चीन विरोधी तत्वहरू न्यायिक परीक्षणमा अनुत्तीर्ण हुने
2021-03-19 20:11:57cri
Share with:

चीन विरोधी तत्वहरू न्यायिक परीक्षणमा अनुत्तीर्ण हुने_fororder_rp2

“युगुर जातिको एउटा उखान छ, ‘माथितिर ढुङ्गा फ्याँक्दा आफ्नो टाउकाको विचार गर्नुपर्छ।’ अडरिआन जेन्ज नामक झुट बोल्ने मान्छे, आँखा सहितको अन्धो, ढुङ्गा तिम्रो टाउकोमाथि खस्न लागेकोले होशियार होउ!” सिन्च्याङ युगुर स्वायत्त प्रदेशले १८ तारिख आयोजना गरेको एउटा पत्रकार सम्मेलनमा सिन्च्याङ खाशका गुल्बोस्तान रोजी नामकी महिलाले आक्रोशका साथ उक्त कुरा बताएकी हुन्। । 

चीन विरोधी तत्वहरू न्यायिक परीक्षणमा अनुत्तीर्ण हुने_fororder_rp1

अडरिआन जेन्ज को हो? ४७ वर्षिय त्यो जर्मनलाई केही पश्चिमा शक्तिले “सिन्च्याङ सम्बन्धी अनुसन्धान आधिकारिता” दिएका छन्। वास्तवमा उनी सिन्च्याङ सम्बन्धी निकै बढी झुठ निकाल्ने व्यक्ति हुन्। बितेका केही वर्षयता उनले धेरैपटक  विद्वानको मुकुण्डो पहिरिएर विभिन्न अन्तर्राष्ट्रिय क्षेत्रमा भाग लिने गरेका छन्। अमेरिकी उग्रवादी संगठन अर्थात् कम्युनिष्ट पीडाको स्मृति कोषका सदस्यको रुपमा रही उनी निश्चित रूपमा चीन विरोधी अनुसन्धान संस्थाका वरिष्ठ कर्मचारी हुन्। के भन्न सकिन्छ भने चीन विरोधी गतिविधि गर्नु नै उनको पेशागत कचौरा हो।  

प्राप्त जानकारी अनुसार, अडरिआन जेन्ज जस्तै व्यक्तिहरूले चीनलाई हिलो छ्यापेर चीनको बदनाम गर्न खोजिरहेका छन्। उनीहरूको विरुद्ध सिन्च्याङका केही व्यवसाय र सर्वसाधारणले कानुनी हतियार उठाउँदै दृढताका साथ आफ्नो इज्जत र अधिकारको संरक्षण गरिरहेका छन्। अडरिआन जेन्ज तथा त्यसपछाडिका चीन विरोधी शक्तिमाथि न्यायिक सजाय अवश्य मिल्नेछ।