#समाचार सन्दर्भ# वास्तविक मित्रता विश्वको सबैभन्दा उच्च चुचुरोलाई पनि पार गर्न सकिने
2021-05-15 20:01:51CRI
Share with:

वास्तविक मित्रता विश्वको सबैभन्दा उच्च चुचुरोलाई पनि पार गर्न सकिने_fororder_0515NHP 1

गत सोमबार स्वास्थ्य सामग्री बोकेको नेपाल एयरलाइन्सको विशेष विमान पैचिङबाट काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो। ३० टन सामानमा नेपालीको लागि आवश्यक अक्सिजन सिलिण्डर, भेन्टिलेटर र नेपालमा रहेका चिनियाँ कम्पनीहरूले सहयोग स्वरूप दिएका कन्सनट्रेटर्सहरू समावेश गरिएको छ जुन नेपालमा महामारी फेरि उत्पन्न भएपछि चीनले पठाएको उद्धार सामग्रीको पहिलो खेप हो।

गत अप्रिलको मध्यदेखि यता, भारतमा कोरोना महामारी दोस्रो पटक देखा परेर चर्को बन्दै गइरहेको छ। प्रतिदिन थपिने संक्रमितको संख्याले लगातार रूपमा विश्व रेकर्ड सिर्जना गरेको छ जसबाट भारतसँग सीमा जोडिएको दक्षिण एशियाली मुलुकहरूलाई विभिन्न हदसम्म प्रभावित पारिरहेका छन्। नेपाल भारतबीच खुला सीमा छ। यसै सन्दर्भमा बाँकेका डाक्टर राजन पाण्डेले भने, ‘नेपाल मिनि इन्डिया’ बन्दै छ र महामारीको परिस्थिति नियन्त्रणबाट बाहिरिएको छ र अलपत्र अवस्थामा छौं’। डाक्टर राजनले चेतावनी दिँदै भने, ‘नेपाल सामु भारतको जस्तै प्रकोपको महामारी लहर आइपरेको छ।’

वास्तविक मित्रता विश्वको सबैभन्दा उच्च चुचुरोलाई पनि पार गर्न सकिने_fororder_0515NHP 7

महामारी दोस्रो पटक फैलिएपछि भारतले पश्चिमा मुलुकमाथि आशा राखेर अमेरिका लगायत पश्चिमा मुलुकसँग नपाइने सहयोग मागेको थियो। तर प्यारा संगाती अमेरिकाले भारतप्रति इमानदार मुख नदेखाइ आफ्नो देशलाई प्राथमिकता दिने झण्डा उठायो साथै भारतसँग नजिकिँदै गएका केही पश्चिमा मुलुकले भारतसँगको हवाई सम्पर्क समेत विच्छेद गर्ने अथवा भारतीय यात्रुको प्रवेशलाई सिमित पार्ने जनाएका छन्।

वास्तविक मित्रता विश्वको सबैभन्दा उच्च चुचुरोलाई पनि पार गर्न सकिने_fororder_0515NHP 2

छिमेकी मुलुक भारतले जस्तो नगरी नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मै ३ तारिख टेलिभिजनमार्फत् सम्बोधन गर्दै भन्नुभयो, ‘हाम्रा छिमेकी, मैत्रीपूर्ण मुलुक तथा अन्तर्राष्ट्रिय संगठनसँग सहयोग माग्छौं। हाम्रो लागि खोप, जाँच यन्त्र, अक्सिजन प्रबन्ध तथा आइसीयू रोगीलाई चाहिने औषधि र यन्त्र प्रदान गर्न अनुरोध गर्छौ। यस महामारीलाई जित्न समर्थन दिनुहोला।’

चीनका लागि नेपाली राजदूत पाण्डेले मै ६ तारिख चीन अन्तर्राष्ट्रिय विकास तथा सहयोग व्यूरो एवम् साइनोफार्म ग्रूपका सम्बद्ध व्यक्तिसँग भेट गर्दै नेपाल स्वास्थ्य संकट पार गर्नको लागि नेपाललाई अक्सिजन सिलिण्डर र खोप सहयोग दिनेबारे छलफल गर्नुभएको थियो।

वास्तविक मित्रता विश्वको सबैभन्दा उच्च चुचुरोलाई पनि पार गर्न सकिने_fororder_0515NHP 3

