#समाचार सन्दर्भ# रातो पार्टीद्वारा हरियो चीनको विकास
2021-03-12 18:58:36CRI
Share with:

#समाचार सन्दर्भ# रातो पार्टीद्वारा हरियो चीनको विकास_fororder_植树1

मार्च १२ तारिखलाई चीनले वार्षिक वृक्षरोपण दिवसका रुपमा मनाउने गर्दछ। चीनमा वृक्षरोपण दिवस मनाउन थालेको चालीस वर्षभन्दा बढी भइसकेको छ। सन् १९७९ मा चीनका तत्कालीन नेता तङ स्याउ फिङको प्रस्तावमा चिनियाँ राष्ट्रिय जन काँग्रेसको पाँचौं स्थायी समितिको छैटौँ अधिवेशनले हरेक वर्षको मार्च १२ तारिखलाई वृक्षरोपण दिवस तोक्ने निर्णय गरेको थियो। सन् २०२० मा वृक्षरोपण दिवसलाई पछिल्लो संशोधन गरेर “जन गणतन्त्र चीनको वन ऐन”मा स्पष्ट रुपमा थपिएको छ।

वृक्षरोपण वातावरणीय संरक्षणको महत्वपूर्ण कदम हो। लामो समययता चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारले वृक्षरोपणमा महत्व दिइरहेका छन्। चीनका नेताहरूले वृक्षरोपण दायित्वलाई निष्ठापूर्वक व्यवहारमा उतार्नुभएको र वृक्षरोपणमा सक्रियताका साथ भाग लिनुभएको छ। चीनका सर्वोच्च नेता सी चिन फिङले “स्वच्छ पानी र हरियो पहाड सुन र चाँदी हुन्” भन्ने वैज्ञानिक अवधारणा प्रस्तुत गर्नुभएको छ। सी चिन फिङ सन् २०१३ देखि लगातार आठ वर्षसम्म राजधानीमा अनिवार्य वृक्षरोपणमा सहभागी हुने गर्नु भएको छ। चीनले वातावरणीय संरक्षण धारणालाई राष्ट्रिय विकास रणनीतिमा थपेको छ। चिनियाँ कम्युनिष्ट पार्टिको अठारौं महाधिवेशनको प्रतिवेदनमा पहिलो पटक “हरित विकास” धारणा प्रस्तुत गरिएको छ। भर्खरै सम्पन्न चिनियाँ राष्ट्रिय जन काँग्रेसको वार्षिक अधिवेशनबाट पारित सरकारको कार्य प्रतिवेदन, चौधौं पञ्च वर्षीय योजना र सन् २०३५ दीर्घकालीन लक्ष्य रुपरेखामा पनि हरित विकास, मानव र प्रकृतिको मेलमिलापयुक्त सहअस्तित्वबारे चर्चा गरिएको छ।

सबैलाई थाहा छ, मानवीय समाज औद्योगिकीकरणमा प्रवेश भएको साथसाथै विश्वको मौसम समस्या क्रमशःदेखिएको छ। अन्तर्राष्ट्रिय समाजले वातावरणीय संरक्षण कार्यमा उच्च महत्व दिएको छ। विश्वको विभिन्न आर्थिक समूहहरूले पनि सम्बन्धित जिम्मेवार वहन गरेका छन्। चीन पनि दायित्वपूर्ण ठूलो मुलुकको धारणाको आधारमा कार्बनको निष्काशन समस्याको समाधान गर्ने र पर्यावरणीय शासनलाई गति प्रदान गर्ने कुरमा अडिग लागिरहेको छ। हालैका वर्षहरूयता चीनले धेरै जनधन लगाई ठूलो परिमाणमा नवीकरण गरेको र प्राकृतिक वनस्पतिको जीर्णोद्धार गरेको छ। हाल चीनको वनको क्षेत्रफल २२ करोड हेक्टर पुगेको छ। वन क्षेत्र मात्रा १७ अर्ब ५६ करोड घन मिटर पुगेको छ। वनमा कार्बनको भण्डारण मात्रा ९ अर्ब १८ करोड ६० लाख टन पुगेको छ। यो हरेक वर्षमा ११ करोड ८० लाख टनले बृद्धि भएको र हरेक वर्षको औसत बृद्धि दर १.४ प्रतिशत पुगेको छ। सन् २०१९ मा नासाबाट प्रकाशित अनुसन्धान प्रतिवेदन अनुसार, २० वर्षको पहिले र अहिलेको तुलनामा पृथ्वीको वृक्षणरोपण क्षेत्र ५ प्रतिशतले वृद्धि भएको छ। यो अमेजन वर्षावनको क्षेत्रफल बराबर छ। जसमा मुख्य योगदान चीन र भारतबाट आउँछन्। "विश्वव्यापी वनस्पतिको क्षेत्रफलको कुल वृद्धिमा २५ प्रतिशत चीनबाट आएको नासाले लेखेको छ। यो भारतको भन्दा चार गुणा बढी हो र रूस, अमेरिका र क्यानडाको संयुक्त योगदान बराबर हो। चीनको वृक्षारोपण विश्वलाई हरित बनाउनमा महत्वपूर्ण शक्ति बनेको छ।

#समाचार सन्दर्भ# रातो पार्टीद्वारा हरियो चीनको विकास_fororder_植树3

पर्यावरणीय शासन र पुनर्स्थापना कार्यमा चीनको उपलब्धिध्यानाकर्षित छ। केही दिनअघि जिनेभामा आयोजित जलवायु सम्मेलनमा पश्चिमी उपग्रहबाट खिचेका फोटोहरूले चिनियाँ नवीकरण कार्यको उपलब्धि देखाएको छ। पहिले गम्भीर माटोको क्षरण क्षेत्र हाल हरियो वनस्पतिबाट ओगटेको छ। "नेचर वा प्रकृति"मा प्रकाशित अनुसन्धानका अनुसार,  निरीक्षण र उपग्रहको अवलोकनको आधारमा अनुसन्धानकर्ताले चीनका दुई नयाँ बनस्पतिले कार्बन डाइअक्साइड अवशोषित गर्ने  मात्रा कम मूल्याङ्कन गरिएको विश्लेषण गरेका छन्। चिनियाँ नव रोपेका बनस्पतिको कार्बन घटाउने क्षमताले विशेषज्ञहरूलाई चकित पारेको छ। चीनले विश्वका लागि हरित विकास अवधारणाको व्यवहार गर्नुका साथै व्यावहारिक गतिविधिबाट विश्व वातावरणीय संरक्षणका लागि योगदान पुर्‍याएको छ।

रूख हुर्काउन दशौं वर्ष लाग्छ। मान्छेको विकास गर्न सयौं वर्ष चाहिन्छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिङफिङले  औल्याउनुभयो- "वृक्षारोपण युगौंयुगका लागि फाइदाजनक काम हो। हरेक वर्ष र युगौंयुगसम्म प्रयास गर्नुपर्छ। "चालु वर्ष चिनियाँ कम्युनिष्ट पार्टीको एक सयौं वार्षिकोत्सव हो। यो शताब्दी पार्टीले अग्रगामी दृष्टिकोणबाट पुस्ता-पुस्तौं चिनियाँहरूको मनमा हरित चिनियाँ सपना रोपेको छ र रातो चीनका लागि हरियो भविष्यको योजना पनि बनाएको छ। यसले चिनियाँ जनताको नेतृत्व गरेर विश्वको वातावरणीय संरक्षणमा अझ बढी योगदान दिनेछ।