्षाबाट देशको सुरक्षा गर्नु विश्वको सामान्य नियम हो। विश्वभरि कुनै देशले आफ्नो क्षेत्रीय निर्वाचनलाई स्वदेशको सुरक्षामाथि धम्की दिन स्वीकार गर्दैन। हङकङमा कानुन संशोधन घटनाबाट सामाजिक अशान्तिसम्म बनेको छ। जसबाट हेर्दा हाल हङकङको मुख्य समस्याको कानुन उलङ्घन गर्ने र जथाभावी हिंसा मच्चाउने पक्षलाई कानुनी दायरामा ल्याउने हो। यस विषयमा चिनियाँ केन्द्रीय सरकारले छुट दिँदैन।

किन चिनियाँ नागरिक सरकारसँग सन्तुष्ट छन्?

गत वर्ष हङकङ सुरक्षा कानुनको निश्चितता तथा कार्यान्वयन सँगै चालु वर्ष हङकङ निर्वाचन व्यवस्थाको सुधारलाई चिनियाँ सर्वोच्च आधिकारिक संस्थाबाट पारित गरेर कानुनी रुपमा राजनीतिक स्थिरता तथा शासनको सुरक्षाका लागि जोखिम बन्द गर्नुका साथै चीनविरोधी तथा हङकङलाई अराजक पार्ने शक्तिलाई नियन्त्रण गरेर हङकङ मामिलामाथि बाह्य शक्तिको हस्तक्षप पनि निशेध गरिएको छ। जसले चीनको सार्वभौमिक्ता, सुरक्षा र विकास पाइदाको संरक्षण गरेको छ।

हङकङवासीलाई हङकङमा अराजक गतिबिधि गर्ने शक्तिको गतिविधिबारे घृणा लागेको छ। त्यसैले हङकङ समाजले राष्ट्रिय जनकाँग्रेसबाट पारित उक्त निर्णयबारे स्वागत व्यक्त गरेका छन्। हङकङ अनुसन्धानको मतदानअनुसार, लगभग ७० प्रतिशत उत्तरदाताहरूले उक्त निर्णयलाई समर्थन गरेका छन्। चीनले विभिन्न क्षेत्रबाट हङकङलाई समर्थन दिने योजना बनाएको छ। हङकझको समृद्धि तथा स्थिरता चीनको हित मात्र नभई अन्तर्राष्ट्रिय जगतको हितसँग पनि अनुकुल छ। राजनीतिक वातावरणमैत्री र समाज स्थिर भएको हङकङ अझ सुन्दर हुनेछ।