नेपालले सही छनौट गरेको छ। चिनियाँमा एउटा भनाइ छः टाढा रहेका नातेदारभन्दा छिमेकी धेरै नजिक हुन्छ। नेपालको छिमेकी चीनले छिटो गरी प्रतिक्रिया दिएको छ। यसअघि गत अप्रिल २७ तारिख चीन, नेपाल, श्रीलंका, बङ्गलादेश र अफगानिस्तान ६ मुलुकका विदेश मन्त्रीबीच महामारीको संयुक्त सामना गर्ने भिडियो कन्फ्रेन्सको आयोजना गरिएको थियो। सो क्रममा चीनका परराष्ट्र मन्त्री वाङ यीले नेपाललाई महामारी प्रतिरोधी उद्धार सामग्री प्रदान गर्ने बताउनुभएको थियो। त्यसपछि दुवै मुलुकका सम्बद्ध विभागहरूले सम्पर्क तथा सहकार्य गर्दै सबैभन्दा छोटो समयमा उद्धार सामग्रीको पहिलो खेपको उत्पादन, ढुवानी र हस्तान्तरण लगायत कार्यलाई पूरा गरेका छन्। मानवजातिको साझा भाग्य समुदायको विचारमा आधारित चीनले नेपालीहरूसँग एउटै पक्षमा उभिएर हातमा हात र काँधमा काँध मिलाएर एकताबद्ध भएर महामारीको प्रतिरोध गरिरहेको छ। खोप लिनु नै भाइरसलाई जित्ने सबैभन्दा प्रभावकारी उपाय हो। गत मार्च २९ तारिख चीन सरकारले नेपाललाई दिएको साइनोफार्मको ८ लाख डोज खोपलाई काठमाडौंमा पुर्याइयो र अप्रिलको शुरूमा नेपालमा चिनियाँ खोप लगाउने कार्य शुरू भयो। हालसम्म नेपालमा चिनियाँ खोप लगाउनेको सङ्ख्या ३ लाख बढी पुगेको छ।

वास्तविक मित्रता विश्वको सबैभन्दा उच्च चुचुरोलाई पनि पार गर्न सकिने_fororder_0515NHP 4

यति छिटो रूपमा महामारी प्रतिरोधी सहयोग चीनले प्रदान गर्नुको कारण यस्ता छन्- चीनमा महामारी प्रतिरोधी उत्पादनको पूर्ण चेन पाइन्छ र स्वास्थ्य सामग्रीको संचय पनि यथेष्ठ छ। यसका साथै महामारीलाई सफलताका साथ नियन्त्रण गरेको ठूलो मुलुक चीनसँग महामारी प्रतिरोध तथा सार्वजनिक स्वास्थ्य क्षेत्रमा प्रशस्त व्यवहारिक अनुभव छ। तीमध्ये सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने चीन संयुक्त भाग्य समुदाय र स्वास्थ्य समुदायको धारणा लिँदै विश्वव्यापी महामारी प्रतिरोधी सहयोगमा प्रयासरत छ। माथि उल्लेखित कारणले गर्दा छिमेकीको जरूरी अनुरोध पाएर चीनले द्रुत गतिले प्रतिक्रिया जनाउँदै समयमै नेपाललाई सहयोग दिएको हो।

वास्तविक मित्रता विश्वको सबैभन्दा उच्च चुचुरोलाई पनि पार गर्न सकिने_fororder_0515NHP 5

वास्तवमा महामारी प्रतिरोधी सहयोग चीन र नेपाल सरकार बीच मात्र होइन दुई देशका विभिन्न क्षेत्रका उद्यमीहरू, गैर-सरकारी समूह र व्यक्तिले फरक फरक तरिकामार्फत् हिमालयको दक्षिणी भागमा रहेका नेपाली साथीहरूको ख्याल विचार गरिरहेका छन्। चिनियाँ मिडिया चाइना मिडिया ग्रूपले छिटै नेपाली साझेदारलाई सान्त्वना सन्देश पठाएको थियो।

वास्तविक मित्रता विश्वको सबैभन्दा उच्च चुचुरोलाई पनि पार गर्न सकिने_fororder_0515NHP6.JPG

चीनका विभिन्न क्षेत्रबाट पठाइएका सहयोग तथा समर्थनको सम्बन्धमा कान्तिपुर दैनिक, हिमालय टाइम्स, गोरखापत्र, रेडियो नेपाल, नेपाल टेलिभिजन, अनलाइन खबर लगायत नेपाली संचारमाध्यमले रिपोर्ट गरेका छन् भने नेपालका विभिन्न क्षेत्रका व्यक्तित्वहरूले चीन सरकारको सहयोगप्रति धन्यवाद ज्ञापन गरेका छन्। यसका अतिरिक्त, चिनियाँ कम्पनीहरू, गैर-सरकारी संगठन तथा व्यक्तित्वहरूले विभिन्न तवरले नेपाललाई सहयोग दिइरहेका छन्।

मित्रतामा आदानप्रदान हुन्छ। चीनमा महामारी शुरूभएको बेला, नेपाल सबैभन्दा चाँडै चीनलाई समर्थन दिने मुलुकमध्येको एक थियो। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले यसरी भन्नुभएको छ, ‘भाइरस सीमारहित छ महामारी हाम्रो साझा शत्रु हो।’ भावी केही समयसम्म महामारी प्रतिरोध नै मानवजातिसामु देखा पर्ने साझा चुनौतीको रूपमा रहिरहने छ। एउटै डुँगामा बसेर कठिनाइलाई पार गर्दै संयुक्त भाग्यको भविष्यलाई संयुक्त रूपमा सिर्जना गरौं। महामारीको संघर्षमा चीन र नेपालले कठिनाइमा वास्तविक प्रगाढ भावना देखाएका छन् जसबाट दुई देशका सरकार तथा जनता बीच प्रगाढ मित्रता र सहयोगात्मक भावनालाई प्रतिविम्वित गरिन्छ। वास्तविक मित्रताबाट विश्वको सबैभन्दा उच्च चुचुरोलाई पार गर्न सकिने विश्वास गर्दछौं।