अमेरिकी र पश्चिमी राजनीतिज्ञको राजनीतिक उपकरण भएमा चीनका लागि विदेशी व्यवसायमा ठूलो क्षति हुने
2021-04-01 20:50:33cri
Share with:

अमेरिकी र पश्चिमी राजनीतिज्ञको राजनीतिक उपकरण भएमा चीनका लागि विदेशी व्यवसायमा ठूलो क्षति हुने_fororder_微信图片_20210401204012

केही दिनयता चिनियाँ सिन्च्याङको व्यापक कपास खेतमा कपास टिप्ने ठूलो यन्त्रले काम गरेको भिडियो ज्यादै लोकप्रिय भएको छ। यो सिन्च्याङको कपास उद्योगमा जबरजस्ती श्रम गरेको भन्ने अफ्वाहको सबैभन्दा बलियो जवाफ हो। सिन्च्याङ कपासको अन्धाधुन्ध विरोध गर्ने व्यवसायले आफ्ना आँखा सफा गरेर अमेरिकी र पश्चिमी चीनविरोधी शक्तिको राजनीतिक उपकरण नबनेको राम्रो हुन्छ।  

व्यापारबाट हेर्दा व्यवसायका लागि सिन्च्याङ कपासको प्रयोग नगर्नु अनुचित तरिका हो। हाल सिन्च्याङ कपासको उत्पादन मात्रा लगभग विश्वको २० प्रतिशत पुगेको छ। त्यसको सट्टामा विकल्प खोज्नु त्यति सजिलो होइन। जनवरीमा अमेरिकाले सिन्च्याङ कपास र सिन्च्याङ कपासबाट उत्पादित सामानको आयात निषेध गरेदेखि विभिन्न अन्तर्राष्ट्रिय मार्काको आपूर्ति श्रृंखलामा धेरै दवाव पारिएको छ।

वास्तवमा सिन्च्याङको लामो-स्टेपल कपासको गुणस्तर विश्वको पहिलो स्थानमा पर्दछ। राम्रो गुणस्तरीय सामान र विश्वको सबैभन्दा ठूलो कपास उपभोक्ता मुलुक भएकाले सिन्च्याङ कपासको बिक्रीमा चिन्ता छैन। सिन्च्याङ कपास प्रतिरोध गरेमा विश्व आपूर्ति श्रृंखलामा अराजकता र कृषि उत्पादनको भाउमा असामान्य उतारचढाव हुने संभावना हुन्छ। यो बजारको स्वस्थ विकासका लागि नकारात्मक हुनुका साथै व्यवसाय आफ्नो आर्थिक फाइदामा क्षति पुर्याउनेछ।

 अमेरिकी र पश्चिमी राजनीतिज्ञको राजनीतिक उपकरण भएमा चीनका लागि विदेशी व्यवसायमा ठूलो क्षति हुने_fororder_微信图片_20210401204019

अर्कातिर विदेशी व्यवसायले झुटको आधारमा सिन्च्याङ कपास प्रतिरोध गर्ने गतिविधिले आफ्नो मार्का र चिनियाँ उपभोक्ताको अनुकूलनता भंग पारेको छ। व्यवसायका लागि यस्तो क्षति अझ गहिरो र दीर्घकालीन हुन्छ। अन्तर्राष्ट्रिय व्यवसायका लागि ठूलो मात्रा र निहित शक्ति रहेको चिनियाँ उपभोग बजारको महत्व भनिराख्नैपर्दैन।

कहाँबाट कच्चा पदार्थ किन्ने भन्ने मामिलामा व्यवसायको स्वतन्त्रता छ तर यदि अज्ञात रूपमा राजनीतिक षडयन्त्रको शिकार बनेमा त्यो ठूलो क्षति हो।

चिनियाँ बजार सधैं नै खुला छ। चीनले विदेशी व्यवसायलाई चीनमा लगानी तथा व्यापार गर्न स्वागत गर्दा विभिन्न व्यवसायलाई राम्रो लगानी वातावरणको सिर्जना गर्दैआएको छ। तर एकातिर चीनमा पैसा कमाउनुका साथै अर्कातिर चीनमाथि हिलो छ्याप्नु, यो पक्कै सैय्य होइन।