गरिबी निवारणबाट चीनद्वारा मानव अधिकारमा उत्कृष्ट वास्तविकता प्रदर्शन
2021-04-07 17:25:21cri
Share with:

गरिबी निवारणबाट चीनद्वारा मानव अधिकारमा उत्कृष्ट वास्तविकता प्रदर्शन_fororder_TIM图片20210407160617

गरिबी निवारणबाट चीनद्वारा मानव अधिकारमा उत्कृष्ट वास्तविकता प्रदर्शन_fororder_TIM图片20210407160552

चीन सरकारले अप्रिल ६ तारिख गरिबी न्युनीकरणमा चिनियाँ अभ्यास श्वेत पत्र जारी गरेको छ। सो श्वेत पत्रले ठोस तथ्याङ्क र उदाहरणमार्फत बितेका एक सय वर्षयता चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनताको नेतृत्व गर्दै गरिबी निवारण गरेको असामान्य प्रक्रियाको पुन:सिंहावलोकन गर्नुका साथै चीनको गरिबी निवारण सम्बन्धी उपयुक्त अनुभव र कदमको पनि निचोड निकालेको छ। केही विश्लेषकका अनुसार, चीनले गरिबी निवारण गरेको कुरा विश्वको सबैभन्दा बिशाल मानव अधिकार परियोजना हुनुका साथै मानव अधिकारका लागि सबैभन्दा राम्रो वास्तविकता पनि हो।

गरिबी निवारणबाट चीनद्वारा मानव अधिकारमा उत्कृष्ट वास्तविकता प्रदर्शन_fororder_TIM图片20210407160614

चीनका लागि गरिबी निवारण सामाजिक र आर्थिक विकासको प्रक्रियामा प्राप्त ऐतिहासिक उपलब्धि मात्र नभई मानव अधिकारको संरक्षणका लागि सबैभन्दा राम्रो वास्तविकता पनि हो। चीनले निर्धारित योजनाभन्दा १० वर्ष अगावै संयुक्त राष्ट्र संघको सन् २०३० दिगो विकास कार्यसुचीमा उल्लिखित गरिबी निवारण लक्ष्यलाई साकार तुल्याएर विश्वको लगभग ५ खण्डको १ खण्डका जनसंख्यालाई शान्ति, स्वतन्त्रता र सुखमय जीवन बिताउन प्रत्याभूति प्रदान गरेको कुरा नै विश्व मानव अधिकार कार्यका लागि महत्वपूर्ण योगदान पनि हो।