अमेरिकी शैलीको मानव अधिकारको झुटो मास्क उघारियो
2021-05-19 19:50:27cri
Share with:

अमेरिकी शैलीको मानव अधिकारको झुटो मास्क उघारियो_fororder_1

“यो प्यालेष्टाइनको समस्या मात्र होइन, यो मानव अधिकारको एउटा समस्या हो। हामीले बुझाएको करले इजरायेली सेनालाई सहयोग गरिरहेको छ।” अमेरिकामा प्यालेष्टाइनका समर्थकहरुबाट हालै आयोजित जुलुस प्रदर्शनमा एक जना विद्यार्थीले उक्त कुरा बताएका छन्।

अमेरिकी राजनीतिज्ञहरुले एकातिर “मानव अधिकारको रक्षक”को भूमिकामा निर्वाह गरी अरु धेरै देशको मानव अधिकार स्थितिको आलोचना गर्दै आएको छ भने अर्कातिर युद्धमा मुछिएका प्यालेष्टाइनीहरुको मानव अधिकारको वेवास्ता गरिरहेका छन्। उनीहरुको दोहोरो मापदण्डबाट अमेरिकी मानव अधिकारको झुटो मास्क उघारिएको छ।

रुसको स्पुतनिक समाचार समितिका अनुसार, यस चरणको प्यालेष्टाइन-इजरायल भिडन्तमा २१७ प्यालेष्टिनीको मृत्यु भएको छ, तीमध्ये ६३ जना बालकहरु छन्।

यस्तो भयानक अमानवीय प्रकोपको सामना गर्दै अमेरिकी सरकारले के गरेको छ? त्यसले इजरायलको पक्षमा उभिएर इजरायलको “प्रतिरक्षा गर्ने अधिकार” रहेको दाबी गर्दै प्यालेष्टाइन-इजरायल युद्ध विरामका लागि संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको संयुक्त वक्तव्यलाई अमेरिकाले रोकेको छ। यति मात्र नभई अमेरिकी सरकारले यस महिनाको प्रारम्भमा ७३ करोड ५० लाख अमेरिकी डलरको हतियार इजरायललाई विक्री गर्न अमेरिकी काँग्रेसलाई सूचित गरेको छ।

आफ्नो स्वार्थ र प्रभुत्वका लागि अमेरिकाले मध्य-पूर्वमा धेरै खराब काम गरेको छ। त्यसले अफगानिस्तान, इराक र सिरियामा गरेको सैनिक कार्यकलापबाट लाखौं लाख मुस्लिमहरुको मृत्यु भएको छ। यस्तो “अमेरिकी शैलीको मानव अधिकार”ले विश्वको विश्वास हराएको छ, तथाकथित “मानव अधिकारको लाइटहाउस” निभेको छ।