चीनको नयाँ क्रियाकलापले महामारीको प्रतिरोध सम्बन्धी अन्तर्राष्ट्रिय सहयोगलाई प्रोत्साह
2021-05-22 16:46:14Cri
Share with:

चीनको नयाँ क्रियाकलापले महामारीको प्रतिरोध सम्बन्धी अन्तर्राष्ट्रिय सहयोगलाई प्रोत्साह_fororder_QQ图片20210522160516

चीनको नयाँ क्रियाकलापले महामारीको प्रतिरोध सम्बन्धी अन्तर्राष्ट्रिय सहयोगलाई प्रोत्साह_fororder_QQ图片20210522160518

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले मे २१ तारिख बेलुका पैचिङमा भिडियोमार्फत विश्व स्वास्थ्य शिखर सम्मेलनलाई महत्वपूर्ण सम्बोधन गर्नुभएको छ। उहाँले जी बीस मुलुक समूहका सदस्य मुलुकहरुलाई महामारीको प्रतिरोध सम्बन्धी अन्तर्राष्ट्रिय सहयोगमा जिम्मेवारी वहन गर्न आह्वान गर्नुका साथै पाँचवटा धारणा प्रस्तुत गर्दै पाँचवटा नयाँ कदमको घोषणा पनि गर्नुभयो। विश्वमा महामारीको प्रतिरोध गर्ने निर्णायक बेलामा चिनियाँ गतिबिधिले महामारीको प्रतिरोध सम्बन्धी अन्तर्राष्ट्रिय सहयोगमा दिशानिर्देश गर्नुका साथै सशक्त प्रेरित गरेको छ।

कोरोना महामारी देखा परेयता चीनले धेरै पटक महामारीको प्रतिरोध सम्बन्धी अन्तर्राष्ट्रिय सहयोगका लागि राय-सुझाव प्रस्तुत गरी ठूलो समर्थन पुर्‍याएको छ। यस पटकको शिखर सम्मेलन चालु वर्ष विश्व स्वास्थ्य क्षेत्रमा सर्वोच्च स्तरको बहुपक्षीय शिखर सम्मेलन हो।

चीनको अनुभवलाई निष्कर्श निकाल्ने आधारमा राष्ट्राध्यक्ष सीले पाँचवटा राय-सुझाव प्रस्तुत गर्नुभयो। यी धारणाहरु चीनको व्यवहारबाट प्रभावकारी रहेको प्रमाणित छन्। शिखर सम्मेलनको घोषणा-पत्रमा चीनका धेरै धारणाहरु समावेश गरिएको छ, जुन अन्तर्राष्ट्रिय समाजले चीनको अनुभवलाई व्यापक मान्यता दिएको मानिन्छ।

विश्वमा कोरोना महामारीको प्रतिरोधका लागि चीनको धारणा मात्र नभई वास्तविक क्रियाकलाप पनि हो। उदाहरणका लागि चीनले ८० वटा भन्दा बढी विकासोन्मुख मुलुकहरुलाई खोप अनुदान दिनुका साथै ४३ मुलुकहरुलाई खोप निर्यात गरेको छ। चीनले विश्वलाई ३० करोड डोज खोपको आपूर्ति गरिसकेको छ।