ऐतिहासिक ऋण तिर्ने खराब कामलाई जापानीले बन्द गर्नुपर्छ
2021-04-21 17:07:36cri
Share with:

हालै जापानमा एउटा भनाइ चर्चित बनेको छः चीन तथा दक्षिण कोरियाका आणविक विद्युत स्टेशनमा फोहोर पानी संचालन सम्बन्धी मापदण्ड जापानको भन्दा तल छ। वास्तवमा यो नै जापानले नक्कली विज्ञानद्वारा आफूमाथि गरिएको आत्म सम्मोहन हो र एउटा महत्वपूर्ण सत्यलाई लुकाउन खोजिरहेको छ कि फुकुशिमा आणविक विद्युत स्टेशनमा सबभन्दा खतरनाक दुर्घटना भएको थियो र जसको फोहोर पानीमा प्रशस्त रेडियोन्युक्लाइड भेटियो जुन आणविक विजुली स्टेशनको सामान्य संचालनबाट निस्कने पानीको गुणस्तरसँग धेरै फरक हुन्छ।

ऐतिहासिक ऋण तिर्ने खराब कामलाई जापानीले बन्द गर्नुपर्छ_fororder_riben1

जापानले यसो गरेको प्रत्यक्ष लक्ष्य फुकुशिमा आणविक विजुली स्टेशनको फोहोर पानीको खतरालाई लुकाउनु हो र आफूले फोहोरलाई समुद्रमा मिसाइदिने कार्वाहीको उचित गरेको भनाइ स्थापना गर्न खोजी गरेको हो।

जापानी आधिकारिक पक्षले भनेको जस्तै निस्कासित आणविक फोहोर पानी खानेपानीको मापदण्डसँग मेल खाएको हो भने समुद्रमा मिसाउनुको सट्टामा किन जापानी खानेपानी प्रणालीमा नमिसाएको अथवा कृषि सिंचाइ प्रणाली वा शहरी प्रशोधित पानी प्रणालीमा समावेश किन नगरिएको त? फोहोर पानी हानिकारक नभएको भनिरहँदा जापानी राजनीतिज्ञहरूले किन उक्त पानी चाख्न चाहँदैनन्?

जापानको यो निर्णय गरेपछि विभिन्न मुलुकका बैज्ञानिकहरूले भविष्यमा समुद्रको दुःखद दृश्य देखापर्ने चेतावनी दिएका छन्। जापान सरकारले यस्तो कुकर्म गरेपछि पृथ्वीलाई प्रत्यक्ष रूपमा भयङ्खर असर पर्नेछ।

 

वास्तवमा जापानसँग फोहोर पानीको संचालन गर्ने अझ सुरक्षित विकल्प पनि छ तर जापानले पृथ्वीलाई सबभन्दा गहिरो घातक दिने छनौट गर्‍यो र यसो गरेको मुख्य कारण पैसाको खपत गर्नु हो। आफ्नो स्वार्थी हितबाट जापानले एकपक्षीय रूपमा समुद्रमा मिसाउने तरिका अर्थात् आफ्ना लागि सबभन्दा कम खर्च हुने पद्धति रोजेपछि वातावरणीय तथा स्वास्थ्य सुरक्षा सम्बन्धी सबभन्दा ठूलो खतरा विश्वमा आउने छ र आफूले लिनुपर्ने जिम्मेवारी पन्छाएको मानिनेछ।

चिन्ता यो छ कि यसको परिणाम अनुमान गर्न सक्ने सन्दर्भमा जापानले गरिरहेको अन्य मुलुकलाई लिएर परिणामको सामना गर्न लगाउने चरम अहंकार कार्वाही दोस्रो विश्व युद्धमा अतिक्रमण युद्ध उठाएको जापानी सैन्यवादी विचारसँग समान रहेको छ।

जापान सरकारले ऐतिहासिक ऋण तिर्ने खराब कामलाई बन्द गर्नुपर्छ। आणविक फोहोर पानी समुद्रमा मिसाएपछि युद्धबाट आउने क्षति र प्रभावभन्दा अझ गम्भीर हुनेछ। जापानले आफ्नो गल्ती सच्याउनु पर्छ। फुकुशिमा फोहोर पानीको संचालनमा एउटै मापदण्ड मात्र छः सम्पूर्ण मानवजाति र आगामी पुस्ताहरूका लागि जिम्मेवार बन्नुपर्छ।