#समाचार सन्दर्भ#फु मानचौ मनोग्रन्थी कहिले अन्त्य होला?
2021-03-18 14:31:03CRI
Share with:

सन् १९१३ मा चीन नपुगेको साक्स रोमर नामक एक बेलायत्तीले एक उपन्यास लेखेका थिए जसको नाम डाक्टर फु मानचौको रहस्य थियो। त्यसपछि फेरि अरू १६ वटा फु मानचौ सिरियस प्रकाशित भएका थिए। उक्त फु मानचौ काल्पनिक एक चिनियाँ डाक्टर हुन्। उपन्यासमा यसो लेखिन्छ: उनी अग्लो, डुब्लो, कपाल झरेका हुन्छन्, लामो आखीभौँको तल पातलो र लाम्चा आँखाबाट हरियो प्रकाश देखिन्छ। बिरालो जस्तो चुपचाप रहने उनी कहाँ रहन्छन् भन्ने कुरा कसैलाई पनि थाहा हुँदैन। उनी शैतान जस्तै रहस्यमयी हुन्छन्। उनी उतेजित रूपमा श्वेत व्यक्तिलाई हटाएर विश्वलाई जित्न खोजिरहेका छन्। त्यतिखेर छिङ वंश भर्खरै पतन भएको थियो भने चीन राष्ट्र भर्खरै जागेको थियो। उक्त उपन्यासको प्रकाशन भएबाट चीनको पुनरूत्थानप्रति पश्चिमाको प्रभुत्ववादको डरसँग ठ्याक्कै मिल्नु गएको थियो। संवेदनशील अमेरिकी राजनीतिज्ञले खजानाको रूपमा लिएर तत्काल चलचित्र बनाएर विचारविज्ञान प्रसारको उपकरणको रूपमा विश्वसमक्ष देखाएका थिए।

#समाचार सन्दर्भ#फु मानचौ मनोग्रन्थी कहिले अन्त्य होला?_fororder_01

हाल एक सय वर्षभन्दा लामो समय बितिसकेको छ। अमेरिका लगायत पश्चिमा मुलुकले आफ्नो फु मानचौ मनोग्रन्थीलाई अझै हटाएका छैनन्। गत शताब्दीको ९०औँ दशकदेखि फु मानचौको प्रतीक हटाएर प्रत्यक्ष रूपमा चीन खतरा सिद्धान्त फैलाइरहेको छ। त्यसको कारण के हो? हाल अमेरिकी वरिष्ठ अर्थशास्त्री रिचार्ड वोल्फले युटुबमा एउटा मन्तव्य दिँदै त्यसको जवाफ दिनुभयो छ। उहाँ भन्नुहुन्छः आर्थिक, राजनीतिक र सांस्कृतिक हिसाबले चीन उदय हुँदै गरेको ठूलो मुलुक हो तर अमेरिका घट्दो शक्ति भएको छ भने विश्वको अर्थतन्त्रमा अमेरिकाको प्रभावमा ह्रास आइरहेको छ।

हजुर, कारण यो नै हो। विगत एक सय वर्षभन्दा लामो समयमा चीनले आफ्नो प्रयासमा गरिब र कम्जोरबाट बलिष्ट राष्ट्रका रुपमा विकास गरेको छ भने शान्तिपूर्ण विकास र सहयोग गरी साझा फाइदा धारणाको आधारमा विश्वको दोस्रो ठूलो आर्थिक समूहसम्म विकास गरेको छ। अमेरिकाले अरू देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्नुका साथै युद्धप्रिय नीति अँगाल्ने गरेको छ र उसको आर्थिक अवस्थामा दिनानुदिन ह्रास आउँदै छ।

#समाचार सन्दर्भ#फु मानचौ मनोग्रन्थी कहिले अन्त्य होला?_fororder_02

क्रूर वास्तविकताको सामना गर्न शुन्य योग खेल धारणाको आधारमा अमेरिकाले चीनको विरोध र बदनाम गरिरहेको छ। मानवअधिकार, धार्मिक विश्वास, महामारी नियन्त्रणलगायत विभिन्न विषयमा चीनलाई बदनाम गर्न अमेरिकाले अथक प्रयास गरिरहेको छ। त्यति मात्र नभई हालै जापान र दक्षिण कोरियाको भ्रमण गर्नुअघि पनि अमेरिकी विदेशमन्त्री आन्टोनी ब्लिकेन र रक्षामन्त्री लोइद ओस्टिनले पनि संयुक्त रूपमा वाशिन्टन पोष्टमा लेख प्रकशित गरी चीनको आलोचना गर्नुभयो। उक्त लेखमा कुनै मुलुकले अन्तर्राष्ट्रिय व्यवस्थालाई चुनौति गर्न खोजिएको छ विशेष गरी चीनले आफ्नो इच्छामा जे पनि गर्न लागेको भनेर आरोप लगाइएको छ। तर वास्तविकता त्यस्तो होइन।

