दक्षिण चिनियाँ सागर अमेरिकाले प्रभुत्ववाद देखाउने प्रतिस्पर्धात्मक स्थल होइन
2021-04-09 20:44:15cri
Share with:

दक्षिण चिनियाँ सागर अमेरिकाले प्रभुत्ववाद देखाउने प्रतिस्पर्धात्मक स्थल होइन_fororder_TIM图片20210409195931

अमेरिकी नौ सेनाको “रुजभेल्ट” विमानवाहकले अप्रिल ७ तारिख दक्षिण चिनियाँ सागरमा संयुक्त सैनिक अभ्यास सम्पन्न गरेको छ। चालु वर्षमा “रुजभेल्ट” विमानवाहकले दक्षिण चिनियाँ सागरमा प्रवेश गरेको यो तेस्रो पटक हो, जसबाट दक्षिण चिनियाँ सागरको सबैभन्दा ठूलो त्रास-धम्की अमेरिका बनिसकेको प्रमाणित भएको छ।

दक्षिण चिनियाँ सागर अमेरिकाले प्रभुत्ववाद देखाउने प्रतिस्पर्धात्मक स्थल होइन_fororder_TIM图片20210409195942

अमेरिकाको प्रभूत्ववादी नक्सामा दक्षिण चिनियाँ सागर एसिया प्रशान्त क्षेत्रमा अमेरिकाको निर्देशक भूमिका खेल्ने निर्णायक सागरीय क्षेत्र र चीनको विकासलाई रोक्ने महत्वपूर्ण क्षेत्र पनि हो। तथापि वर्तमान परिस्थितिबाट हेर्दा अमेरिकाले दक्षिण चिनियाँ सागरलाई उथलपूथल बनाउन सक्दैन। किनभने अमेरिकाको यस्तो गतिबिधिले यस क्षेत्रका मुलुकहरुले शान्तिको संरक्षण गरी संयुक्त विकास गर्ने इच्छा विपरीत हुन्छ। सन् २०२० देखि विश्वमा फैलिएको महामारीको सामु चीन र आशियानले कठिनाइलाई जिताका थिए र यो सहयोग विश्वको नमूना बनेको थियो।

अहिले चीन र आशियानका मुलुकहरुको संयुक्त प्रयासमा दक्षिण चिनियाँ सागरको स्थिति स्थिर छ। दुवै पक्षले दक्षिण चिनियाँ सागर सम्बन्धी मामिलाको सहयोगलाई सबल पारी “दक्षिण चिनियाँ सागर सम्बन्धी मापदण्ड”बारे छलफललाई गतिशील पारिरहेका छन्।  दक्षिण चिनियाँ सागर अमेरिकाले प्रभुत्ववाद देखाउने प्रतिस्पर्धात्मक स्थल होइन, अमेरिकाको यस्तो गतिबिधिले यस क्षेत्रका मुलुकहरुले शान्ति र विकासलाई अघि बढाउने अठोट र प्रयासलाई ध्वस्त पार्न सक्दैन।