#समाचार सन्दर्भ# चिनियाँ जनताको सुखी भावनाको श्रोत के?
2021-03-19 20:00:35CRI
Share with:

#समाचार सन्दर्भ# चिनियाँ जनताको सुखी भावनाको श्रोत के?_fororder_5f817ac6a3101e7c92047d3d

अन्तर्राष्ट्रिय प्रसिद्ध सार्वजनिक सर्वेक्षण संस्थान इपसोस समूहले सार्वजनिक गरेको विश्वको सुखी भावनाको सर्वेक्षण प्रतिवेदन २०२० अनुसार, यस पटकको सर्वेक्षणमा सहभागी भएका मुलुकहरूमा चीन सर्वोच्च सुखी सूचकांकमा परेको मुलुक हो। चीनमा ज्यादै सुखी भावना र निकै सुखी भावना समेट्ने चिनियाँहरूको अनुपात ९३ प्रतिशत पुगेको छ। चिनियाँको सुखको सूचकांक किन यति उच्च छ? मार्च २० तारिख दशौं विश्व सुख दिवसको उपलक्ष्यमा यो कारण खोजौं।

वास्तवमा चिनियाँको सुखी भावना उदगम नभएको पानी पक्कै होइन। चिनियाँको सुखको भावना चीनको वर्तमान अवस्थाप्रतिको आत्मविश्वास र अनुमानित भविश्यप्रतिको आशाबाट आएको हो।

#समाचार सन्दर्भ# चिनियाँ जनताको सुखी भावनाको श्रोत के?_fororder_src=http___m_xinhuanet_com_ah_2018-09_23_1123472539_15376719789531n_jpg&refer=http___m_xinhuanet

चिनियाँको जीवनको अझै ठूलो प्रत्याभूति छ। चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनले सधैं नै सर्वसाधारणले “सबैभन्दा ठूलो प्रतिरक्षा लिने, सबैभन्दा जरुरी, सबैभन्दा चिन्ताजनक र सबैभन्दा गुनासो गर्नसक्ने” समस्याको समाधान गर्नुलाई प्राथमिक स्थानमा राखेको छ। “तेह्रौं पञ्च वर्षीय योजना” अवधिमा चीनले विश्वमा सबैभन्दा ठूलो परिमाणको सामाजिक सुनिश्चितता प्रणालीको स्थापना गरिसकेको थियो। खाद्यान्नको उत्पादन मात्रा लगातार छ वर्षसम्म ६ खर्ब ५० अर्ब किलोग्रामभन्दा बढी पुगेको थियो। रोजगार परिमाण र क्षेत्र निरन्तर रुपमा विस्तार भएको थियो। कर र शूल्कको कटौती पनि निरन्तर रुपमा गरिएको छ। विभिन्न स्तरीय शिक्षा प्रचलित बनाएको छ। श्रृंखलावद्ध संख्या र क्रमशःपरिवर्तनको सूचकांक देखिएको छ। अझै बढीको प्राप्त भावना, सुखी भावना र सुरक्षा भावनाबाट चिनियाँ सर्वसाधारणले जीवनमा वास्तविक परिवर्तन र प्रगतिको अनुभव गर्नसकेका छन्।

#समाचार सन्दर्भ# चिनियाँ जनताको सुखी भावनाको श्रोत के?_fororder_src=http___m_xinhuanet_com_ah_2018-09_23_1123472539_15376719788631n_jpg&refer=http___m_xinhuanet

चिनियाँको जीवन अझै समृद्ध छ। त्यो सुख प्रयासहरूबाट आएको हो। वास्तविक प्रयासले सपना साकार तुल्याउनसक्छ। सन् २०२०मा चीनको ग्रामीण क्षेत्रका करीब १० करोड किसान गरिबीबाट मुक्त भए। चीनको ह नान प्रान्तका किसानले सुखी भावनाबारे यसरी चर्चा गर्छन्, ‘नयाँ युगको व्यवस्था राम्रो छ। किसानले राम्रो व्यवस्था बिर्सनसक्दैनन्। गरिब किसान गरिबीबाट मुक्त भए,  कुनै पनि वंशमा यो देखिन्दैनथे।’ किसानले अन्नबाली रोपेर बढी प्रत्यक्ष आपूर्ति प्राप्त गर्नसक्छन्। देशले नयाँ ढाँचाको सहयोग चिकित्सा प्रणाली लागू गरेको छ। गरिब वासिन्दाका लागि  न्यूनतम जीवन प्रत्याभूतिको भत्ता छ। बालबालिकाको पढाई निःशूल्क छ। हरेक गाउँमा पक्की सडक संचालनमा आएको छ। किसानहरू भन्छन्, ‘नयाँ युग धनी बनाउने बाटो हो। न्यानो लुगाकपडा लगाउनसक्ने र यथेष्ठ खाना खानसक्ने अवस्थाबाट परिवर्तन भएर किसान धनी बनेका छन्। गरिबी मुक्तिबाट विजय प्राप्त गरेका चिनियाँ किसानहरू ग्रामीण पुनरुत्थानको बाटोमा हिँड्दैछन्। यसबाहेक, सन् २०२०को अन्त्यसम्म उपभोग लगातार छ वर्षसम्म चीनको आर्थिक वृद्धिको पहिलो ठूलो इंजिन बनेको छ। चीनमा मध्यमा स्तरीय आम्दानीकर्ता समूहको जनसंख्यामा वृद्धि भएर ४० करोड पुगेको छ र विश्वमा मध्यम आय भएको समूहको सबैभन्दा बढी जनसंख्याको मुलुक पनि बनेको छ। आगामी पन्ध्र वर्षमा चीनको मध्यम स्तरीय आम्दानी समूहको जनसंख्या दोब्बरले वृद्धि हुने र ८० करोड पुग्ने अनुमान गरिएको छ। विश्वबाट सामान खरीद गर्ने र विश्वतर्फ सामानको बिक्री गर्ने चिनियाँहरूले चीनको अर्थतन्त्रलाई अगाडि बढाउनुका साथै विश्वको अर्थतन्त्रमा पनि विकास ल्याउनसक्ने छन्।

