वु हानको रमाइलो वातावरणद्वारा चीनको उत्तरदायि गतिबिधिको साक्षी
2021-04-08 19:02:22cri
Share with:

वु हानको रमाइलो वातावरणद्वारा चीनको उत्तरदायि गतिबिधिको साक्षी_fororder_TIM图片20210408184240

वसन्त ऋतुमा धेरै पर्यटकहरु चीनको वुहान शहरमा चेरी फूलको दृश्य हेर्न आएका छन्। यतिबेला वुहानका विभिन्न सडकमा मानिसहरुको भिड लागेको छ। वुहान शहरको द्योतक ह्वाङ ह भवनको रात्रिकालीन दृश्य रंगीचंगी बनेको छ। विदेशी सञ्चार माध्यमहरुले विगत एक वर्षदेखि वुहानको पुन:उत्थानको गति निकै छिटो रहेको दाबी गरेका छन्।

सन् २०२० को अप्रिल ८ तारिख वु हानले ७६ दिन लामो लकडाउनबाट मुक्ति पाएर आर्थिक र सामाजिक विकासमा गति बढाएको थियो। सन् २०२० मा वुहान महामारीको प्रभावलाई नियन्त्रण गरी कूल आर्थिक मात्रा चीनका शहरहरुमध्ये अघिल्लो दश स्थानमा पुगेको छ।

वु हानको रमाइलो वातावरणद्वारा चीनको उत्तरदायि गतिबिधिको साक्षी_fororder_TIM图片20210408184245

एक वर्षभित्र वुहानको गतिशील पुन:उत्थानले एक वर्षअघि चीन सरकारले शहर बन्द गर्ने निर्णय उचित रहेको छ र महामारी फैलावटलाई रोक्न सो निर्णय बुद्धितापूर्ण रहेको प्रमाणित भएको छ। विगत एक वर्षयता वुहानको विकास विश्वले चीनको अवलोकन गर्ने एउटा झ्याल बनेको छ, जसबाट चीनमा महामारीको प्रभावकारी नियन्त्रण भएर पुन:उत्पादन भएको मात्र नभई विश्वको महामारीको प्रतिरोध र आर्थिक पुन:उत्थानका लागि चीनको विशाल प्रयास विश्वले देखेको छ।

वास्तवमा अमेरिका लगायत केही पश्चिमी मुलुकका कूटनीतिज्ञहरुले चीनमाथि छ्यापेको हिलो चौतर्फी रुपमा हराएको छ। जिम्मेवार चीनले विश्वको महामारीको प्रतिरोध र आर्थिक पुन:उत्थानका लागि अरु बढी प्रेरक शक्ति थप्ने छ।