सिन्च्याङको मानव अधिकारको निहुँमा चीनमाथि हिलो छ्याप्ने पश्चिमा षड्यन्त्रकारीको नक्कली मुकुण्डोको भण्डाफोर
2021-04-30 21:00:47cri
Share with:

 

सिन्च्याङको मानव अधिकारको निहुँमा चीनमाथि हिलो छ्याप्ने पश्चिमा षड्यन्त्रकारीको नक्कली मुकुण्डोको भण्डाफोर_fororder_rp3

मे १ अन्तर्राष्ट्रिय श्रम दिवसको परिप्रेक्ष्यमा सिन्च्याङ सम्बन्धी परराष्ट्र मन्त्रालयको आठौं पत्रकार सम्मेलन अप्रिल ३० तारिख पैचिङमा आयोजना गरिएको छ। सिन्च्याङ युगुर स्वायत्त प्रदेश जन सरकार, सम्बद्ध संस्था, समिति र व्यवसायका जिम्मेवार व्यक्ति तथा विशेषज्ञहरूले सम्मेलनमा सम्बद्ध प्रश्नको जवाफ दिएका छन्। साथै सिन्च्याङबाट आएका धेरै कामदारहरूले त्यस सम्मेलनमा आफ्नो श्रमिक कारवाईबाट सुखमय जीवन बिताएको कथा पनि सुनाएका छन्। उनीहरूका अनुसार, सिन्च्याङका विभिन्न जातिका जनताको श्रमिक रोजगारलाई कानुनी संरक्षण दिन सकिन्छ। उनीहरुको श्रमिक रोजगार पुराका पुरै स्वतन्त्र छ भने कानुनी हक अधिकारलाई सुनिश्चित गरिन्छ। तथाकथित सिन्च्याङमा “जबरजस्ती श्रम” मौजुद रहेको भनाई निराधार रहेको छ। त्यसबाट चीनलाई हिलो छ्याप्ने पश्चिमा षड्यन्त्रकारीको नक्कली मुकुण्डोको पनि भण्डाफोर गरिएको छ।