“मानव अधिकार शिक्षक”माथि चीनद्वारा प्रतिबन्ध
2021-03-24 16:45:43cri
Share with:

“मानव अधिकार शिक्षक”माथि चीनद्वारा प्रतिबन्ध_fororder_IMG_3778(20210324-161239).JPG

चीनको परराष्ट्र मन्त्रालयले मार्च २२ तारिख बताए अनुसार चीनको सार्वभौमसत्ता तथा हितलाई गम्भीर रूपमा क्षति पुर्‍याएको र दुष्ट उद्देश्य लिएर झुटो तथा नक्कली सूचना फैलावट गर्ने यूरोपेली संघका १० जना व्यक्ति र ४ वटा संस्थामाथि चीनले प्रतिवन्ध लगाउने निर्णय गरेको छ। “मानव अधिकार शिक्षक”माथि चीनको गरेको उक्त निर्णय जस्तालाई तस्तै रुपमा जवाफ दिन आवश्यक कार्य हो। यसबाट चीनको राष्ट्रिय सार्वभौमिकता,सुरक्षा र विकास हितको संरक्षण गर्ने द्दढ अठोट प्रतिबिम्बित भएको देखिन्छ।

प्रतिबन्धको नामसूचिमा चीनको आन्तरिक मामिलामाथि पटकपटक हस्तक्षेप गरेका संस्था र सिन्च्याङ्ग समस्यामा गम्भीर खराब गतिविधि गर्नेहरु रहेका छन्। उदाहरणका लागि जर्मनी विद्वानको पहिचान पाएका आड्रिएन जेन्च सिन्च्याङ्ग सम्बन्धी शृङ्खलाबद्ध झुटको खेती गर्ने अभियन्ता हुन्। कहिल्यै पनि सिन्च्याङ्ग नगएका उनी सन् २०१८ देखि दशभन्दा बढी लेख र प्रतिवेदन बनाउँदै चीनमाथि तथाकथित“जाति हत्या”लगायतका आरोप लगाएका छन्। वास्तविक तथ्य के हो भने वितेका ४० वर्षयता सिन्च्याङ्ग युगुर स्वायत्त प्रदेशको जनसंख्या ५५लाख ५० हजारबाट १ करोड २७ लाख पुगेको छ। प्रतिव्यक्तिको औसत आयु ३० वर्षबाट ७२ वर्ष पुगेको छ। आड्रिएनको झुटोबाट स्पष्ट रुपमा चीन विरोधी लक्ष्य पाउने प्रयास गरका छन्। उनी जस्तै व्यक्तिहरुले वास्तविकतालाई ध्यान दिएका छैनन् अनि सिन्च्याङ्ग सर्वसाधारणको मानव अधिकारलाई चासो गरेको छैनन्। ती व्यक्तिहरु चीनको विशाल विकास र चिनियाँहरुको राम्रो जीवन देखेर जलिरहेका छन्।

युरोपेली संघले सिन्च्याङ्ग मानव अधिकार समस्याको निहुँमा चीनमाथि नाकाबन्दी गरेपछि अमेरिका र बेलायतले पनि उक्त गतिविधिमा भाग लिएका छन्। संयुक्त रुपमा चीनलाई बदनाम गर्दै चीनको विकालाई बाधा दिन खोज्ने यस्ता कार्यले जनताको आँखामा पट्टी बाँध्न सक्दैन।  फ्रान्सेली लेखक विवासको पुस्तक《युगुर जातिको नक्कली खबरको अन्त्य》का अनुसार सिन्च्याङ्गको भ्रमण गरेका धेरै मुलुकका पदाधिकारीहरु र पत्रकारहरुको सकारात्मक मूल्याङ्गकनबाट हाल ८० भन्दा बढी मुलुकहरुले संयुक्त राष्ट्र संघीय मानव अधिकार समितिको बैठकमा चीनको सिन्च्याङ्ग शासन नीतिको समर्थन गरेर सबै कुराले निष्पक्ष जनताको मनमा रहेको देखाएको छ। केही पश्चिमी शक्तिले अन्तर्राष्ट्रिय समाजको प्रतिनिधित्व गर्न सक्दैन। अमेरिका लगायत पश्चिमी मुलुकले आफ्नो मानव अधिकार समस्याको राम्ररी समाधान गर्न र अन्य मुलुकको आन्तरिक मामिलालाई हस्तक्षेप नगर्न चीनले आग्रह रहेको छ। अन्यथा चीनले आवश्यक रुपमा जवाफी प्रतिक्रिया दिनेछ।