प्यालेष्टाइन र इजरायल बीचको भिडन्तबारे अमेरिकाको आलोचना किन?
2021-05-17 19:29:14cri
Share with:

प्यालेष्टाइन र इजरायल बीचको भिडन्तबारे अमेरिकाको आलोचना किन?_fororder_QQ图片20210517185127

संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको मे महिनाको वर्तमान अध्यक्ष मुलुकको रुपमा चीनले मे १६ तारिख प्यालेष्टाइन र इजरायल बीचको भिडन्तका लागि आकस्मिक खुला बैठक आयोजना गरेको छ। सो बैठकले प्यालेष्टाइन र इजरायललाई तुरुन्तै युद्ध विराम गर्न आह्वान गर्दै अन्तर्राष्ट्रिय समाजले आकस्मिक क्रियाकलाप चलाउनुपर्ने र विशेष गरी अमेरिकाले आफ्नो जिम्मेवारी वहन गरी न्यायोचित अडान लिएर परिस्थितिलाई खुकुलो पार्न, विश्वासको पुन:स्थापना गर्न र समस्याको राजनीतिक तवरबाट समाधान गर्नका लागि संयुक्त राष्ट्र संघको भूमिकाको समर्थन गर्नुपर्ने कुरामा जोड दिएको छ।

प्यालेष्टाइन र इजरायल बीचको भिडन्तबारे अमेरिकाको किन आलोचना गरिन्छ? किनभने प्यालेष्टाइन र इजरायल बीचको सो गम्भिर भिडन्त अमेरिकाको गलत मध्य-पूर्व नीतिबाट सिर्जित नतिजा हो।

प्यालेष्टाइन र इजरायल बीचको भिडन्तबारे अमेरिकाको आलोचना किन?_fororder_QQ图片20210517185143

वर्तमान परिस्थितिमा प्यालेष्टाइनी समस्याको समाधान गर्नका लागि चीनले सन् २०१७ मा प्रस्तुत गरेका ४ सूत्रीय अडान अझ अर्थपूर्ण रहेको छ। प्यालेष्टाइन र इजरायल बीचको तनावपूर्ण परिस्थितिलाई खुकुलो पार्ने क्षेत्रमा चीनका सदिच्छा र प्रयास देखिन्छ। जसबाट विश्व शान्तिको स्थायी निर्माता हुने चीनको वचनबद्धता पनि अभिव्यक्त भएको छ।

तथापि अमेरिकाले आफ्नो जिम्मेवारी वहन गरी परिस्थितिलाई खुकुलो पार्नुपर्ने, न्यायोचित अडान लिएर प्यालेष्टाइन-इजरायल शान्ति वार्तालाई अघि बढाउनुपर्ने र विश्वासको पुन:स्थापना गर्न र समस्याको राजनीतिक तवरबाट समाधान गर्नका लागि संयुक्त राष्ट्र संघको भूमिकाको समर्थन गर्नुपर्नेछ।