अस्ट्रेलियाद्वारा हाँस उठ्तो राजनीतिक बेइमानी
2021-04-22 21:50:23cri
Share with:

चीन र अस्ट्रेलियाको भिक्टोरिया राज्य सरकार बीच सम्पन्न बेल्ट एण्ड रोड समझदारी पत्र तथा प्रारूप सम्झौतालाई अस्ट्रेलियाले हटाइदिने भइको छ। उक्त कुरा अस्ट्रेलियाली विदेश मन्त्रीले अप्रिल २१ तारिख जनाउनुभएको हो। अस्ट्रेलियाले यसो गरेको कारण ती सम्झौता अस्ट्रेलियाको कुटनीतिसँग अनुकूल नभएको  अथवा कूटनीतिक सम्बन्धको लागि हानिकारक भएको भनिएको छ। अस्ट्रेलियाका केही राजनीतिज्ञहरूले चीनमा बाधा पुर्‍याएर अमेरिकाको पक्षमा रहेको देखाउँदै राजनीतिक पूँजी कमाउन खोजिरहेका छन्।

अस्ट्रेलियाद्वारा हाँस उठ्तो राजनीतिक बेइमानी_fororder_11

उता अमेरिकी संसदमा ‘रणनीतिक प्रतिस्पर्धा विधेयक २०२१’ लाई अघि बढाइरहेको साथै बाइडेन सरकार समक्ष चीनसँग चौतर्फी ‘रणनीतिक प्रतिस्पर्धा’ नीति लागू गर्ने माग पनि गरिरहेको छ। यही सन्दर्भमा अस्ट्रेलियाले यति कुरूप राजनीतिक बेइमानी गर्नु अप्रत्याशित होइन। गत वर्षको अन्त्यतिर अस्ट्रेलियाको संसदमा पारित भएको नयाँ ‘विदेशसँगको सम्बन्ध कानुन’बाट विभिन्न राज्यले विदेशसँग हस्ताक्षर गरेको कुनै सम्झौता वा सन्धिलाई भिटो लगाउने अधिकार संघीय सरकारलाई दिइएको छ र भिक्टोरिया राज्य तथा चीनसँग सम्पन्न बीआरआई सन्धिलाई लक्षित गरिएको छ। आज आएर अस्ट्रेलियाको संघीय सरकारले पहिलो पटक सो बिधेयकको प्रयोग गरी भिटो लगाएको हो।

अस्ट्रेलिया सरकारको यस गतिविधिबाट बीआरआई निर्माणमा ठूलो प्रभाव पार्दैन बरू विश्वसमक्ष मोरिसनको प्रतिनिधित्व गर्ने अस्ट्रेलियाली राजनीतिज्ञहरूले एउटा भन्ने र अर्को गर्ने दोहोरो मापदण्डलाई थप प्रकाश पारेको छ।

वास्तवमा अस्ट्रेलिया सरकारले बीआरआई विषयमा गरेको राजनीतिक बेइमानीबाट आफ्नो हित विशेष गरी अस्ट्रेलियालीहरूको हित-कल्याणमा क्षति पुर्‍याइदिन्छ। बीआरआई एउटा आर्थिक सहयोग अवधारणा हो र सहभागीहरूका लागि वस्तुगत हित यसले दिने गर्छ।

अस्ट्रेलियाद्वारा हाँस उठ्तो राजनीतिक बेइमानी_fororder_22

बितेका ७ वर्षयता, शंका र दोधार भएतापनि बीआरआईमा सम्बद्ध अधिकांश मुलुकले भाग लिने जोश कम भएको छैन। सन् २०२० को नोभेम्बरसम्म चीनले विश्वका १३८ वटा मुलुक र ३१ वटा अन्तर्राष्ट्रिय संगठनसँग २०१ वटा सहयोग दस्तावेजमा हस्ताक्षर गरेको छ। केही अस्ट्रेलियाली राजनीतिज्ञको बेइमानीबाट बीआरआईको बढावामा असर पार्दैन बरू अस्ट्रेलियाको प्रारूप र पैमानालाई ध्वस्त पारिदिन्छ। अन्त्यमा अस्ट्रेलिया अन्तर्राष्ट्रिय राजनीतिक क्षेत्रमा हाँसउठ्तो जोकर बन्नेछ।