#समाचार सन्दर्भ#अमेरिकाको प्रमुख धम्की अमेरिका आफैँ हो#चीनअमेरिकासम्बन्ध
2021-04-15 20:54:28CRI
Share with:

#समाचार सन्दर्भ#अमेरिकाको प्रमुख धम्की अमेरिका आफैँ हो#चीनअमेरिकासम्बन्ध_fororder_01

स्थानीय समयअनुसार, अप्रिल १३ तारिख अमेरिकी राष्ट्रिय जासुस विभागको कार्यालयले सन् २०२१ वार्षिक चुनौती मूल्याङ्कन प्रतिवेदन प्रकाशित गरी चीन-अमेरिका राष्ट्रिय सुरक्षाको प्रमुख धम्की हो भन्ने कुरा घोषणा गरेको छ। प्रतिवेदनले चीन अमेरिकासँग बराबर प्रतिष्पर्धी बन्दैछ र विश्व व्यवस्था बदलेर विश्वको प्रभुत्व गर्न खोजिरहेको उल्लेख गरेको छ। चीनबाहेक रूसले पनि अमेरिकाको राष्ट्रिय सुरक्षालाई धम्की दिएको प्रतिवेदनले प्रकट गरेको छ साथै इरान र उत्तर कोरियाबारे पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।

अमेरिका त अमेरिका नै हो। उक्त प्रतिवेदनको नामबाट सम्पूर्ण प्रभुत्ववाद देखिएको छ। जसबाट अमेरिकाले विश्वको अधिराज्यको रूपमा विश्वलाई जाँच गरेको स्पष्ट देखिएको छ र अमेरिकालाई समर्थन नदिएमा अमेरिकाको धम्की र शत्रु बनेको देखिएको छ। तर तथ्य कसो हो त?

सन् १९७४मा तङ स्याउफिङले संयुक्त राष्ट्र संघ महासभामा विश्वसमक्ष घोषणा गर्नुभएको थियो कि चीन कहिल्यै पनि अधिराज्यवादी वा सुपर पावर मुलुक बन्ने छैन। राष्ट्राध्यक्ष सी चिनफिङले पनि विभिन्न अवसरमा दोहोर्याउनुभयो कि कस्तै विकसित भए पनि चीन प्रभुत्ववादी बन्ने छैन। चीनले प्रस्तुत गरिरहेको त संयुक्त परामर्श, रचना, शेयर गर्ने विश्व शासन अवधारणा र खुला विश्व अर्थतन्त्रको रचनाको विचार हो। त्यो आधारमा चीनले वेल्ट एन्ड रोड इनिशिएटिभ प्रस्तुत गरेको छ र आरसीइपीमा संलग्न भएको छ। कोभिड-१९ महामारी फैलिएयता विश्वको अर्थतन्त्रमाथि ठूलो प्रभाव परेको छ। १३ तारिख चीनको भन्सार प्राधिकरणले सन् २०२१ पहिलो त्रैमासिकमा चीनको वैदेशिक व्यापारको आयात-निर्यात तथ्याङ्क सार्वजनिक गरेअनुसार, वेल्ट एन्ड रोड वरिपरिका मुलुक र आरसीइपी सदस्यसँग चीनको आयात-निर्यात मात्रा छुट्टा छुट्टै गरी २१.४ प्रतिशत र २२.९ प्रतिशत वृद्धि भएको छ। चीनको अन्तर्राष्ट्रिय व्यापार प्रतिष्ठानको विशेषज्ञ समितिका उप-प्रमुख लीयुङले भन्नुभए झैँ विश्व आपूर्ति श्रृंखला महामारीबाट प्रभावित भएसँगै त्यसले विश्व व्यापारको पुनरूत्थानलाई महत्वपूर्ण योगदान गरेको छ।

यसअघि चीनले एउटा ठूलो उपलब्धि हासिल गरेको छ। चीनको गरिबी निवारण कार्यक्रमको पूर्ण विजय प्राप्त भएको छ। जसले मानव जातिको गरिबी निवारण इतिहासको चमत्कार बनाउनुका साथै विश्व गरिबी निवारण कार्यक्रमलाई ठूलो विश्वास प्रदान गरेको छ। स्पेनको राष्ट्रिय समाचार पत्रको वेभसाइटले लेख प्रकाशित गरी सन् २०२० महामारी फैलिए पनि चीनले संयुक्त राष्ट्र संघको सन् २०३०को लक्ष्यभन्दा दश वर्षअगाडि नै पूरा गरेको छ। लेखले भनेको छ कि विगत दशौँ वर्षमा विश्वको गरिबीको संख्या ७० प्रतिशत घटेको छ ती उल्लेखनीय उपलब्धि पाउन ७० करोड चिनियाँ गरिबीको निवारणको सफलतालाई छुटाउन सकिँदैन।

