#समाचार सन्दर्भ#सहयोगबाटै मात्र महामारी प्रतिरोधी ग्रेटवाल बनाउन सकिने
2021-04-28 16:58:12cri
Share with:

सहयोगबाटै मात्र महामारी प्रतिरोधी ग्रेटवाल बनाउन सकिने_fororder_1

अप्रिल २६ तारिख काठमाडौं उपत्यकामा एक हप्तासम्म लकडाउन गर्ने निर्णय सुनाइयो र केही घण्टापछि नेपालको मन्त्रीमण्डलबाट सो लकडाउनलाई १५ दिनसम्म लम्ब्याउने निर्णय गरिएको छ। नेपालमा देखा परिरहेको अर्को लहरको कोरोना महामारीको सामना गर्न ती कदमहरू चालिएका हुन्। चालू वर्षको अप्रिलको मध्यकाल यता, नेपालमा प्रतिदिन थपिएको संक्रमितको संख्या आकस्मिक रूपमा सयौंदेखि ३००० सम्म बढेको छ।

सहयोगबाटै मात्र महामारी प्रतिरोधी ग्रेटवाल बनाउन सकिने_fororder_2

नेपालमा कोरोनाको महामारीको अर्को लहर देखा पर्नु नै हालै दक्षिण एशियामा महामारी फैलिरहेको एउटा सानो रूप मात्र हो। गत मार्चको मध्यकालदेखि भारतमा संक्रमितको संख्या ठूलो संख्यामा बढ्दै आइरहेको थियो। मार्चको अन्ततिर विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरे अनुसार, भारतमा दुई पटक उत्परिवर्तित भएको भाइरस भेटिएको छ। हालसम्म प्रतिदिन थपिने संक्रमितको संख्या ३ लाखभन्दा बढी रहेको छ। यसका साथै श्रीलंकामा कोभिडको नयाँ उत्परिवर्तित भाइरस भेटिएको छ भने बंगलादेशमा अप्रिल ५ तारिखदेखि नै लकडाउन भइरहेको छ। विभिन्न दक्षिण एशियाली मुलुकहरूसामु महामारीको कडा परिक्षा देखा परिरहेको छ। भाइरस सीमा रहित हुन्छ र विभिन्न जन-जाति संक्रमित हुनसक्छन्।

यस्तो पृष्ठभूमिमा कोभिड-१९ महामारीको सामना गर्न अप्रिल २७ तारिख चीन, अफ्गानिस्तान, पाकिस्तान, नेपाल, श्रीलंका र बंग्लादेशका विदेशमन्त्रीले भिडियो वार्ता गर्नुभएको छ। वार्तामा महामारीविरूद्ध सहकार्यलाई गहन पार्ने, महामारीपछि अर्थतन्त्रको साझा पुनरूत्थान गर्ने, विभिन्न तहको आदानप्रदानलाई कायम राख्ने आदि विषयबारे धेरै सहमति हासिल भएको छ। उत्परिवर्तित भाइरसको फैलावट रोक्नका लागि चीनले निःशूल्क सहायता, व्यापार तथा वाणिज्य, उत्पादन लगायत तरिकाबाट विभिन्न देशको खोप सहकार्यलाई अगाडि बढाउने कुरा वार्तामा चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले व्यक्त गर्नुभएको छ। चीनले चीन-दक्षिण एशियाली मुलुकबीच आपतकालीन आपूर्ति आरक्षणको स्थापना गर्ने सुझाव पनि दिएको छ। यो सुझावलाई अरू पाँच देशबाट सक्रिय समर्थन गरिएको छ।

