अमेरिकाको परम्परागत शैलीले हङकङको समृद्धि तथा विकासलाई रोक्न सक्दैन
2021-04-03 19:10:07cri
Share with:

अमेरिकाको परम्परागत शैलीले हङकङको समृद्धि तथा विकासलाई रोक्न सक्दैन_fororder_锐评香港1

अमेरिकी विदेश मन्त्रालयले काँग्रेससमक्ष तथाकथित “हङकङ नीति कानून” सम्बन्धी प्रतिवेदन पेश गरेर हङकङ मामिलाबारे आरामदायी मूल्याङ्कन गर्नुका साथै हङकङलाई विशेष उपचार नदिने कुरा दोहोर्याएको छ। जसबाट हेर्दा नयाँ अमेरिका सरकारले पहिलेको गलत तरिकालाई निरन्तरता दिँदै चीनको आन्तरिक मामिलामाथि सार्वजनिक रूपमा हस्तक्षेप गरेको छ। चीनले त्यसप्रति कडा असन्तुष्टी तथा विरोध व्यक्त गरेको छ।

अमेरिकाको परम्परागत शैलीले हङकङको समृद्धि तथा विकासलाई रोक्न सक्दैन_fororder_锐评香港2

उक्त प्रतिवेदनले हङकङको उच्च स्वशासन, हङकङवासीको अधिकार, फाइदा तथा स्वतन्त्रता आदि क्षेत्रमा चीनमाथि हिलो छ्यापेको छ। वास्तवमा केही अमेरिकीले हङकङ कार्डको प्रयोग गरेर चीनको विकासलाई रोक्न खोजेका छन्। तर यो प्रयास अवश्य नै असफल हुनेछ। हङकङले हालको विकास उपलब्धि हासिल गरेको कारण विदेशको उपहार र दान होइन, पुस्तौंदेखि हङकङवासीको प्रयास र मातृभूमिको श्रेष्ठता हो। कुनै धम्की वा प्रतिबन्धले हङकङको समृद्धि तथा विकासलाई रोक्न सक्दैन।