#समाचार सन्दर्भ#अमेरिकाको प्रमुख धम्की अमेरिका आफैँ हो#चीनअमेरिकासम्बन्ध_fororder_02

स्पष्ट देखिन्छ कि चीनको विकास शान्तिपूर्ण छ, विकासको उपलब्धि साझा हो, तथाकथित प्रभुत्व अवस्थित होइन। पहिला यस्तो थियो, भविष्यमा पनि यस्तो भइरहनेछ। बेलायती नामी विद्वान मार्टिन याकले भन्नुभएको झैँ चीनसँग प्रभुत्ववादी जीन छैन।

तर अमेरिका नि?

ग्लोबलाइजेशन गहिरो भएसँगै विभिन्न मुलुकबीचको सम्पर्क पनि घनिष्ठ भइरहेको छ त्यसैले विभिन्न अन्तर्राष्ट्रिय संगठन स्थापना भएका छन्। जसबाट विभिन्न मुलुकको साँच्चिकै चाहना देखिएको छ साथै विश्व विकासको अपरिहार्य दिशा पनि हो। तीमध्ये अमेरिकाको गतिविधि निकै विशेष देखिन्छ। तथ्याङ्क अनुसार, सन् २०२१सम्म अमेरिका अघिपछि गरी १७ वटा संगठन वा सन्धिबाट अलगिएको छ। विशेष गरी ट्रम्प आएपछि अमेरिका अन्तर्राष्ट्रिय व्यापार, जलवायु, मानवअधिकारलगायत क्षेत्रका १० वटा संगठनबाट बाहिरिएको छ। सन् २०२० विश्वमा महामारी फैलिएको र अन्तर्राष्ट्रिय समूहसमक्ष सहयोग गरी महामारी नियन्त्रण गर्न निकै आवश्यक परेको अवस्थामा अमेरिकाले अमेरिकाको सुधार चाहना पूरा नभएको निहुँमा विश्व स्वास्थ्य संगठनलाई छोडेको थियो। विश्वलाई निकै अचम्म लागेको छ। जसबाट अमेरिकाले जिम्मेवारीको भावना नदेखाएको साथै एकपक्षीयतावादमा अडिग रहेकोले अमेरिकाको प्रभुत्ववादी विचार स्पष्ट रूपमा देखिएको छ।

संगठनबाट बाहिरिनु त अमेरिकाले विश्वसँग शान्त लडाइँ गरेको हो भन्यो भने अमेरिकाको इतिहास हेरेपछि सशस्त्र लडाइँ नै अमेरिकाको दैनिक जीवन जस्तो लाग्छ। जसको कारण आफ्नो प्रभुत्व अरूको हातमा सर्न नदिने हो। सूचना अनुसार, अमेरिका स्थापना भएको लगभग २५० इतिहासमा १६ वर्ष मात्रै युद्ध भएको छैन भने विश्वको सबभन्दा आक्रामक मुलुक भन्न मिल्छ। संयुक्त राष्ट्र संघका १९०भन्दा बढी सदस्य मुलुकमध्ये ३ वटा मुलुकले मात्रै अमेरिकासँग युद्ध गरेका छैनन् वा अमेरिकाको हस्तक्षेप व्यहोर्नुपरेको छैन। कति अचम्म लाग्दो कुरा छ। अमेरिका सबैको नोक्सानीका रूपमा प्रभुत्ववादी विचारधारामा अडिग रहिरहेको छ।

#समाचार सन्दर्भ#अमेरिकाको प्रमुख धम्की अमेरिका आफैँ हो#चीनअमेरिकासम्बन्ध_fororder_03

एकातिर विश्वलाई धम्की दिन्छ अर्कातिर आफूलाई विश्वले दिएको धम्की प्रतिवेदनको प्रकाशित गर्छ भन्ने त्यो अमेरिकी शैली हो। तर डाकू तर्क आधारित अमेरिकाले विकसित हुँदै गएको चीनले किन अमेरिकालाई धम्की नदिने र विश्वमा प्रभुत्व नगर्नेबारे बुझ्न गाह्रो होला। तापनि ग्लोबलाइजेशनसमक्ष अमेरिकाले बुझ्नुपर्छ साथै परिवर्तन गर्नुपर्छ। नत्र अमेरिका आफ्नो प्रमुख धम्की बन्नेछ र आफैँलाई नष्ट गर्नेछ।