एशियाली विकासको निहित शक्तिलाई उत्तेजित पार्ने पद्धति #समाचार सन्दर्भ
2021-04-16 16:20:07CRI
Share with:

एशियाली विकासको निहित शक्तिलाई उत्तेजित पार्ने पद्धति #समाचार सन्दर्भ_fororder_0416NHP-1

अहिले नेपाली व्यापारी बस्नेत नेपाली जडीबुटीको निर्यातमा व्यस्त छन्। हरेक वर्ष उनको जडीबुटीको व्यापारमा संलग्न रकम २.५ लाख अमेरिकी डलरभन्दा बढी छ र ठूलो नाफा पाइएको छ। पहिले नेपालबाट चीनको मुख्य भूमिसम्म पुरानो सामान ढुवानी तरिकाबाट लगभग ३ महिनासम्म लाग्ने गर्दथ्यो। आजआएर दक्षिण एशिया राजमार्ग-रेलमार्ग जोडिने अन्तर्राष्ट्रिय मालवाहक रेल ‘लानचौ’ बाट ७ दिन मात्र लाग्छ जसबाट मालवाहक ढुवानीको समय तथा खर्चको ठूलो मात्रामा वचत भएको छ। यसकारण बस्नेत निकै खुशी छन्।

विश्व अर्थतन्त्रमा दोस्रो ठूलो आर्थिक समूह चीनको भूमिकाबाट ल्याइएको एकीकरण प्रभाव तथा विकेन्द्रीकरण प्रभावको स्तरोन्नतिले बस्नेतको अन्तर्राष्ट्रिय व्यापार लाभान्वित भएको हो। विश्वको पूंजी, प्रविधि तथा दक्ष व्यक्तिको द्रुत एकत्रीकरण गरिएको चीनबाट वरिपरिका क्षेत्रहरूमा प्रभावको विस्तार गर्न सकिन्छ।

‘सिल्क रोड आर्थिक बेल्ट’ तथा ‘२१औं शताब्दी समुद्री सिल्क रोड’ बीच अवस्थित दक्षिण एशियासँग अद्वितीय भौगोलिक विशेषता तथा विकासको ठूलो निहित शक्ति छ। तर दक्षिण एशियाको विकास निहित शक्तिलाई कसरी उत्तेजित पार्छ त? चीनबाट प्रस्तुत बेल्ट एण्ड रोड प्रस्तावबाट केही विचार पाउन सकिन्छ।

एशियाली विकासको निहित शक्तिलाई उत्तेजित पार्ने पद्धति #समाचार सन्दर्भ_fororder_0416NHP-2

वैदेशिक आर्थिक व्यापार विश्वविद्यालयका प्राध्यापक छ्वी फानले औंल्याएका छन्- चीनको खुलापन पश्चिमी भागमा केन्द्रीत भइरहेको छ। भरखरै सार्वजनिक गरिएको सन् २०२१ को पहिलो त्रैमासिक अवधिमा चीनको आर्थिक तथ्याङ्कबाट प्रष्ट्याइएको छ। चीनको भन्सारले अप्रिल १३ तारिख सार्वजनिक गरेको तथ्याङ्क बमोजिम, पहिलो त्रैमासिक अवधिमा चीनको आयात-निर्यातमा संलग्न कूल रकम ८४.७ खरब चिनियाँ युआन पुगेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा २९.२ प्रतिशतले वृद्धि भएको छ। तीमध्ये चीनको मध्य तथा पश्चिमी भाग निकै सक्रिय भएको छ जसबाट वैदेशिक व्यापारमा संलग्न रकम १५ खरब चिनियाँ युआन पुगेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ४५.१ प्रतिशतले वृद्धि भएको छ र सोही अवधिमा चीनको वैदेशिक व्यापारको कूल वृद्धि दर भन्दा १५.९ प्रतिशतले बढी भएको छ।

एशियाली विकासको निहित शक्तिलाई उत्तेजित पार्ने पद्धति #समाचार सन्दर्भ_fororder_0416NHP-4

चीनको बाह्य खुलापन चीनको मध्य तथा पश्चिमी भागतर्फ बढाइरहेको छ साथसाथै चीन र “बेल्ट एण्ड रोड” मा आबद्ध मुलुकहरूबीचको व्यापार अझै घनिष्ठ बन्दै छ। चालू वर्षको पहिलो त्रैमासिक अवधिमा “बेल्ट एण्ड रोड” मा आबद्ध मुलुकहरूसँग चीनको आयात-निर्यात रकममा २१.४ प्रतिशत वृद्धि भएको छ। तीमध्ये आशियानसँग चीनको आयात-निर्यात रकमले चीनको वैदेशिक व्यापारको आयात-निर्यात कुल रकमको १४.७ प्रतिशत भाग ओगटेको छ। आशियान सधैं नै चीनको पहिलो ठूलो व्यापारिक साझेदारको स्थानमा रहेको छ। अन्तर्राष्ट्रिय व्यापारमा राम्रो उपलब्धि हासिल गरेको कारण चीन र आशियान मुलुकहरूले संयुक्त रुपमा खडा गरेको नयाँ पश्चिमी भूमि र समुद्र करिडोरबाट फैलिने प्रभाव देखिएको छ। यो नयाँ करिडोरले “बेल्ट एण्ड रोड” मा आबद्ध मुलुकहरूलाई चीनको मध्य, पश्चिम र पूर्वको विशाल बजारमा जोड्नुका साथ‍ ती मुलुकहरूको बजार र प्रभावलाई एशिया प्रशान्त आर्थिक समूह, यूरोपेली आर्थिक समूह, अफ्रिका र अमेरिकाको विभिन्न क्षेत्रतर्फ लैजाने छ।

