अरू मुलुकमाथि हस्तक्षेप गर्ने अमेरिकी समस्याको समाधान हुन आवश्यक#चीनअमेरिकासम्बन्ध
2021-04-16 17:17:59cri
Share with:

अरू मुलुकमाथि हस्तक्षेप गर्ने अमेरिकी समस्याको समाधान हुन आवश्यक#चीनअमेरिकासम्बन्ध_fororder_QQ图片20210416171619

अमेरिका र इरानले सन् २०१५ मा हस्ताक्षरित इरान आणविक सम्झौता पुनःसुरू गर्न १५ तारिख अस्ट्रियाको भियनामा अप्रत्यक्ष वार्ता थालेका छन्। १४ तारिख इरानका शीर्ष नेता खामेनीले स्पष्ट रूपमा प्रकट गर्नुभयो कि इरान आणविक सम्झौता पुनःसुरू गर्नुअघि अमेरिकाले इरानलाई लगाएको प्रतिबन्ध खुलाउनुपर्छ।

इरान नै अमेरिकी हस्तक्षेपले शिकार भएकामध्येको एक हो। हाभर्ड विश्वविद्यालयका प्राध्यापक जोसेफ नाइले लेख प्रकाशित गरी दोस्रो विश्व युद्धपछिका ७० वर्षभन्दा लामो समयमा अमेरिकाले अरू देशमाथि हस्तक्षेप गरिरहेको उल्लेख गर्नुभयो। सैन्य आक्रमण, प्रतिबन्ध, दंगा उत्तेजना  गरेबाट आफ्नै प्रभुत्ववादको संरक्षण गर्न अमेरिकाले हस्तक्षेप चलाइरहेको प्राध्यापक जोसेफ नाइले बताउनुभयो।

अरू मुलुकमाथि हस्तक्षेप गर्ने अमेरिकी समस्याको समाधान हुन आवश्यक#चीनअमेरिकासम्बन्ध_fororder_QQ图片20210416171627

अमेरिकाले अफ्गानिस्तान, इराक, लिबिया, सिरियालगायत मुलुकमा युद्ध मच्चायो, एशिया तथा अफ्रिकामा तथाकथित अरब वसन्त गतिविधि तयार गर्यो, युरोप तथा एशियामा रंग क्रान्तिको निर्देशन गर्यो, इरान, क्युबा, भेनेजुएला, चीनलगायत मुलुकमा हस्तक्षेप गर्यो। अमेरिकाका ती गतिविधिले विश्वमा दंगा मच्चाएको छ।

वास्तवमा अरूमाथि हस्तक्षेप गरेबाट अमेरिका आफूलाई प्रभावशाली भएको ठान्दछ। जस्तो भनौँ, केही वर्षयता अमेरिकाले ल्याटिन अमेरिकाको आन्तरिक मामिलामा हस्तक्षेप गरेबाट अमेरिकामा मध्य अमेरिकी अध्यागमन समस्याहरू देखिए। युरोप र अमेरिकामा देखिएका आतंकवादी गतिविधिहरू नै अमेरिकाको हस्तक्षेपसँग प्रत्यक्ष रूपमा सम्बन्धित छन्।

अरू देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्नु नै संयुक्त राष्ट्र संघीय बडापत्रको आधारभूत नियम हो साथै अन्तर्राष्ट्रिय स्वयंसिद्ध सत्य पनि हो। अमेरिकाको मूल्य अन्तर्राष्ट्रिय मूल्य पनि होइन, अमेरिकाले तोकेको नियम अन्तर्राष्ट्रिय नियम पनि होइन। अरू मुलुकमाथि हस्तक्षेप गर्ने अमेरिकाको बानी सुधार हुनु  आवश्यक छ।