हङकङसम्बन्धी अमेरिकाको वक्तव्य हास्यास्पद
2021-04-18 16:49:35cri
Share with:

जलवायु परिवर्तनको सामना नै भू-राजनीतिक कार्ड नहोस् #मानवजातिकोसाझाभाग्यसमुदाय

१६ तारिख अमेरिकाले वक्तव्य प्रकाशित गरी यसअघि हङकङमा चीन विरोधीहरूलाई हङकङ विशेष प्रशासनिक क्षेत्र अदालतले गरेको न्यायिक फैसलामाथि झुटो निन्दा गरी ती अपराधीलाई जेलमुक्त गर्न चीनलाई अनुचित अनुरोध गरेको छ।

अमेरिकाले उक्त वक्तव्यमा स्वतन्त्र, प्रजातन्त्र, शान्तिलगायत शब्दहरूको धेरै प्रयोग गरेबाट देशलाई भंग गर्ने र हङकङमा दंगा थोपर्ने अपराधलाई लुकाएर ती अपराधीमाथि हङकङ अदालतको फैसलाको वैधानिकतालाई गलत सावित गर्न खोजेको छ।

जलवायु परिवर्तनको सामना नै भू-राजनीतिक कार्ड नहोस् #मानवजातिकोसाझाभाग्यसमुदाय

अमेरिकाले बुझ्नुपर्छ कि उक्त हास्यास्पद वक्तव्य र उस्को प्रभुत्ववादी गतिविधिले ती दोषीहरूले विदेशी शक्तिसँग मिलेर चीनको राष्ट्रिय सुरक्षामा खलल पारेको फेरि एक पटक प्रमाणित गरेको छ साथै अमेरिकाले अन्तर्राष्ट्रिय ऐन उल्लंघन गरी जबरजस्ती चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको पनि देखाएको छ। अमेरकाको गतिविधिले स्वतन्त्र, प्रजातन्त्र, कानूनी प्रशासनलगायत विचारलाई कुल्चिरहेको छ।