एशियाली विकासको निहित शक्तिलाई उत्तेजित पार्ने पद्धति #समाचार सन्दर्भ_fororder_0416NHP-5

वास्तवमा दक्षिण एशियाली मुलुकहरूमध्ये केही मुलुकहरू “बेल्ट एण्ड रोड” चौतारोमार्फत चीनको ठूलो बजारसँग जोडेका छन् र चीनको बजारबाट लाभान्वित भएका छन्। श्रीलंका र भारतको उदाहरण लिउँ, सन् २०२० मा चीनले चिया आयात गर्ने अघिल्ला तीन मुलुकमा श्रीलंका पहिलो स्थानमा रहेको छ र आयात रकम ४६ करोड चिनियाँ युआन पुगेको छ। यसै गरी, भारत तेस्रो स्थानमा रहेको छ र आयात रकम २० करोड चिनियाँ युआन पुगेको छ। यसबाहेक, हालैका वर्षहरूमा चीन-पाकिस्तान आर्थिक करिडोरमार्फत् पाकिस्तानको ग्वाडार बन्दरगाहबाट चीनको सिन्च्याङको खा शको हुङ छि ला भु नाकासम्म केही दिनभित्रै छिमेकी मुलुक पाकिस्तानको समुद्री खाना चिनियाँ सर्वसाधारणको भोजन टेबुलमा पाउनसकिन्छ।

दक्षिण एशिया क्षेत्र चीनको‘बेल्ट एण्ड रोड’प्रस्ताव अघि सारिने महत्वपूर्ण क्षेत्र हो। अन्तर हिमालय क्षेत्रका नेपाल, भुटान तथा उत्तर भारतका लागि चीनको विकास गाडीमा चढेर चीनको विकसित उपलब्धि शेयर गर्ने स्प्रिंगबोर्ड चीनको तिब्बतमा राखिएको छ। तिब्बत चीनले दक्षिण एशिया तर्फ खुला गरेको महत्वपूर्ण गल्ली हो।《तिब्बत चौथौं पञ्च वर्षीय योजना तथा सन् २०३५ सम्म दीर्घकालीन उद्देश्य》मा दक्षिण एशियातर्फ खुला गर्ने गल्लीको स्थापना गर्ने माग राखिएको छ। तिब्बत-दक्षिण एशिया विशाल गल्लीको निर्माणमार्फत चीन नेपाल अन्तर्देशीय आर्थिक सहयोग क्षेत्र तथा व्यापार प्रयोगात्मक क्षेत्रको निर्माणलाई अघि सार्ने, सक्रिय रूपमा‘हिमालय वारपार’आर्थिक सहयोग बेल्ट, पठारभूमि सिल्क रोड, गाङदिस अन्तर्राष्ट्रिय पर्यटन सहयोग क्षेत्र तथा अन्तर हिमालय सम्पर्क र सञ्जालको निर्माणलाई पनि अघि बढाउने छ।

एशियाली विकासको निहित शक्तिलाई उत्तेजित पार्ने पद्धति #समाचार सन्दर्भ_fororder_0416NHP-3

लेखको आरम्भमा चर्चा गरिएको नेपाली जडीबुटी व्यापारी बस्नेतले चढेको मालसामान ढुवानी रेल‘नम्बर लानचौ’चीनले संचालन गरेका दुईटा नेपाल जाने राजमार्ग रेलवै संयुक्त ढुवानी अन्तर्राष्ट्रिय रेल मध्येको एक हो। चीनको लानचौदेखि सिगाचे पार गरी काठमाडौंसम्मको‘नम्बर लानचौ’सन् २०१६ मै महिनामा संचालन आएदेखि अहिलेसम्म लगभग ३०८ वटा रेल संचालन गरिसकेको छ र यसमा संलग्न व्यापारिक रकम ४ अर्ब चिनियाँ युआन बराबर छ। यसका साथै तिब्बतमा निर्माण हुँदै गरेको सिगाचेदेखि चिलौङसम्मको रेलमार्ग सन् २०२२ मा संचालन हुने छ। संचालनपछि मालसामान ढुवानीको लागत र समय अझ घट्ने छ। चौथौं पञ्च वर्षीय योजनाको अवधिमा तिब्बतले अझ सक्रिय खुलापन नीति लागू गरी भित्रतिर चीनको नयाँ पश्चिमी भूमि र समुद्र करिडोरसँग जोड्न तथा त्यति बेला चीनको विशाल बजारलाई जोड्नका लागि साथै चीनमार्फत एशिया प्रशान्त तथा युरोपेली बजारलाई जोड्न पनि दक्षिण एशिया मुलुकलाई अझ बढी मौका र सुविधाको प्रदान गर्ने छ।

सन् २०२१ अप्रिल १८ देखि २१ सम्म पोआउ एशिया मञ्च सन् २०२१ को वार्षिक सम्मेलन हाइनानमा आयोजना हुँदै छ। यस वर्षको सम्मेलनको ‘विश्व ठूलो परिवर्तनको अवस्थाः विश्व शासनको अनुभव शेयर गर्ने, बेल्ट एण्ट रोडमार्फत विकास गर्ने’ शीर्षक राखिएको छ। यस वर्षको मञ्चमा दक्षिण एशिया तथा बेल्ट एण्ट रोड वरिपरिका मुलुकलाई के के नयाँ विचार र मौका प्रदान गरिने छ? हामी हेरौं।