#समाचार सन्दर्भ# सिनच्याङको सेतो कपासलाई कालो बनाउने प्रयासलाई चिनियाँहरूद्वारा अस्वीकार
2021-03-25 19:20:31CRI
Share with:

#समाचार सन्दर्भ# सिनच्याङको सेतो कपासलाई कालो बनाउने प्रयासलाई चिनियाँहरूद्वारा अस्वीकार_fororder_IMG_0060.JPG

स्विडेनी फास्ट-फैशन मार्का एच एण्ड एम समूहको प्रकाशित वक्तव्यमा सिनच्याङबाट उत्पादित कपासको प्रयोग रोक्ने विषयले चिनियाँहरूलाई क्रोधित बनाएको छ। यो वक्तव्य अनुसार, चिनियाँ सिनच्याङ युगुर स्वायत्त प्रवेशमा जबरजस्ती श्रममा लगाइएका कारणले यो मार्काले सिनच्याङबाट उत्पादित कपासको प्रयोग रोकेको हो। हाल चीनमा एच एण्ड एमको खरिद मात्रा तिव्र गतिले वृद्धि हुँदै २०२० को आर्थिक वर्षमा चीनका लागि खरिद मात्रा ७ अर्ब ३६ करोड युआन पुगेको छ। चीन उसको विश्वव्यापी चौथो ठूलो बजार बनेको छ। यस्तो पृष्ठभूमिमा जुन थालमा खाना खायो त्यही फोहोर गर्ने भनेजस्तै हास्यास्पद वक्तव्य प्रकाशित गरेर चिनियाँ सर्वसाधारणलाई बिच्क्याएको छ।

ध्यान दिनुपर्ने कुरा के हो भने, एच एण्ड एमको वक्तव्यमा राम्रो कपास अभियान अर्थात् बीसीआई नामक स्विजरल्याण्ड संस्था उल्लेखित छ। उक्त वक्तव्यका अनुसार, बीसीआईले सिनच्याङमा बीसीआई कपासको लाइसेन्स स्थगित गरेको छ। त्यसैले  एच एण्ड एमले आवश्यक कपास सिनच्याङबाट लिने छैन। बीसीआई उद्योगसम्बन्धी गैरसरकारी संगठन हो। उसले मापदण्डको तर्जुमा गरेर सदस्यसँग मापदण्डसँग अनुकुल कपासको प्रयोग गरेमा बीसीआईको लोगो प्रयोग गर्न अनुमति दिने गर्छ। एच एण्ड एम, नाइक, एडिडास आदि उसका सदस्य हुन्।  वातावरण सुरक्षा मापदण्डबाहेक बीसीआईले तथाकथित सभ्य काम पनि उक्साएको छ। उक्त संगठनले सिनच्याङको कपास उत्पादनमा जबरजस्ती श्रममा लगाएको झुटो कुरा निराधार रूपमा बनाएर गत अक्टोबरमा आधिकारिक वेबसाइटबाट सिनच्याङमा सबै गतिविधि रोक्ने वक्तव्य प्रकाशित गरेको थियो।

#समाचार सन्दर्भ# सिनच्याङको सेतो कपासलाई कालो बनाउने प्रयासलाई चिनियाँहरूद्वारा अस्वीकार_fororder_IMG_0059.JPG

तर वास्तविकमा तथाकथित सिनच्याङमा जबरजस्ती श्रम, अल्पसंख्यक जातिप्रति भेदभाव सम्पूण झुटो कुरा हो। केही पश्चिमा सञ्चार माध्यमबाट सार्वजनिक कथातथिक  प्रमाण बंग्याइएको वा बनाइएको पुष्टि गरिएको छ। त्यसका साथै पश्चिमा सञ्चार माध्यमबाट मानिएको चिनियाँ मामिलासम्बन्धी विद्वान जर्मनी एड्रियन जेन्ज यो झुटो कुराको सिर्जक हुन्। उनले सिनच्याङको कपास उत्पादनमा जबरजस्ती श्रम अवस्था- श्रमिकको स्थानान्तरण र अल्छी अल्पसंख्यक जातीय समूहलाई कपास टिप्न प्रोत्साहन शीर्षकको प्रतिवेदनमा यस्तो विषय छः राष्ट्रिय जबरजस्ती श्रमिकको स्थानान्तरण र गरिबी निवारण योजनाबाट सिनच्याङमा लाखौंलाख अल्पसंख्यक जातिय श्रमिकले बाध्यता हातले कपास टिप्नुपर्छ। सिनिच्याङमा ७० प्रतिशत कपास मानिसले टिप्नुपर्छ। सिनच्याङमा कपास टिप्न निरन्तर रूपमा जनशक्तिमा भर पर्छ। तर यो वास्तविकताभन्दा धेरै टाढाको र निराधार रहेको छ।

