जलवायु परिवर्तनको सामना नै भू-राजनीतिक कार्ड नहोस् #मानवजातिकोसाझाभाग्यसमुदाय
2021-04-18 16:18:51cri
Share with:

जलवायु परिवर्तनको सामना नै भू-राजनीतिक कार्ड नहोस् #मानवजातिकोसाझाभाग्यसमुदाय_fororder_IMG_0805(20210418-161658).JPG

हाल चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीन-फ्रान्स-जर्मनी नेताबीच शिखर भिडियो सम्मेलनमा बोल्दै जलवायु परिवर्तनको सामना गर्नु नै सारा मानवजातिको साझा कार्य हो र भू-राजनीतिक कार्ड होइन, भन्ने दोहोर्याउनुभयो।

विगत केही वर्षदेखि एकपक्षीयतावाद, महामारीलाई राजनीतिक रूपमा बनाउने लगायत तर्कहीन गतिविधिले विश्वमा विभिन्न दंगा र दुर्भाग्य निम्त्याएको छ। जलवायु परिवर्तनको सामना गर्ने मानवजातिको दीगो विकास विषयमा अन्तर्राष्ट्रिय समूह विशेष गरी पश्चिमा मुलुकले सिक्न नसकेमा विनाशकारी परिणति देखिनेछ।

भाग्यको कुरा के हो भने केही ठूला मुलुकका नेताले प्रशंसनीय साहस र रणनीतिक दृष्टि देखाएका छन्।
चीन-फ्रान्स-जर्मनी नेताबीचको भिडियो शिखर सम्मेलनमा राष्ट्राध्यक्ष सी चिनफिङ, राष्ट्रपति इम्मानुअल माक्रोन, चान्सलर एन्गेला मर्केलबीच सहमति भएको छ कि बहुपक्षीयतावादमा अडिग रहने, पेरिस सन्धिलाई चौतर्फी रूपमा व्यवहारमा उतार्ने, न्यायिक, निष्पक्ष, सहयोगी, साझा फाइदायुक्त विश्व जलवायु प्रशासन प्रणालीको संयुक्त रूपमा रचना गर्ने, जलवायु परिवर्तनको सामना गर्नुलाई चीन-युरोप सहयोगको महत्वपूर्ण स्तम्भको रूपमा अपनाउने।

जलवायु परिवर्तनको सामना नै भू-राजनीतिक कार्ड नहोस् #मानवजातिकोसाझाभाग्यसमुदाय_fororder_IMG_0806(20210418-161703).JPG

चीन र युरोपलाई मात्रै होस् वा विश्वलाई, यो त एक निकै महत्वपूर्ण सहमति हो।
 

हाल केही युरोपेली राजनीतिज्ञले चीनको सिनच्याङ, हङकङलगायत विषय झिकेर अमेरिकी नेतृत्वमा रहेको चीन विरोधी गठबन्धमा संलग्नता जनाएका छन् भने चीन-युरोप सम्बन्धमा नकारात्मक प्रभाव पारेका छन्। युरोपेली संघका महत्वपूर्ण सदस्यका रूपमा रहेका फ्रान्स र जर्मनीले यसै अवधिमा चीनसँग जलवायु परिवर्तनका विषयबारे मतैक्यता जुटाएबाट चीनसँगको सहयोगमा युरोपेली राजनीतिक क्षेत्रले अझै ध्यान दिएको र विचारधारा र राजनीतिक तत्वभन्दा साझा हितलाई अझै माथि राखेको देखिन्छ। जसले केही हदसम्म विश्वको चिन्तालाई शान्त पारेको छ।