कागजमा कोरिएको नक्कली रोटीभन्दा अमेरिकाको वास्तविक गतिविधि देख्न चाहेको
2021-05-12 17:28:54CRI
Share with:

कागजमा कोरिएको नक्कली रोटीभन्दा अमेरिकाको वास्तविक गतिविधि देख्न चाहेको_fororder_IMG_3854(20210512-164029).JPG

“प्रत्यक्ष रूपमा त्यो निकै आकर्षित देखिएकोले तुरून्तै मतदाताको नजरलाई तान्न सकिनेछ। तर त्यो वर्तमान रोगलाई खुकुलो पार्ने प्रभावकारी उपाय होइन।” हाल वाशिङटन पोस्टले प्रकाशित गरेको लेखमा अमेरिकी सरकारले नयाँ कोरोनाभाइरस महामारी खोप लक्षित बौद्धिक सम्पदा अधिकारको सँरक्षणलाई छुट दिने कुरालाई समर्थन गर्दै उक्त मूल्याङ्कन गरेको छ।

कागजमा कोरिएको नक्कली रोटीभन्दा अमेरिकाको वास्तविक गतिविधि देख्न चाहेको_fororder_IMG_3855(20210512-164033).JPG

बितेका केही दिनयता उक्त धारणालाई आत्मसाथ गर्ने अन्तर्राष्ट्रिय विश्लेषकको सङ्ख्यामा कमी छैन। त्यसको मुख्य कारण भनेको अमेरिकाले आफ्नो धारणाको निकै प्रचार प्रसार गर्नु हो। तापनि वास्तविक गतिविधि र समर्थन पटक्कै पाएको छैन। अमेरिकाले कागजमा नक्कली रोटी कोर्नु जस्तै राजनीतिक शो मात्र देखाउन खोजेको हो।

कागजमा कोरिएको नक्कली रोटीभन्दा अमेरिकाको वास्तविक गतिविधि देख्न चाहेको_fororder_IMG_3856(20210512-164039).JPG

अधिकांश विश्लेषकका अनुसार, हाल विश्वमा महामारी खोप संकट देखा पर्नुको कारण पेटेन्ट होइन, खोप जातीयतावाद भन्ने रहेको छ। अझ खराब कुरा के छ भने अमेरिकाले सधैँ विभिन्न प्रकारका खोप उत्पादनका लागि चाहिने पदार्थको निर्यात निषेध गरेकोले विश्व सँगसँगै मिलेर महामारीको प्रतिरोध गर्ने क्रममा गम्भीर अवरोध सिर्जना गरेको देखिन्छ।