आफ्नो दागलाई सफा गर्न नसक्ने अमेरिकासँग विश्वको मूल्याङ्कन गर्ने अधिकार छैन
2021-05-26 20:25:43cri
Share with:

आफ्नो दागलाई सफा गर्न नसक्ने अमेरिकासँग विश्वको मूल्याङ्कन गर्ने अधिकार छैन_fororder_IMG_5118(20210526-193902).JPG

स्थानीय समयअनुसार मे २५ तारिख अमेरिकाका धेरै स्थलले विभिन्न कार्यक्रमको आयोजना गर्दै एक वर्षअघि अमेरिकी गोरा प्रहरीद्वारा मारिएका अफ्रिकी पुरुष फ्रायडको श्रद्धाञ्जली अर्पण गरेका छन्। प्रहरी डेरेक चौविन दोषी पाइएका छन् र अमेरिकीहरुले जातिवादप्रति गहिरो घृणा गर्दछन। तापनि एक असहाय र दुःखद् वास्तविकता के हो भने एक वर्षदेखि जातिवादमा आधारित हिँसात्मक कानुन कार्यान्वयनले यो अवस्थामा कमी आएको छैन भने यस्तो हिँसात्मक कानुन कार्यान्वयनले अझ बढी संरक्षण पाएको छ। अमेरिकाको जातियतावादको दाग अझै गम्भीर देखिन्छ।

“प्रहरीले उस्तै गतिले जनतालाई मारिरहेका छन्।” यो २५ तारिख अमेरिकी राजनीति खबर वेभसाइट पोलिटिकोद्वारा सार्वजनिक भएको शीर्षक हो। सन्२०२०को जुनदेखि यता अमेरिकी प्रहरीले जनता मारेको गति बितेका पाँच वर्ष बराबर जस्तै देखिन्छ। सम्बन्धित तथ्याङ्कअनुसार सन्२०२१देखि अप्रिल ३० तारिखसम्म अमेरिकी प्रहरीले केवल छ दिनमै जनतालाई मारेको छैन बरू नयाँ फ्रायड केसहरु क्रमशः गराइएको देखिन्छन्।

आफ्नो दागलाई सफा गर्न नसक्ने अमेरिकासँग विश्वको मूल्याङ्कन गर्ने अधिकार छैन_fororder_IMG_5117(20210526-193857).JPG

अमेरिकाका विभिन्न पक्षद्वारा आव्हान गरिएको प्रहरी मामिला सुधारका सामु अनेकन चुनौति देखिन्छन्। अझै विशेष गरी केन्टकी, आयोवा र एरिजोना लगायत धेरै राज्यहरुले कानून वा कदममार्फत प्रहरी पक्षको अधिकारलाई मजबुत बनाएका छन्। जसबाट अमेरिकामा रहेको जातियतावाद किन हटाउन सकिँदैन भन्ने कुरा स्पष्ट छ। गोरा जनताको प्राथमिक स्थान,अमेरिकी कानूनी प्रणालीको समर्थन,राजनीतिज्ञको उपेक्षा आदि विविध कारकतत्व दोषी छन्। जसले अमेरिकीको जातीय समानताको सपनालाई साकार तुल्याउने सम्भावना छैन।

एक सय वर्षअघिको जातियतावाद हालसम्म निरन्तर चलिरहेको छ। नयाँ जातीय दुर्घटना पनि बारम्बार चलिरहेको छ। आफ्नो दाग सफा गर्न नसकेको अमेरिकाले के अधिकारले विश्वको मूल्याङ्कन गर्न सक्छ?