#समाचार सन्दर्भ# चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा मात्रै तिब्बतको ठूलो विकास सम्भव #चीनकोतिब्बत
2021-05-21 15:57:40CRI
Share with:

#समाचार सन्दर्भ# चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा मात्रै तिब्बतको ठूलो विकास सम्भव #चीनकोतिब्बत_fororder_01

सन १९७९ मा केन्द्रीय सरकारले भित्री भूमिबाट केही कार्यकर्तालाई तिब्बतमा खटाउने निर्णय गरेको थियो। यस क्रममा तत्कालीन शानतोङ प्रान्तीय ल्याउ क्षेत्रका प्रचार-प्रसार विभागका उप-प्रमुख खुङ फानसनले सक्रिय रूपमा दर्ता गर्नुभएको थियो। त्यसपछि तिब्बती काङपा जिल्लाका उपाध्यक्षको ३ वर्षीय कार्यावधिमा उहाँले समस्त जिल्लाका सबै गाउँ र पशुपालन क्षेत्र पुगेर स्थानीयहरूसँग गहिरो मित्रता गाँस्नुभएको थियो। फेरि, सन् १९८८ मा खुङ फानसनलाई दोस्रो पटक तिब्बतमा खटाइएको थियो। ल्हासा शहरका उप-मेयरको पद सम्हाल्नुभएपछि पहिलो ४ महिनामा उहाँले समस्त शहरका सबै सरकारी स्कूलको भ्रमण गर्नुभएको थियो र समुद्र सतहदेखि ५००० मिटरभन्दा अग्ला ठाउँमा पानीको नमूना संकलन गरी स्थानीयको खानेपानीको समस्याको समाधान गर्नुभएको थियो। सन् १९९२ को अन्तमा उक्त कार्यावधि सकेपछि खुङ फानसनले तिब्बतकै आली क्षेत्रको अध्यक्ष पदमा नियुक्त पाउनुभएको थियो। उहाँले अरू केही नसोची चिनियाँ कम्युनिष्ट पार्टीको निर्णयको पालना गरी तिब्बतमा थप समय बस्नुभएको थियो। औसत रूपमा समुद्र सतहबाट ४५०० मिटरको उचाइमा पर्ने आली क्षेत्रमा लगभग ५० वर्षीय खुङ फानसनले २ वर्ष भित्र ८० हजारभन्दा बढी किलोमिटरसम्म पैदल यात्रा गरी समस्त १०६ वटा गाउँमध्येका ९८ वटा पुग्नुभएको थियो। सन् १९९४ मा कामको सिलसिलामा आली क्षेत्रमै गाडी दुर्घटनामा परी खुङ फानसनको निधन भएको थियो। ८ युआन ६ पैसा र निधनअघि चार दिन पहिले लेख्नुभएको आली क्षेत्रको आर्थिक विकाससम्बन्धी १२ बुँदे प्रस्ताव नै उहाँको सम्पत्ति थियो।

खुङ फानसनले आफ्नो जीवन र प्राण तिब्बतलाई अर्पण गरी आली क्षेत्रको आर्थिक प्रगति गर्नुभएको छ। उहाँपछि केन्द्रीय समितिको व्यवस्थापनबाट अरू पुस्ताका कार्यकर्ताहरू तिब्बतको विकासलाई सहयोग गर्न तिब्बत गएका छन्। उहाँहरूले उत्साहका साथ आफ्नो युवाकाल तिब्बतलाई अर्पण गरी तिब्बतको छिटो विकास गरेका छन्। उहाँहरूले तिब्बतलाई वास्तविक विकास मात्रै होइन मेहनती र निस्वार्थ समर्पण भावना पनि प्रदान गरेका छन्। उक्त भावना र शान्तिपूर्ण मुक्ति भएको तिब्बत सुरूमा देखिएको प्राचीन तिब्बत भावना एउटै मूलबाट उत्पन्न भएको हो साथै ती भावनाबाट तिब्बत कार्यमा केन्द्रीय समितिको ध्यान र तिब्बत विकासमा केन्द्रीय समितिको अठोट देखिएको छ।

#समाचार सन्दर्भ# चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा मात्रै तिब्बतको ठूलो विकास सम्भव #चीनकोतिब्बत_fororder_02