#समाचार सन्दर्भ#फु मानचौ मनोग्रन्थी कहिले अन्त्य होला?_fororder_03

वर्तमान महामारी नियन्त्रण कार्यलाई उदाहरणका रुपमा बुझ्न सकिन्छ। महामारी फैलिएपछि सबै चिनियाँले मिलेर नियन्त्रण गरेका छन् र विश्व स्वास्थ्य संगठनसँग सल्लाह गरिरहनुका साथै विश्वसँग सम्पूर्ण अनुभव शेयर गरेको छ। साथै खोपको अध्ययन तथा विकास गर्न सक्रियता लिनुका साथै विश्वमा कोरोना विरूद्ध खोपको न्याय वितरण गर्न बढाइरहेको छ। हालसम्म चीनले विश्वका ६० वटाभन्दा बढी मुलुकलाई खोप उद्धार र खोप स्रोत प्रदान गरेको छ भने विश्वमा महामारी नियन्त्रण गर्ने नभइ नहुने शक्ति बनेको छ। तर अमेरिकाले केही राजनीतिज्ञको व्यवस्थामा विज्ञान विरोधी महामारी नियन्त्रण गरिरहेको छ भने विश्वको महामारी नियन्त्रण अवस्थालाई अगाध खाडलमा तानेको छ। खोप आएपछि अमेरिकाले चाहिने मात्राभन्दा बढी रूपमा संकलन गर्नुका साथै खोपको स्वयं उत्पादन गर्ने अरू मुलुकको शक्तिलाई घटाएको छ। ह्वाइट हाउसका प्रवक्ता जेन साकीका अनुसार, हाल विश्वका धेरै मुलुकले अमेरिकासँग खोप मागेका छन् तर अमेरिका सरकारले कुनै पनि मुलुकलाई प्रदान गरेको छैन। थाहा भएअनुसार, आगामी केही महिनामा अमेरिकाले सबै वयस्क नागरिकलाई खोप लगाउनेछ। तर अमेरिकाको कारणले विश्वका अरू धेरै क्षेत्रका लागि यो एक सपना मात्रै रहने छ।

#समाचार सन्दर्भ#फु मानचौ मनोग्रन्थी कहिले अन्त्य होला?_fororder_04

अमेरिकाको यस्तो कार्यले कसले संसारलाई अँगाल्छ र कसले संसारलाई बिगार्छ भन्ने निकै स्पष्ट रूपमा देखिएको छ। त्यसैले दुई ठूला मुलुकबीच द्वन्द्वको विकल्प आवश्यक छ। प्राध्यापक वोल्फले उक्त भिडियोमा पनि उल्लेख गर्नुभएको छ: चीनलाई बदनाम गर्ने विचार सच्याउनुपर्छ। अमेरिका र चीनको द्वन्द्व बढ्दै गएर अन्ततः युद्ध हुने होला। तर वैकल्पिक बाटो पनि हुन्छ अर्थात् चीन र अमेरिकाबीच आपसी समझदारी र सहकार्य पनि हुनसक्छ। चीन र अमेरिकाले सूचना, सामान, विज्ञान तथा प्रविधिको आदान-प्रदान गरी साझा समृद्धि अँगाल्न सक्छन्। यो नै व्यापक सहमत विषय हो र सबैको अपेक्षा पनि हो। त्यसपछाडि अझ गहिरो तर्क भनेको राष्ट्राध्यक्ष सी चिनफिङले दोहोर्‍याउनु भइरहेको छ मानवजातिको भाग्य समुदाय धारणा हो।

#समाचार सन्दर्भ#फु मानचौ मनोग्रन्थी कहिले अन्त्य होला?_fororder_05

प्राध्यापक वोल्फको भिडियाले १३ हजारभन्दा बढी लाइक पाएको छ। एक साथीले कमेन्ट गरेका छन् कि प्राध्यापक वोल्फले भन्नुभए झैँ दुई ठूला मुलुकबीच आपसी सिकाइ र सहयोग गर्नुपर्छ। चीनले गर्दैछ तर अमेरिका नि?

हो प्रश्न ज्युँका त्युँ छ। अमेरिका नि?