सन् २०२० मा सिनच्याङको कपास उत्पादन चिनियाँ कपासको उत्पादनमा ८७.३ प्रतिशत पुगेको छ। यो निरन्तर २६ वर्षदेखि चीनको पहिलो स्थानमा रहेको छ। सिनच्याङ कृषि विभागबाट प्रकाशित सन् २०२० को तथ्यङक अनुसार, सिनच्याङको कपास टिप्ने क्षेत्रमा मेकानिकल दर ६९.८३ प्रतिशत पुगेको छ। त्यसमध्ये उत्तरी सिनच्याङमा ९५ प्रतिशत कपास मेशिनबाट टिपिन्छ। उच्च उत्पादनपछाडि कथातथित जबरजस्ती श्रम होइन, उच्च विज्ञान-प्रविधि  र उच्च यान्त्रिकीकरण हो। सिनच्याङमा ७० प्रतिशत कपास मान्छेले टिप्नुपर्ने भनाइ वास्तविकतासँग फरक छ। सिनच्याङको मामिलाबारे सिनच्याङमा बस्ने विभिन्न जातीय जनताले भन्नुपर्छ। किचिट यिमिर सिनच्याङ खुछ शहरको कपासकिसान हुन्। उनले दुई लाख वर्गमिटरमा कपास खेती गर्छन् र वार्षिक आम्दानी १ लाख ५० हजार युआन कमाउँछन्। पहिला उनले कपास टिप्न श्रमिक भाडामा लिएका थिए। तर केही वर्षदेखि उनले मशिनबाट कपास टिप्न थालेका छन्। उनी बुझ्दैनन् - हामी आफ्नो खेतमा आफ्नो कपास भित्र्याएर पैसा कमाउँछौं। यो कसरी जबरजस्ती श्रम भनिन्छ?

 #समाचार सन्दर्भ# सिनच्याङको सेतो कपासलाई कालो बनाउने प्रयासलाई चिनियाँहरूद्वारा अस्वीकार_fororder_src=http___photo.tuchong.com_4603205_f_466027385&refer=http___photo.tuchong

हालैका वर्षहरूयता चीनले धेरै पटक विदेशका विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सिन्च्याङको भ्रमण गर्न निमन्त्रणा गरेको छ। विगत केही वर्षमा १०० वटाभन्दा बढी मुलुकका १२०० जना कुटनीतिज्ञ, पत्रकार, धार्मिक व्यक्तिले सिन्च्याङको भ्रमण गरेका थिए। उनीहरूले भ्रमणमार्फत सिन्च्याङको वास्तविक अवस्थाबारे जानकारी लिएका थिए। आधा वर्षअगाडि सिन्च्याङको भ्रमण गर्नुभएका चीनका लागि साउदी अरेबियाका राजदुत टुर्की एलमादीले अरेबीयाली देशहरूका राजदूतहरूले सिनच्याङको अवस्थाबारे स्पष्ट थाहा पाउने मौका पाएको भन्दै सिनच्याङमा सुन्दर शहर, मैत्रीपूर्ण सर्वसाधारण, राम्रो र आधुनिक आधारभूत प्रबन्ध देखेको बताउनुभयो। उहाँले स्थानीय सरकारले उत्कृष्ट कार्य गरेको पनि उल्लेख गर्नुभयो। त्यसको विपरीत के हो भने सिन्च्याङले धेरै पटकमा चीनका लागि युरोपेली संघका राजदूतहरूलाई सिन्च्याङको भ्रमण गर्न निमन्त्रणा गरेको छ तर उनीहरूले विविध कारण देखाउँदै भ्रमणलाई स्थगित गरेका छन्। मूलभूत कारण उनीहरूले साँच्चै सिन्च्याङ देख्ने साहस नभएको, सिन्च्याङको सामाजिक स्थिर विकास र सर्वसाधारणको सुखमय जीवनले उनीहरूको झुट तोड्ने निश्चित छ। चीनको पुरानो भनाइ छः कानले सुनेको कुरा नक्कली हुन सक्छ तर आँखाले देखेको कुरा साँचो हुन्छ। कहिल्यै सिन्च्याङ नपुगेको र साँच्चै सिन्च्याङबारे जानकारी नलिएको अवस्थामा “जबरजस्ती श्रम” निराधार रुपमा बनाएको तथाकथित “अनुसन्धान प्रतिवेदन” झुट र बदमान मात्र हो।

सिन्च्याङको सेतो कपासलाई बदमान गर्नु हुँदैन। सिन्च्याङको समृद्धि र विकास उपलब्धिलाई विकृत बनाउनु हुँदैन। सिन्च्याङको मानव अधिकार प्रत्याभूति हटाउनु हुँदैन। सिन्च्याङको विभिन्न जातिका जनताले एकतावद्ध रुपमा सुन्दर जीवनको सिर्जनामा गरेको प्रयासलाई अशुद्ध  बनाउनु हुँदैन। दवाव शक्ति थप्नु र बदमान गर्नुले सबै चिनियाँ जनताले मातृभूमिलाई माया गर्ने र उत्साहलाई प्रोत्साहन गर्न सक्नेछन्। राष्ट्रिय मर्यादा र हितलाई हानी पुर्‍याउने जुनसुकै कर्तुत हरेक चिनियाँले अस्वीकार गर्नेछन्।