सिन्च्याङ्ग नागरिकको स्वरोजगार अभ्यास मानव अधिकारको एक सफल कथा
2021-03-24 20:50:05cri
Share with:

सिन्च्याङ्ग ना सिन्च्याङ्ग नागरिकको स्वरोजगार अभ्यास मानव अधिकारको एक सफल कथा गरिकको स्वरोजगार अभ्यास मानव अधिकारको एक सफल कथा_fororder_IMG_3787(20210324-200342).JPG

“सन् २०१८ देखि मेरा श्रीमानसँग म यहाँ आएकी हुँ। तत्काल ग्रामीण क्षेत्रमा मुख्यभूमिमा काम गर्न मानिस भर्ती गर्ने सूचना सुन्दा मलाई निकै खुशी लाग्यो। त्यसैले मैले निवेदन दिएँ।”चीनको चि नान विश्वविद्यालयले मार्च २३ तारिख सार्वजनिक गरेको《जबरजस्ती श्रम कि वा सुन्दर जीवनको खोजी—मुख्यभूमिमा काम गर्ने सिन्च्याङ्ग नागरिकको कामको अवस्था प्रतिवेदन》मा क्वाङ्ग तुङ्गमा काम गर्ने एक युगुर जातीय महिलाले उक्त कुरा बताएकी हुन्।

पश्चिमी क्षेत्रको चीन विरोधी शक्तिद्वारा निराधार रुपमा बनाइएको तथाकथित प्रतिवेदनसित फरक छ भने चि नान विश्वविद्यालयको यस प्रतिवेदनमा सिन्च्याङ्ग अल्पसंख्यक जातिका कर्मचारी रहेका पाँच व्यवसायका ७० जना सिन्च्याङ्ग जातिका व्यक्तिहरुको अन्तर्वार्ताबाट सिन्च्याङ्ग अल्पसंख्यक जातिका नागरिकहरुले मुख्यभूमिमा काम गर्ने वास्तविक अवस्था देखाइएको छ। यसमध्ये के स्पष्ट देख्नसकिन्छ भने सिन्च्याङ्ग नागरिकहरुले आफ्नो सुन्दर जीवन खोज्नका लागि स्वच्छ रुपमा बाहिर गएका छन्। तथाकथित जबरजस्ती श्रम सम्पूर्ण अवस्थित छैन।

सिन्च्याङ्ग ना सिन्च्याङ्ग नागरिकको स्वरोजगार अभ्यास मानव अधिकारको एक सफल कथा गरिकको स्वरोजगार अभ्यास मानव अधिकारको एक सफल कथा_fororder_IMG_3786(20210324-200335).JPG

बाँच्ने अधिकार र विकास अधिकार आधारभूत मानव अधिकार हुन्। पहिलेको सिन्च्याङ्गमा धेरै आतंकवाद गतिविधि हुन्थ्यो। ऐतिहासिक तथा प्राकृतिक कारकतत्व भएकाले सिन्च्याङ्गको विकास ढिलो भएको हो। चीन सरकारले शृङ्खलाबद्ध नीतिले सिन्च्याङ्गको सामाजिक सुरक्षाआर्थिक विकासनागरिक जीवनको सुधारलाई प्रवर्द्धन गर्दै प्रभावकारी रुपमा स्थानीय बासिन्दाको आधारभूत अधिकारलाई प्रत्याभूति गरेको छ।

सिन्च्याङ्गका विभिन्न क्षेत्रका मानव अधिकारमा प्रगति पाइएको छ। लगातार चार वर्षसम्म हिंसात्मक घटना भएको छैन। सन् २०१० देखि सन् २०१८ सम्म सिन्च्याङ्ग युगुर जातीय जनसंख्या १ करोड  १ लाख ७१ हजार ५ सयबाट १ करोड २७ लाख  १८ हजार ४ सय पुगेको छ। सन् २०२०मा सिन्च्याङ्गले सम्पूर्ण गरिबी निवारणलाई साकार तुल्याएको छ।  चीन सरकारले सधैं नै मानव अधिकारको वास्तविक संरक्षण तथा प्रवर्द्धन गर्दै आएकाले सिन्च्याङ्ग नागरिक लगायत सबै चिनियाँहरुले राम्रो जीवन बिताएका छन्। यो विश्वमा सबैभन्दा सफल मानव अधिकारको कथा हो।