सहयोगबाटै मात्र महामारी प्रतिरोधी ग्रेटवाल बनाउन सकिने_fororder_5

विश्वव्यापी रूपमा कोभिड-१९ महामारी फैलिएदेखि चीन बंगलादेशमा   महामारीविरद्ध विशेषज्ञ मण्डल पठाउने पहिलो देश हो, अफ्गानिस्तानमा ६ पटक सामग्री सहायता दिएको छ, चीन सरकार र व्यवसायले नेपाललाई धेरैपटक महामारीविरोधी सामग्री प्रदान गरेको छ। महामारीको विरोधमा चीनले अरू देशलाई सहयोग गर्ने पाइला रोकिएको छैन।

सहयोगबाटै मात्र महामारी प्रतिरोधी ग्रेटवाल बनाउन सकिने_fororder_3

हाल चिनियाँ खोप चीनमा जम्मा २० करोड डोज लगाइएको छ। चीनको महामारी प्रभावकारी रुपमा नियन्त्रण गरिएपछि चीनले आफूलाई मात्रै वास्ता गरेको र अरु पक्षलाई वेवास्ता गरेको छैन। चीनले ८० वटा मुलुक र ३ वटा अन्तर्राष्ट्रिय संगठनलाई खोपको सहायता दिइरहेको, ४० वटाभन्द बढी मुलुकतर्फ खोपको निर्यात गरिरहेको छ। हालसम्म चीनले विश्वलाई आपूर्ति दिएको खोपको संख्या १० करोड डोजभन्दा बढी पुगेको छ। चीनका परराष्ट्र मन्त्री वाङ यीले उक्त सम्मेलनमा “विभिन्न मुलुकसितको खोप सहयोगलाई अगाडि बढाउने” कुरा प्रस्तुत गरेको कुराले चीनले मानवको स्वास्थ्य भाग्य समुदायको सिर्जना गर्ने अठोट र सदिच्छा देखाएको र विभिन्न मुलुकले मिलेर महामारीको प्रतिरोध गर्नका लागि आशा ल्याएको छ।

सहयोगबाटै मात्र महामारी प्रतिरोधी ग्रेटवाल बनाउन सकिने_fororder_4

भर्खरै सम्पन्न भएको पो आउ एशियाली मञ्चको वार्षिक सम्मेलन२०२१मा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले विश्वको स्वास्थ्य सुरक्षाको शासनलाई चौतर्फी रुपमा बढाउने, मानव स्वास्थ्य भाग्य समुदायको संयुक्त रुपमा सिर्जना गर्ने कुरा दोहोर्‍याउनुका साथै “बेल्ट एण्ड रोड” साझेदार मुलुकहरूसँग संयुक्त रुपमा खोपको उत्पादन गर्ने कुरा व्यक्त गर्नुभयो। छ मुलुकका परराष्ट्र मन्त्रीहरूको यस पटकको सम्मेलन चीनले वचन-वद्धतालाई व्यवहारमा उतार्ने वास्तविक कारवाही हो। यसबाट ठूलो मुलुकको रुपमा चीनको दायित्व देखिएको छ। चीनले विकासोन्मुख मुलुकमा खोप ढाकिने परिधि र तिर्नसकिन सक्रियताका साथ अगाडि बढाइरहेको, मद्दत दिनचाहने मुलुकहरूलाई समर्थन र मद्दत दिइरहेको, मानव स्वास्थ्य भाग्य समुदायको सिर्जना गर्नका लागि चिनियाँ शक्ति दिइरहेको छ।

भाइरसका अगाडि विश्वको विभिन्न मुलुकले अरु पक्षको कठिनाइको उद्धार नगर्नु ठीक होइन। “भ्याक्सिन विभाजन” भाइरसको फायरवाल बन्न सक्दैन। विश्वको विभिन्न मुलुकबीच ठूलो र सानो, शक्तिशाली र कमजोर भन्ने भिन्नता छैन। विभिन्न मुलुकले सक्रियताका साथ सहयोग गर्ने र वर्तमान कठिनाइको संयुक्त रुपमा समाधान गर्नु मात्रै महामारी विरुद्धको ग्रेटवाल निर्माण हो।