नयाँ चीन स्थापना भएको समयमा माउ च तुङ केन्द्रीत चिनियाँ कम्युनिष्ट पार्टीको पहिलो पुस्ताको केन्द्रिय नेता समूहले प्राचीन तिब्बतलाई जन प्रजातान्त्रिक तिब्बतको रूपमा विकास गर्ने निर्णय गरेको थियो। सन् १९५१ को मे २३ तारिख केन्द्रीय सरकारले तत्काल तिब्बती स्थानीय सरकारसँग शान्तीपूर्ण रूपमा तिब्बतलाई मुक्ति गर्ने सम्झौता अर्थात् १७ बुँदे सम्झौतामा हस्ताक्षर गरेको थियो जसबाट तिब्बत शान्तिपूर्ण रूपमा मुक्त भएको थियो। ७० वर्षयता तिब्बतमा अघिपछि गरी प्रजातान्त्रिक सुधार, स्वायत्त प्रदेश स्थापना, सुधार तथा खुलापनलगायत महत्वपूर्ण ऐतिहासिक घटनाहरू भएका छन् र सामाजिक प्रणालीको बदलाव र विभिन्न कार्यको पूर्ण विकास भएको छ। विशेष गरी सुधार तथा खुलापन भएयता केन्द्रीय समितिले ७ पटक तिब्बत कार्य बैठकको आयोजना गरी तिब्बतका विभिन्न कार्यको विकासलाई निर्देशन गरेको छ। नयाँ युग आएपछि सी चिनफिङ केन्द्रीत चिनियँ कम्युनिष्ट पार्टीको दृढ नेतृत्वमा एक नयाँ समाजवादी तिब्बत सबैसमक्ष देखिएको छ। मे २१ तारिख प्रकाशित तिब्बत शान्तिपूर्ण मुक्ति र समृद्ध विकास शीर्षक श्वेतपत्रमा समीक्षा गरिए झैँ शान्तिपूर्ण मुक्ति भएपछि तिब्बतका विभिन्न जातिका जनताले चिनियाँ कम्युनिष्ट पार्टीको दृढ नेतृत्वमा एकताबद्ध भएर १७ बुँदे सम्झौतामा अडिग रही राष्ट्रिय सार्वभौमिकता, मातृभूमिको एकता र भूभागको अविच्छिन्नताको संरक्षण गरेको छ, प्रजातान्त्रिक सुधार गरी सामन्त दासताको उन्मूलन गरेबाट लाखौँलाख भूदास मुक्त हुनुका साथै विभिन्न जातिका जनताको मूल हितको संरक्षण गरिएको छ, समाजवाद प्रणालीको स्थापना गरी जातीय स्वशासितको रूपमा सामाजिक प्रणालीको ऐतिहासिक विकास भएको छ, सुधार तथा खुलापन र आधुनिक निर्माणलाई अघि बढाएर तिब्बतका विभिन्न जातिका जनताको जीवन स्तर र उत्पादनमा धेरै सुधार गरिएको छ।

वास्तवमा ७० वर्षयता तिब्बतमा कस्तो ठोस विकास उपलब्धि भएको छ त? यो तथ्याङ्कबाट स्पष्ट देख्नसकिन्छ। तिब्बतको जीडीपी सन् १९५९ मा १७ करोड ४० लाख चिनियाँ युआन थियो र सन् २०२० मा १ खर्ब ९० अर्ब २७ करोड ४० लाख चिनियाँ युआन पुगेको छ। सन् २०१९ को अन्तसम्म तिब्बतका ६ लाख २८ हजार गरिबी जनतालाई पाँच वर्षभित्र गरिबीमुक्त गरिएको थियो भने तिब्बत गरिबीमुक्त भएको छ। तिब्बतको ठूलो विकास स्पष्ट रूपमा देखिन्छ साथै देखा परेका चुनौति पनि ठूला छन्। तिब्बत विश्वविद्यालयको अर्थतन्त्र तथा व्यवस्थापन कलेजका प्राध्यापक च्युउमाउछोका अनुसार, तिब्बतको वास्तविक अवस्थाबाट हेर्दा गरिबमुक्त भएकाहरू फेरि गरिब हुने ठूलो संभावना देखिन्छ। सापेक्ष गरिबी समस्या अझै ठूलो छ र गरिबी निवारणको वास्तविक स्थितिबाट हेर्दा औद्योगिक गरिबी निवारण, रोजगार गरिबी निवारण, बसाइ सराइ गरिबी निवारणलगायतका क्षेत्रमा अझै कम्जोर देखिन्छ र विभिन्न कदम चालेर गरिबी निवारण उपलब्धिलाई सुदृढ पार्नुपर्छ।

#समाचार सन्दर्भ# चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा मात्रै तिब्बतको ठूलो विकास सम्भव #चीनकोतिब्बत_fororder_03

तिब्बतको विकास उपलब्धिलाई कसरी सुदृढ पारी अर्को ७० को विकास हासिल गर्नसकिन्छ? गत वर्ष आयोजित केन्द्रीय समितिको सातौँ तिब्बती कार्य बैठकमा अध्यक्ष सी चिनफिङले दश बुँदे “गर्नुपर्ने” निर्देशन दिनुभएको थियो। चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व, समाजवादी बाटो, जातीय स्वशासित प्रणाली, तिब्बती विशेषतायुक्त विकास बाटोमा अडिग रहेर मात्रै आजको समृद्ध तिब्बत र भोलि अझै राम्रो तिब्बत हुनसक्ने तिब्बत स्वायत्त प्रदेश राजनीतिक परामर्शदात्री सम्मेलनका पूर्व-उपाध्यक्ष आबे चिनयेनले भन्नुभयो।