विश्वका लागि यो सानो चिनियाँ ठाँउको महत्व
2021-04-19 20:56:27CRI
Share with:

हालै रोयटर्सका बजार विश्लेषक जौन केम्पले एक लेख प्रकाशित गर्दै युरोपेली मुलुक तथा अमेरिकाका केही विश्लेषणमा पुरानो दृष्टिकोणबाट एशियालाई हेर्नु छोड्नुपर्ने कुरा औंल्याएका छन्।

आजको एशिया फरक भइसकेको छ। विश्व अर्थतन्त्रमा एशियाले ओगटेको भाग गत शताब्दीको ९० दशकको शुरूमा ३० प्रतिशतदेखि सन् २०१९ मा ४१ प्रतिशतसम्म पुगेको छ र विश्वमा एशियाको प्रभाव र बोल्ने अधिकार पनि ठूलो बन्दै गइरहेको छ। यसै प्रक्रिया २० वर्षअघि स्थापित पोआउ एशिया मञ्च साक्षी छ।

विश्वका लागि यो सानो चिनियाँ ठाँउको महत्व_fororder_11

चालु वर्ष दक्षिण चीनमास्थित यो सानो ठाँउ पोआउमा आयोजित भइरहेको वार्षिक मञ्चमा भाग लिइरहेका २६०० अतिथिहरू विश्वका ६० वटा मुलुक तथा क्षेत्रबाट गएका हुन् र यसबाट मञ्चको ध्यानाकर्षण भएको कुरालाई प्रतिविम्वित हुन्छ।

विश्वले यो सानो चिनियाँ ठाँउबाट उठाउने आवाजमा बढी भन्दा बढी ध्यान दिँदै आउनुको मुख्य कारण रहेको छ।

पहिलो कुरा, विश्वासको खोजी हो। महामारीको प्रभावकारी नियन्त्रण तथा आर्थिक पुनरूत्थानको प्रभावमा अधिकांश एशियाली मुलुकले महामारीको असरबाट मुक्त भइरहेका छन्। मञ्चको संयोजकले सार्वजनिक गरेको ‘एशियाको आर्थिक भविष्य तथा एकीकरण प्रक्रिया’ प्रतिवेदनमा सन् २०२१ मा एशियाको आर्थिक बृद्धि ६.५ प्रतिशत हुने अनुमान गरिएको छ। वास्वतमा यस पटकको मञ्च अफलाइन रूपमा आयोजित भइरहेकोबाटै विश्वमा सबभन्दा जीवन्त र निहित शक्ति भएको क्षेत्रहरूमध्ये एशिया हुनुपर्ने प्रतिविम्वित भएको छ।

बितेका २० वर्षयता, अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा एशियाको स्थान बढिरहेको प्रक्रियामा चीनले टेवा दिइरहेको छ। चीनको द्रुत आर्थिक विकास एशियाली विकासको महत्वपूर्ण इन्जिन बनेको छ। महामारीपश्चात् चीन एशियाली पुनरूत्थानको केन्द्रमा रहिरहेको छ। विश्व बैंकले अनुमान गरे अनुसार, चालु वर्ष पूर्वी एशिया तथा प्रशान्त क्षेत्रको आर्थिक बृद्धि दर ७.४ प्रतिशत पुग्ने सम्भावना छ जसबाट चीनको बृद्धिदर हटाइयो भने सो बृद्धि दर ४.४ प्रतिशतमा सीमित हुनेछ।

विश्वका लागि यो सानो चिनियाँ ठाँउको महत्व_fororder_22

चीनको आफ्नो विकास प्रक्रियामा विश्वव्यापीकरणलाई अँगाल्दै खुलापनलाई विस्तार गरेर क्षेत्रीय अर्थतन्त्रको एकरूपी विकासका लागि ठूलो शक्ति प्रदान गरिरहेको छ।

३ वर्षअघिको पोआउ मञ्चमा चीनले खुलापनलाई विस्तार गर्दै एशिया लगायत विश्वको सुन्दर भविष्यको संयुक्त सिर्जना गर्ने आवाज उठायो भने ३ वर्षपछिको आज विश्व नै यसै महत्वपूर्ण झ्यालमार्फत् चीनले एशिया लगायत विश्वको विकासमा चिनियाँ बुद्धि तथा नयाँ मौका प्रदान गर्ने अपेक्षामा छ।