एक चीन नीति सुदृढ बन्दै
2021-05-25 20:18:17cri
Share with:

एक चीन नीति सुदृढ बन्दै_fororder_IMG_5088(20210525-200233).JPG

७४औं विश्व स्वास्थ्य संगठनको स्थायी परिषद र पूर्ण महाधिवेशनले २४ तारिख बेग्ला बेग्लै रुपमा केही मुलुकद्वारा प्रस्तुत“पर्यवेक्षक राष्ट्रको रुपमा थाइवानको विश्व स्वास्थ्य संगठनमा सहभागिता”सम्बन्धी प्रस्ताव अस्वीकार गरेका छन्। जसबाट फेरि प्रमाणित भएको छ कि एक चीनको सिन्द्धान्तलाई चुनौती दिने कुनै पनि कुचेष्टा विफल हुनेछ।

चीनको थाइवान क्षेत्रले विश्व स्वास्थ्य संगठनमा भाग लिएर एक चीनको सिद्धान्त बमोजिम समाधान खोज्नुपर्छ। यो संयुक्त राष्ट्र संघीय महाधिवेशनको नम्बर २७५८ निर्णय र विश्व स्वास्थ्य सभाको नम्बर २५.१ निर्णयद्वारा निश्चित भएको आधारभूत सिद्धान्त हो। अन्तर्राष्ट्रिय समाज यसप्रति स्पष्ट जानकार छ। यस खेपको विश्व स्वास्थ्य सभा आयोजना हुनुअघि १५०भन्दा बढी मुलुकले कूटनीतिक माध्यमबाट चीनद्वारा थाइवान क्षेत्रले यस वर्षको सभामा भाग लिन अस्वीकार गरिएको निर्णयलाई समर्थन दिएका छन्। ८०भन्दा बढी मुलुकले विश्व स्वास्थ्य सभालाई विशेष पत्र पठाउँदै एक चीनको नीतिको द्दढ समर्थन दिने अडान प्रकट गरेका छन्।

एक चीन नीति सुदृढ बन्दै_fororder_IMG_5087(20210525-200230).JPG

अमेरिकाका केही राजनीतिज्ञहरुले धेरै पटक गरी थाइवान क्षेत्रलाई विश्व स्वास्थ्य सभामा भाग लिन आग्रह गरेका थिए। तापनि थाइवान सम्बन्धी सबै प्रस्ताव थाइवान क्षेत्रको तथाकथित “कूटनीतिक देश”द्वारा प्रस्तुत गरिएका हुन् भने ती अमेरिकी राजतीतिज्ञहरु अगाडि उभिएका छैनन् भने कुनै वास्तविक गतिविधि गरेका छैनन्।

विश्व स्वास्थ्य संगठन राजनीतिक मञ्च होइन। केही पश्चिमा मुलुकले स्वास्थ्य समस्यालाई राजनीतिकरण गरेबाट महामारी विरूद्ध ग्लोबल सहयोगमा नकारात्मक प्रभाव पार्ने संभावना मात्रै हुने छ।