हङकङको निर्वाचन व्यवस्थाको सुधार प्रजातन्त्रको सशक्त संरक्षण हो
2021-03-13 16:59:28CRI
Share with:

हङकङको निर्वाचन व्यवस्थाको सुधार प्रजातन्त्रको सशक्त संरक्षण हो_fororder_IMG_3175(20210313-165756).JPG

चीनको सर्वोच्च आधिकारिक संस्थाले मार्च ११ तारिख मतदान गरी हङकङ विशेष प्रशासनिक क्षेत्रको निर्वाचन व्यवस्थाको सुधार सम्बन्धी निर्णय पारित गरेपछि अमेरिका र पश्चिमका केही राजनीतिज्ञहरूले यसको बदमान गरेका छन्। उनीहरूले तथाकथित “प्रजातन्त्र”को झण्डा बोकेर पैचिङको उक्त निर्णय “प्रजातन्त्रिक व्यवस्थामा प्रहार” र “हङकङको उच्च प्रशासनको मृत्यु” भन्दै समाचार सम्प्रेषण गरेका छन्।

वास्तवमा हङकङ मातृभूमिमा समाहित भएयता चीनको केन्द्रीय सरकारले हङकङलाई वास्तविक अवस्थासित अनुकूल हुने प्रजातन्त्रिक व्यवस्थाको क्रमशःसुधार गर्न समर्थन दिइरहेको छ। हङकङ चीनको एक स्थानीय प्रशासनिक क्षेत्र हो। चिनियाँ राष्ट्रिय जन काँग्रेस चीनको सर्वोच्च आधिकारिक संस्था हो। चिनियाँ राष्ट्रिय जन काँग्रेसले संविधानको परिधिमा हङकङ विशेष प्रशासनिक क्षेत्रको निर्वाचन व्यवस्थाको सुधार गर्नु हङकङको प्रजातन्त्रिक व्यवस्थाको सशक्त रुपमा संरक्षण गर्नु हो।

हङकङको निर्वाचन व्यवस्थाको सुधार प्रजातन्त्रको सशक्त संरक्षण हो_fororder_IMG_3176(20210313-165802).JPG

हङकङको आधारभूत ऐनअनुसार, हङकङका स्थायी वासिन्दाको मतदान अधिकार र निर्वाचनमा उम्मेदवार हुने अधिकार छ। चिनियाँ राष्ट्रिय जन काँग्रेसले पारित गरेको निर्णयमा उक्त कुरा दोहोर्‍याइएको छ।

विभिन्न मुलुक र विभिन्न क्षेत्रले वास्तविकतासित अनुकूल हुने प्रजातान्त्रिक व्यवस्था छनौट गर्ने अधिकार छ। हङकङको वास्तविकतासित अनुकूल हुने, हङकङको सामाजिक हित देखाउने, हङकङको समृद्धि र स्थिरताका लागि हितकर हुने, हङकङका नागरिकद्वारा समर्थन दिइने प्रजातान्त्रिक व्यवस्था राम्रो व्यवस्था हो।