अमेरिकी अल्पसंख्यक जातिले कहिले पाउने न्याय
2021-04-22 16:49:07cri
Share with:

तीन हप्तासम्म चलेको गोरा प्रहरीले अफ्रीकी युवा जर्ज फ्लोइडलाई मारेको मुद्दाको फैसला अमेरिकी स्थानीय समय अनुसार अप्रिल २० तारिख मिन्नेसोटा राज्यको हेनेपिन काउन्टी अदालतमा सम्पन्न भएको छ। फैसला अनुसार प्रहरी देरेक चाउभिनमाथि ३ वटा अपराध भएको घोषणा गरिएको छ। तर यस सुनुवाइबाट देरेकले गरेको अपराधको जिम्मा लगाइसकेतापनि जर्ज फ्लोइडले न्याय पाएका छैनन् भन्ने ठहर धेरैले गरेका छन्।

अमेरिकी अल्पसंख्यक जातिले कहिले पाउने न्याय_fororder_1

केही शताब्दीसम्म चलिरहेको दमनकारी अवस्थाको आधारमा जातीय भेदभाव नै अमेरिकामा गहिरो रूपमा रहेको छ र एउटा सुनुवाइबाट हटाउन सकिँदैन। न्यूयोर्क टाइम्सले जनाए अनुसार, देरेकको मुद्दा चलेको ३ हप्तामै सम्पूर्ण अमेरिकी प्रहरीले प्रतिदिन ३ जनाभन्दा बढीलाई मार्दै आएको छ र तीमध्येको आधा अफ्रीकी वा ल्याटिन मूलका छन्। दुःखद कुरा के हो भने देरेक अपराधी भएको निर्णय गरेपछिका केही घण्टामा अमेरिकी ओहाओ राज्यमा एक जना १५ वर्षिय अफ्रीकी मूलका किशोरी प्रहरीको गोलीबाट मारिएकी छन्।

विश्वव्यापी प्रतिरोधी आन्दोलनको लहर उठेको यस जातीयवादको दुःखान्त नाटकबाट अमेरिकी प्रहरीमा कुनै उतारचढाव देखिएको छैन र उनीहरूका कार्वाहीमा केही परिवर्तन पनि देखा परेको छैन।

अमेरिकी प्रहरीको यस्तो अपरिवर्तन अमेरिकी कानुनी प्रणालीभित्र दीर्घकालीन रूपमा छुट दिइरहेकासँग सम्बन्धित छ। अमेरिकामा प्रहरीले काम गर्दा अरूलाई मारेको भन्ने अभियोगको सामना गर्नुपर्ने अवस्था अत्यन्त न्युन छ र अपराध भएको निर्णय गरिएको पनि अत्यन्तै कम पाइन्छ। यस्तो कुरा मनलाई चिसो पार्ने वास्तविकताबाट अल्पसंख्यक जातका अमेरिकीहरूको दैनिक जीवन त्रासमा डुबिरहेको र कानुनी प्रणालीमा रहेका गोरोलाई प्राथमिकता दिने भावनालाई प्रोत्साहित पनि गरिएको छ। यस्तो पृष्ठभूमिमा जर्ज फ्लोइड मुद्दाको फैसलालाई जित भन्न सकिन्न।

अमेरिकी इतिहास हेर्दा अमेरिकी अवस्था तथा बनौटको एक भागमा रहिरहेको गोरोलाई प्राथमिकता दिने भावना नै अमेरिकामा जातीय भेदभावको श्रोत मानिन्छ। ४०० वर्षअघि अफ्रीकी अमेरिकीको नाउँमा हिलो छ्यापिएर ‘शक्तिशाली, क्रूर, अपराधी’ लगायत चिन्ह लगाइएको छ। गहिरो जग भएको यस्तो पूर्वाग्रह जातीयवाद अमेरिकामा व्यापक रूपमा प्रणालीबद्ध र दीर्घकालीन अस्तित्व भइरहेको मुख्य कारण हो। अमेरिकामा गहन सुधार गर्ने खालको कार्य नगरीकन मानवअधिकार, समानता यी सबै आधारहिन राजनीतिक नाराको रूपमा मात्रै रहिरहने छ।

अमेरिकी अल्पसंख्यक जातिले कहिले पाउने न्याय_fororder_2

यसै सन्दर्भमा जर्ज फ्लोइडको फैसला अमेरिकी जातीयवादलाई सुन्दर पार्ने र अमेरिकी राजनीतिज्ञहरूले देखाउने साधन बन्नेको सट्टामा सचेत गराउने औषधिको रूपमा भूमिका निर्वाह गर्नुपर्छ। अमेरिकी राष्ट्रपति जोन बाइडेनले भन्नुभएको छ, ‘प्रणालीबद्ध जातीयवाद अमेरिकी आत्ममा रहिरहेको हिलो हो।’ यस हिलोलाई एउटा मुद्दाबाट सफा गर्न सकिँदैन र अमेरिकी अल्पसंख्यक जातिका मानिसहरूले खोजिरहेको न्याय धेरै टाढा छ।