#समाचार सन्दर्भ# इतिहासलाई याद गरेर लाल जीनलाई बिंडो थाम्ने
2021-05-19 15:50:17CRI
Share with:

#समाचार सन्दर्भ# इतिहासलाई याद गरेर लाल जीनलाई बिंडो थाम्ने_fororder_30adcbef76094b36234385216cf210d18f109df4

“रिचिन सहरमा एउटा शाचौपा नामक गाउँ छ, अध्यक्ष माउले चीनको च्याङसी प्रान्तमा क्रान्तिको नेतृत्व गर्दा त्यहाँ बस्नुभएको थियो। गाउँमा कुवा थिएन……”यस《पानी पिउँदा कुवा खन्ने मान्छे बिर्सनुहुँदैन》नामक पाठ चिनियाँ प्राथमिक विद्यार्थीमाझ निकै परिचित छ। यसमा अध्यक्ष माउ च तोङले नेतृत्व गर्दै गाउँलेको खानेपानीको अभावको समाधान गर्न कुवा खन्नुभएको र गाउँलेले उहाँलाई धन्यवाद व्यक्त गर्दै एउटा स्मारिका स्थापना गरेको कथा उल्लेख छ। हालै चीनका लागि विभिन्न मुलुकका राजदूतहरूले चीनको च्याङसी प्रान्तको निरीक्षण गर्नुभएको छ। नेपालका राजदूत महेन्द्र बहादुर पाण्डेले उक्त शाचौपा गाउँको कुवाको छेउमा चिनियाँ कम्युनिष्ट पार्टीले जनतालाई सुख पुर्याउने मौलिक उद्देश्य बोकेको महसुस गर्नुभएको छ। उहाँले यसरी भन्नुभयोः सानै उमेरदेखि मैले माउ च तोङ विचार र धेरै चिनियाँ क्रान्तिसम्बन्धी कथाहरू पढ्दै आएको छु, यहाँ च्याङसी प्रान्तमा आएर यी चिनियाँ क्रान्ति पूरातात्विक वस्तु देखेर मलाई निकै खुसी लाग्यो। एउटा मुलुकले भविष्यलाई अझै सुन्दर बनाउन तथा विकास गर्न इतिहासलाई आत्मसाथ गर्नुका साथै मौलिक उद्देश्यलाई बिर्सनुहुँदैन।

#समाचार सन्दर्भ# इतिहासलाई याद गरेर लाल जीनलाई बिंडो थाम्ने_fororder_1127408079_16201167443421n

रिचिन,चिङकाङशान,चुनयी,यानआन,सीपाइफो……यी लाल छाप छोडिएका भूमिहरू लाइटहाउस जस्तै चीनको अगाडि बढ्ने बाटोलाई उज्यालो बनाउनुका साथै यी भूमिमा चिनियाँ कम्युनिष्ट पार्टीको लडाइँ गरेको अनुभव तथा उपलब्धिहरू कुंदिएका छन्। जनताबाट जीवन्त शक्ति पाएको एक सय वर्ष लामो इतिहास बोकेको चिनियाँ कम्युनिष्ट पार्टीले युगको सबैभन्दा अगाडि उभिएर चिनियाँ जातिको नेतृत्व गरी अघि बढिरहेको छ। मेइ १६ तारिख प्रकाशित दशौं《छ्यौ श》पत्रिकामा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको लेख《लाल स्रोतको सदुपयोग गरेर लाल जीनको बिंडो थामी लाल कार्य युगौंयुगसम्म रिले गर्ने》प्रकाशित भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशन यता राष्ट्राध्यक्ष सीले चीनका विभिन्न ठाउँको निरीक्षणको क्रममा धेरै क्रान्ति भूमिको भ्रमण गर्नुभई लाल स्रोतको सदुपयोग गर्ने, लाल जीनको बिंडो थाम्ने कुराको पुनर्पुष्टि गर्नुभएको छ। चीनका क्रान्ति भूमिहरूमा प्रशस्त लाल स्रोत पाइन्छन्। आर्थिक स्तरबाट हेर्दा लाल स्रोत पर्यटनको विकास गरी जनतालाई हितकल्याण पुर्याउने छ। यद्यपि, क्रान्ति भूमि प्रायः निकै टाढा तथा यातायात पूर्वाधारको कम विकास भएको पाइन्छ। त्यसैले धेरै क्रान्ति भूमिले लाल स्रोतको संरक्षण गर्नुका साथै लाल स्रोतको पुनरूत्थान र विकास पार्ने उपाय खोज्दै आएका छन्।