#समाचार सन्दर्भ# चिनियाँ जनताको सुखी भावनाको श्रोत के?_fororder_129967345_15389969936971n

चिनियाँहरूको बसोबासको वातावरणमा सुधार आएको छ। सन् २०१५ को अक्टोबरमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं केन्द्रिय समितिको पाँचौं महाधिवेशनमा पर्यावरणीय सभ्यताको निर्माणलाई प्राथमिकता दिइयो र राम्रो पर्यावरणीयलाई जनताको आधारभूत हित-कल्याण मानेर ‘सुन्दर चीन’ भन्ने विषयलाई तेह्रौं पञ्च वर्षिय योजना (२०१५-२०१९) मा समावेश गरियो। यसको अर्थ आर्थिक, राजनैतिक, सांस्कृतिक तथा सामाजिक निर्माण लगायत सबै प्रक्रियामा वातावरणलाई प्राथमिकता दिनुपर्छ। जलवायु, पानी र माटोको प्रदूषणलाई हटाउने लगायतका क्षेत्रहरूमा टड्कारो उपलब्धि पनि हासिल गरिएको छः सन् २०१५को दाँजोमा सन् २०१९मा चीनभरि सतही पानी 9.9% ले वृद्धि भयो र मापदण्डसँग मेल नखाएका शहरहरूमा हावाको पीएम २.५को घनत्व दर प्रतिवर्ष २३.१ प्रतिशतले घट्दै आइरहेको छ। पानी अझ स्वच्छ, आकाश अझ निलो र वातावरण अझ सुन्दर भयो। हरेक चिनियाँ सर्वसाधारणले प्रतिदिन यस्तो सुधारमा सुखको अनुभव गर्ने गर्छ।

महामारीलाई जित्ने चिनियाँहरूको विश्वास बढ्दै गइरहेको छ। कोभिड महामारीको प्रभावमा विश्वका विभिन्न मुलुकका जनताले स्वास्थ्य तथा सुरक्षाप्रति पहिले नदेखिएको चिन्ता गरिरहेका छन्। महामारीसँगको यस कडा युद्धमा चीन सरकारले जनताको ज्यान र स्वास्थ्यलाई प्रथम स्थानमा राखिरहेको छ। निश्चित कोभिड बिरामीको लागि निःशूल्क उपचार गराइदिनुका साथै पीसीआर जाँचलाई पनि चिकित्सा बिमामा समावेश गराइएको छ। यसका अतिरिक्त, चीनमा खोपको अनुसन्धान तथा प्रयोग कार्य सक्रियताका साथ जारी रहेको छ। मार्च १४ तारिखसम्म चीनमा कोभिड खोप लगाएका जनसंख्या ६४८.८ लाख पुगेको छ। महामारीलाई जित्न चीनले गरिरहेको मिलिजुली कदमहरूबाट महामारीमा रहेका हरेक चिनियाँको सुरक्षा तथा सुखी अनुभव निरन्तर रूपमा बढिरहेको छ।

#समाचार सन्दर्भ# चिनियाँ जनताको सुखी भावनाको श्रोत के?_fororder_src=http___5b0988e595225_cdn_sohucs_com_images_20181229_e5703ef569d947b98fccb18a93b64146_jpeg&refer=http___5b0988e595225_cdn_sohucs

जीवनस्तर र सामाजिक प्रत्याभूति बढेर बसोबासको वातावरण पर्यावरण मैत्री बनेर महामारीलाई जित्ने विश्वास बढेको छ...ती सबै क्षेत्रमा भएको प्रगति तथा सुधारबाट चिनियाँहरूको जीवनलाई अझ सुखी पारिरहेको छ र चिनियाँहरूमा आत्मविश्वास बढाइएको छ। यस्तो विश्वास लिएर भविष्यप्रति चिनियाँहरू अझ आशावादी छन्। चीनका सर्वोच्च नेता सी चिनफिङले यसरी पुष्टि गर्नुभएको छ, ‘चिनियाँ कम्युनिष्ट पार्टीको काम सर्वसाधारणको सेवा गर्नु हो र सर्वसाधारणको सुख नै पार्टीको महा-कार्य हो।’ सतवार्षिक इतिहास बोकेको चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चौधौं पञ्च वर्षिय योजना तथा दूरगामी योजना २०१५को निर्देशनमा सुखमय जीवन हातमा राखिरहेका चिनियाँहरूले आत्मविश्वास तथा आशा लिएर अझ सुखी भविष्योन्मुख भएर दौडिरहेका छन्।