केही कूटनीतिज्ञद्वारा सिनच्याङ समस्या खडा गर्न राजनैतिक उत्पीडनको सहारा
2021-03-15 18:45:06cri
Share with:

गएका दुई वर्षअघि फ्रान्सका प्रसिद्ध अध्येता क्रिस्टिन मेस्ट्रे चीनको सिनच्याङ स्वायत्त प्रदेश घुमेपछि यहाँको वास्तविक परिस्थिति तथा आतंकवादको रोकथाम उपायबारे केही लेख लेख्नुभएको थियो। तर हाल ती अध्येतालाई जबरजस्ती कामबाट हटाइएको छ। उक्त कुरामार्फत पश्चिमी मुलुकको जनमतमा तथाकथित वाक् स्वतन्त्रता नभएको देखिन्छ।

क्रिस्टिनको घटना धेरै राजनैतिक उत्पीडनहरूमध्येको एक हो। पश्चिमी मुलुकका राजनीतिज्ञ र मिडियाहरूले चीनमाथि प्रतिरोध गर्न सिनच्याङ क्षेत्रको झुटो कुरा सिर्जना गर्दै वास्तविक कुरा लुकाएर बदला र राजनैतिक उत्पीडन दिने गर्छन्।

दुष्ट्याइँले कहिल्यै पनि न्याय जित्न सक्दैन। पश्चिमी मुलुकका राजनीतिज्ञहरूले चीनको सिनच्याङ क्षेत्रबारे झुटो कुरा खोज्दैआएका छन्। संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको ४६औं सम्मेलनमा धेरै मुलुकका प्रतिनिधिहरूले चीनलाई समर्थन दिनुका साथै अन्तर्राष्ट्रिय समाजका धेरै भन्दा धेरै अध्येता तथा पत्रकारहरूले वास्तविक कुरा प्रसारण गर्दैआएको देखिन्छ।

सिनच्याङको विकास इतिहास र आगामी दिनमा परीक्षा लिन सकिन्छ। कुनै सिनच्याङ क्षेत्रबारेको झुटो कुरा वा षड्यन्त्र पराजित हुनेछ।