#समाचार सन्दर्भ# इतिहासलाई याद गरेर लाल जीनलाई बिंडो थाम्ने_fororder_1127427884_16206312658021n

सछ्वान प्रान्तीय याआन चिनियाँ लाल सेनाको लामो यात्रा (लोङमार्च) को क्रममा पुगेको सबैभन्दा महत्वपूर्ण क्षेत्रमध्येको एक हो। सन् २०१० मा याआनका २ वटा जिल्ला सछ्वान प्रान्तीय सरकारबाट पुरानो क्रान्तिकारी जिल्लाको रूपमा मान्यता दियएको छ। बितेका केही वर्षहरूमा याआनमा लाल संस्कृतिको भरमा लाल स्रोतलाई प्रान्तीय समष्टिगत विकास योजनामा समावेश गराइँदै लाल पर्यटनको विकास गरेको छ साथै ग्रामीण पुनरूत्थानलाई अघि बढाइरहेको छ। यसै क्रममा लाल स्रोत आधारित विकास बाटो पत्ता लगाइएको छ। चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको सतवार्षिकी अवधिमा विशेष गरी गत मै एक राष्ट्रिय बिदामा याआनमा ५ वटा लाल पर्यटकीय रूट सार्वजनिक गरिएको छ र पर्यटकहरू आकर्षित भएका छन्। सोही अवधिमा २ वटा लाल पर्यटकीय क्षेत्रमा भ्रमण गरेका पर्यटकहरूको संख्या १.३६ लाख पुगेको छ।

#समाचार सन्दर्भ# इतिहासलाई याद गरेर लाल जीनलाई बिंडो थाम्ने_fororder_1127427884_16206312663341n

ट्राभल एजेन्सीबाट प्राप्त तथ्याङ्क अनुसार, सन् २०१९ को सोही अवधिको तुलनामा चालू वर्षको बिदामा लाल पर्यटकीय क्षेत्रमा पर्यटकको माँगमा देखिएको वृद्धि दर ३७५ प्रतिशत पुगेको छ। लाल पर्यटन युवा पर्यटकहरूको उपभोग्य प्रवृत्तिमा नयाँ लहर बनेको छ र तीमध्ये मुख्य पर्यटकहरूको उमेर २१ देखि ३० वर्षका छन् र कूल पर्यटकको ४० प्रतिशतभन्दा बढी भाग छ र ४० वर्षभन्दा कम उमेरहरूको संख्या कूल संख्याको ८९.१ प्रतिशत पुगेको छ। 

कठिन र लामो बाटो पार गरेपछि आरम्भिक बाटोको सम्झना गर्नुपर्छ। लामो बाटो हिँडे तापनि शुरु गर्नुको कारण बिर्सनुहुँदैन। “पञ्च वर्षीय योजना” लागि प्रयास गर्नुका साथै लाल जीनको निरन्तर सम्झना गर्नुपर्छ। “एक कचौराको लाल सेना भात खान्छन्, लाल सेनाको गीत गाउँछन्, लाल सेना बाटो हिँड्छन्।” हालैका वर्षहरूयता धेरै क्रान्तिकारी आधार क्षेत्रहरूले लाल पर्यटन व्यवसायको नवीकरण गरेको, लाल सांस्कृतिक सामग्रीको रचना गरेको छ, लाल सांस्कृतिक वातावरणको सिर्जना गरेको छ, लाल जीनलाई जनताको मनमा राखिदिएको छ, र यसलाई निरन्तरता दिएको छ।

#समाचार सन्दर्भ# इतिहासलाई याद गरेर लाल जीनलाई बिंडो थाम्ने_fororder_1127461010_16213286968591n

जीवन्त शक्तिलाई सधैं नै कायम राखेको शत वार्षिकोत्सव मनाउन लागेको ठूलो पार्टी अर्थात् चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताले लाल स्रोत साधनबाट शक्ति भित्र्याउँदैआएको छ, लाल जीवनको निरन्तरता गर्दै एकेक उल्लेखनीय किर्तिमान भंग गर्दैआएको छ र मानव इतिहासमा एकेक चमत्कारको सिर्जना गर्दैआएको छ।