किन चिनियाँ नागरिक सरकारसँग सन्तुष्ट छन्?
2021-03-12 21:41:31CRI
Share with:

किन चिनियाँ नागरिक सरकारसँग सन्तुष्ट छन्?_fororder_hima-ruiping (2).JPG

केही वर्षयता गरिएका अन्तर्राष्ट्रिय जनमत सर्भेक्षणहरूमा चिनियाँ जनताबाट चीन सरकारको समर्थन दर विश्वमा उच्च स्थानमा रहिरहेको छ। यस्तो नतिजा आउनुको खास कारण के हो? मार्च ११ तारिख चीनका दुई अधिवेशन समापन भएपछि आयोजित पत्रकार सम्मेलनमा चीनका प्रधानमन्त्री ली खछ्याङले दिनुभएको संकेतबाट विश्वले चीनबारे बुझ्ने झ्याल खोलिएको छ।

‘रोजगारी जनजीवनयापनको आधार हो र विकासको जग पनि हो।’ ‘सरकारले गरेको पूर्ण खर्च जनजीवन सम्बन्धी क्षेत्रमा लगाउनुपर्छ विशेष गरी अनिवार्य शिक्षा र आधारभूत चिकित्सा....’

उल्लिखित विषयहरू हरेक चिनियाँको दैनिक जीवनसँग सम्बन्धित छन्। जनजीवनसँग सानो कुरा छँदै छैन। प्रधानमन्त्री लीको उक्त कथनबाट प्राप्त भएको संकेत जस्तै ‘चीनको विकासको आधारभूत उद्देश्य चिनियाँहरूको जीवन राम्रो होस् भन्ने हो।’

किन चिनियाँ नागरिक सरकारसँग सन्तुष्ट छन्?_fororder_hima-ruiping (1).JPG

सोही दिन चीनको सर्वोच्च आधिकारिक संस्था राष्ट्रिय जनकंग्रेसमा १४ औं पञ्च वर्षीय योजना र दूरगामी योजना कार्यक्रम २०३५ पारित भएको जानकारी दिइयो। आगामी ५ वर्षका लागि तर्जुमा गरिएको योजनामा २० वटा मुख्य सूचकाङ्क प्रस्तुत गरिएको छ। तीमध्ये ७ वटा जनजीवन र जनहितसँग सम्बन्धित छन् जसले सर्वसाधारणले सबभन्दा बढी ध्यान खिचेको छ।

चीनबाट विश्वमा सबभन्दा ठूलो परिधिको सामाजिक प्रत्याभूति संजाल खडा गरिएको छ जसको आधारभूत चिकित्साबाट एक अर्ब ३० करोड जनसंख्यालाई समेटिसकेको छ र पेन्सन बिमाले लगभग १ अर्ब जनसंख्यालाई समेटेको छ। ५ करोड ५७ लाख ग्रामीण गरिब जनसंख्यालाई पूर्ण रूपमा गरिबीबाट मुक्त पारिएको छ।

किन चिनियाँ नागरिक सरकारसँग सन्तुष्ट छन्?_fororder_hima-ruiping (3).JPG

एक अर्ब ४० करोड जनसंख्या भएको मुलुकका लागि जनजीवन सुधार गर्ने कार्य विशाल हुने गर्छ। तर चिनियाँहरूले चुनौतीबाट अवसर समात्ने गर्छन्। जनजीवनलाई निरन्तर सुधार गर्नुबाटै आर्थिक विकासमा थप जीवन्त शक्ति प्राप्त हुन्छ।

चीन सरकारको जनतालाई प्राथमिकताम राखेर काम गर्ने भएकाले सर्वसाधारणले जुन क्षेत्रमा अपेक्षा गर्छन् त्यहीं दिशातिर चीन सरकारको प्रयास हुने गर्छ। यो नै चिनियाँ नागरिक सरकारबाट धेरे वर्षदेखि सन्तुष्ट पाएको मूल कारण हो।