विश्वद्वारा किन युआन लोङ फिङको सम्झना?
2021-05-24 19:14:32cri
Share with:

विश्वद्वारा किन युआन लोङ फिङको सम्झना?_fororder_IMG_5069(20210524-185122).JPG

यस मे २४ तारिख चीनको“हाइब्रिड धानका पिता” भन्ने उपनाम पाएका युआन लोङ फिङको विदाई समारोह हु नान प्रान्तको छाङ शा शहरमा आयोजना गरिएको छ। यस मे २२ तारिख युआन लोङ फिङको निधन भएपछि संयुक्त राष्ट्र संघ लगायत धेरै अन्तर्राष्ट्रिय संस्था,धेरै मुलुकका सरकार र विश्वव्यापी सञ्चार माध्यम र इन्टर्नेट प्रयोगकर्ताहरुले लेख सार्वजनिक गर्दै भावपूर्ण समवेदना प्रकट गरेका छन्। यी लेखहरुमा “उहाँको धानले विश्वलाई खुवाउँछ।”,“उहाँ एक जना वास्तविक खाद्य नायक हुनुहुन्छ”,“उहाँले एक अर्बभन्दा बढी जनताको खाद्य सुरक्षालाई साकार तुल्याउनुभयो” आदि शब्दले प्रशंसा गरेको देखिन्छ। यसबाट युआन लोङ फिङ र उहाँका अनुसन्धान टोलीद्वारा अनुसन्धान तथा विकास गरिएको हाइब्रिड राइस प्रविधिले विश्वका लागि ठूलो योगदान सिर्जना गरेको प्रमाण दिइएको छ।

विश्वद्वारा किन युआन लोङ फिङको सम्झना?_fororder_IMG_5070(20210524-185128).JPG

अन्तर्राष्ट्रिय समाजमा हाइब्रिड राइस चीनको पाँचौं आविष्कार मानिन्छ। गत शताब्दीको ७० को दशकमा चीनको हाइब्रिड धानको उत्पादन मात्रा सामान्यभन्दा २०प्रतिशत बढी छ। प्रतिवर्ष बढेको खाद्यान्न ७ करोडभन्दा बढी जनतालाई खुवाउन पुगेको थियो। गत शताब्दीको ९०को दशकमा संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनले हाइब्रिड धानको प्रचारप्रसारलाई विकासोन्मुख मुलुकमा देखिएको खाद्यान्न अभाव समस्याको समाधान गर्ने प्रथम रणनीतिक कदमको रुपमा लिँदै युआन लोङ फिङलाई अन्तर्राष्ट्रिय प्रथम सल्लाहकारको रुपमा नियुक्त गरेको थियो। केही दशकमा युआनले ८०भन्दा बढी विकासोन्मुख मुलुकका लागि १४०००भन्दा बढी हाइब्रिड धान योग्य व्यक्ति प्रशिक्षित गर्नुभएको थियो।

“हाइब्रिड धानको विकास गर्दै विश्वका जनतामा फाइदा सिर्जना गर्नु” नै युआन लोङ फिङको सपना हो। युआनको उपलब्धि नै चीनको उपायद्वारा अन्तर्राष्ट्रिय खाद्य अभावको समाधान गर्दै गरिबीको न्यूनीकरण कार्यको सफलता हो। उहाँको अभ्यासबाट के प्रमाणित गरिएको छ भने चिनियाँहरुले आफ्नो खाने समस्याको समाधान गरेको मात्र नभई विश्वका जनताका लागि पनि सहायता प्रदान गर्नसक्छन्।