विश्व स्वास्थ्य सम्मेलनमा सहभागी हुन थाइवानलाई समर्थन गर्ने अमेरिकी षड्यन्त्र सधैं विफल #चीनअमेरिकासम्बन्ध #थाइवान
2021-05-20 20:55:45cri
Share with:

विश्व स्वास्थ्य सम्मेलनमा सहभागी हुन थाइवानलाई समर्थन गर्ने अमेरिकी षड्यन्त्र सधैं विफल #चीनअमेरिकासम्बन्ध #थाइवान_fororder_QQ图片20210520202449

विश्व स्वास्थ्य सम्मेलनमा सहभागी हुन थाइवानलाई समर्थन गर्ने अमेरिकी षड्यन्त्र सधैं विफल #चीनअमेरिकासम्बन्ध #थाइवान_fororder_QQ图片20210520202453

७४ औँ विश्व स्वास्थ्य सम्मेलन शुरू हुनलागेको परिप्रेक्ष्यमा “थाइवान कार्ड”लाई पुन एकपल्ट अमेरिका लगायत थोरैजसो पश्चिमा मुलुकले देखाएका छन्। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कनले हालै सो सम्मेलनमा थाइवातलाई सहभागी हुन नदिएमा पुरै विश्वको स्वास्थ्थ लक्ष्यलाई खतरा पुग्ने चेतावनी दिनुभएको छ। केही दिनअघि आयोजित ७ मुलुक समूहका विदेश मन्त्रीको भर्चुअल सम्मेलनपछि प्रकाशित गरिएको संयुक्त बक्तव्यमा विश्व स्वास्थ्य सम्मेलनमा सहभागी हुन थाइवानलाई समर्थन गर्ने तथाकथित भनाइलाई पुन: चर्चा गरिएको छ।

बिगतका वर्ष जस्तै विश्व स्वास्थ्य संगठनले यस वर्ष पनि विश्व स्वास्थ्य सम्मेलनमा सहभागी हुन थाइवान सत्तालाई निमन्त्रणा दिन अस्वीकार गरेको छ। सन् २००७ यता थाइवान सत्तालाई अस्वीकार गरिएको यो ५ औँ पटक हो। के भन्नसकिन्छ भने विश्व स्वास्थ्य सम्मेलनमा सहभागी हुन थाइवानलाई समर्थन गर्ने अमेरिका लगायत थोरैजसो पश्चिमा मुलुकका षड्यन्त्र लगातार विफल भएका छन्।