#समाचार सन्दर्भ# अमेरिकामा जातीय घृणा कहिले अन्त्य हुने?
2021-04-04 21:08:16CRI
Share with:

मार्च ७ तारिख, ३२ वर्षीय एशियाली चालक शुभाकर खड्काले सामान्य रूपमा उबर गाडी चलाउँदै थिए। उनी आठ वर्षअघि नेपालबाट सानफ्रान्सिस्को राज्यको क्यालिफोर्नियामा बसाई सरेका हुन्। तर आठ वर्षपछिको वर्तमान एसियाली हैसियतका कारण पनि उनलाई अपमान र धम्की दिइएको छ । घटनाको कारण केवल उनले महिला यात्रीलाई मास्क लगाउन अनुरोध गर्नु हो। खड्काका अनुसार, आफू दक्षिण एशियाली भएका हुनाले भेदभाव गरिएको हो। तीनजना यात्रीले उनलाई पशु-जनावर जातिको श्राप दिँदै उनको मोबाइल फोन लुट्नुका साथै मास्क निकालेर उनीमाथि खुर्सानी पानी छ्यापे र कुटे। एकजना महिलाले यदि बन्दुक भए उनलाई मार्ने धम्की पनि दिइन्। हाल एशियालीहरू धेरै हिंसात्मक घटनाका शिकार भएका छन्।

#समाचार सन्दर्भ# अमेरिकामा जातीय घृणा कहिले अन्त्य हुने?_fororder_1

खड्काको अनुभव एक्लो होइन। सडकमा, सबवेमा वा सडकमा उभिएर ट्राफिक बत्ती पर्खिंदै गर्दा विनाकारण कुटपिट हुने सम्भावना हुन्छ। दिनदिनै चिन्ता र डरमा बस्नुपर्छ। यो अमेरिकामा बसोबास गर्ने एशिया-प्रशान्त अमेरिकीहरूको वास्तविक जीवन हो।

अमेरिकी समाजमा पूर्वी एशिया, दक्षिण एशिया र प्रशान्त टापु देशहरूबाट आएका समूहलाई "एशिया-प्रशान्त" अमेरिकीको नाम दिइन्छ। र तीमध्ये अधिकांश चीन, भारत, फिलिपिन्सलगायत देश र क्षेत्रहरूबाट पुगेका हुन्। अनुसन्धानअनुसार, अमेरिकाका विभिन्न क्षेत्रमा बस्ने एसियाली अमेरिकी समूहहरुलाई विविध किसिमको जातिय भेदभाव गरिन्छ।  क्यालिफोर्निया विश्वविद्यालय अन्तर्गत हेट एण्ड चरमपन्थी अध्ययन केन्द्रबाट प्रकाशित प्रतिवेदन अनुसार, सन् २०२०मा अमेरिकाका १६ ठूला शहरमा एसियाली-अमेरिकीविरुद्ध घृणित अपराध १४९ प्रतिशतले वृद्धि भएको छ। स्टोप एएपीआई हेट नामक संगठनको तथ्याङ्कका अनुसार, सन् २०२० मार्च १९देखि २०२१फेब्रुअरी २८ तारिखसम्म अमेरिकामा ३ हजार ७ सय ९५ एसियाली-अमेरिकी विरुद्ध आक्रमण भएको छ। यो संख्या अघिल्लो वर्षको तुलनामा १,००० भन्दा बढी छ।

#समाचार सन्दर्भ# अमेरिकामा जातीय घृणा कहिले अन्त्य हुने?_fororder_3

किन अमेरिकीहरूले एशियाली-अमेरिकीलाई यति घृणा गर्छन्?

अमेरिकी ह्वाइट हाउसका प्रवक्ता जेन साकीले मार्च १७ तारिख अन्तर्वार्ता दिंदै एशियाली अमेरिकीहरू विरुद्ध घृणाको कारण पूर्व अमेरिकी राष्ट्रपतिको गलत भनाइ रहेको कुरा बताए।

तर वास्तवमा महामारी र भूतपूर्व सरकारको भनाइ र गतिविधि एशियालीहरू विरूद्ध जातीय भेदभावलाई गम्भीर पार्ने फ्यूजन मात्रै हो। अमेरिकामा एशियालीविरुद्ध जातीय भेदभावको लामो इतिहास छ।

१९ औं शताब्दीदेखि, राजनीतिज्ञ र मिडियाको प्रचार-प्रसारमा एशियालीहरूलाई "पहेंलो जोखिम"को रूपमा र गोरा अमेरिकीहरूका लागि जातीय, आर्थिक र रोगको खतराको रूपमा मानियो।

#समाचार सन्दर्भ# अमेरिकामा जातीय घृणा कहिले अन्त्य हुने?_fororder_2

यद्यपि एशियाली अमेरिकीहरूले अमेरिकी समाजमा धेरै योगदान पुर्‍याए तापनि गोरा अमेरिकी पत्रकार र राजनीतिज्ञ अझै पनि उनीहरुलाई " आज्ञाकारी, सहिष्णु र राजनैतिक अभिव्यक्ति विहीन भन्नेखालको लेबल लगाइरहेका हुन्छन्। उनीहरूले एशियालीहरुको परिश्रमी गुणको प्रयोग गरेर अन्य अल्पसंख्यक समूहसँगको झगडालाई तीव्र पारेका छन्।

सारांशमा भन्नुपर्दा, अहिलेको एशियाली अमेरिकीहरूले सामना गरिरहेको घृणा र अस्वीकृति समस्या अमेरिकी समाजमा गहिरो "गोरो प्रथम" विचारबाट र अमेरिकी राजनीतिज्ञ र केही मिडियाको दीर्घकालीन उक्साइबाट आएको हो।

जातीवाद अमेरिकी समाजको दीर्घकालीन समस्या हो। हालसालै एशियाली अमेरिकीहरू धेरै ठाउँमा वा सामाजिक सञ्जालमा एशियाली विरूद्धको विभेद रोक्न आह्वान गरेका छन्।  तर अमेरिकी सरकारले स्वदेशमा चर्कंदै  जातिवाद र जातिय भेदभावको वेवास्ता गरेर जातीय मानव अधिकारको झण्डा उठाएर अन्य मुलुकको पर्यवेक्षण र हस्तक्षेपमा मात्रै प्रयास गरिरहेको छ।

भेदभाव र दवावले एसियाली अमेरिकीहरूलाई अझ एकीकृत पार्नुका साथै अमेरिकी राजनीतिज्ञको "दोहोरो मापदण्ड" र भयावह स्वरूपलाई अझ स्पष्ट पार्नेछ। अमेरिकालाई छिटै आफ्नै जातिय भेदभाव समस्याको उचित विचार गरेर जातीय घृणा चाँडै अन्त पार्ने आशा छ!